काठमाडौं । चालु आर्थिक वर्षको चैतसम्ममा वैदेशिक रोजगारीमा जान करिब साढे पाँच लाख जनाले श्रम स्वीकृति लिएका छन् । चैतमा मात्रै ७० हजार नौ सय ३३ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन् । श्रम स्वीकृति लिनेमा ६४ हजार दुई सय ४१ जना पुरुष र छ हजार छ सय ९२ महिला रहेको वैदेशिक रोजगार […]
काठमाडाैं – दक्षिण कोरियाले यो वर्ष उत्पादनमूलक क्षेत्रमा नेपालबाट लैजाने कामदारको कोटा वृद्धि गरेको अधिकारीहरूले बताएका छन्। यसअघि उत्पादनमूलक क्षेत्रमा १५,९०० कामदार लैजाने प्रतिबद्धता जनाएको दक्षिण कोरियाले यो वर्ष थप १३.२ प्रतिशत कामदार लैजाने जानकारी दिएको वैदेशिक रोजगार विभागका महानिर्देशक डण्डुराज घिमिरेले बताए। “यो वर्षबाट उत्पादनमूलक क्षेत्रमा नेपालको कोटा बढाएको जानकारी कोरियाली पक्षले दिएको छ। […]
फुङलिङ (ताप्लेजुङ) – ताप्लेजुङको पाथीभरा (मुकुमलुङ)मा गत माघ एक रु २४ लाख एक हजार पाँच सय भेटी सङ्कलन भएको छ । पाथीभरा क्षेत्र विकास समितिले सार्वजनिक गरेको तथ्याङ्कअनुसार माघमा छ हजार सात सय एक जना भक्तजन पाथीभरा मन्दिरमा पुगेर पूजापाठ गरी चढाएको भेटी रु २४ लाख एक हजार पाँच सय भेटी सङ्कलन भएको समितिले जनाएको […]
पोखरा – भारतले अनुदानमा दिएको उन्नत जातको ७ वटा मुर्रा राँगो शुक्रबार राति पोखरा ल्याइपुर्याइएको छ । नेपालगञ्जको जमुनाह नाका, बुटवल हुँदै पोखरा आइपुगेका राँगालाई राष्ट्रिय पशु प्रजनन कार्यालय, पोखरामा राखिएको छ । भारतले दिएको १५ वटामध्ये ७ वटा पोखरा ल्याइएको हो । पोखरा आइपुगेका राँगालाई शुक्रबार राति नै फूलमालासहित ताली बजाएर कार्यालयमा स्वागत गरिएको […]
काठमाडौं – अलि पुरानो एउटा सुन काण्ड अहिले नयाँ बनेर चर्चामा छ। त्यो हो इलेक्ट्रिक सिगरेट अर्थात् भेपभित्र राखेर ल्याएको ९ किलोभन्दा बढी सुन। त्यसभन्दा पछि ब्रेक सुमा ल्याएको सुन समातियो, टक्सार विभाग लगेर गालियो। तर, भेपभित्र ल्याइएको भनिएको चर्चित काण्डको सुन कहाँ छ ? किन यसलाई पगालिएन ? प्रश्न जति जिज्ञासु छ, उत्तर उति […]
काठमाडौं – सरकारले नेपालमै बनेका सवारी दर्ता गर्न कानुनी बाधा फुकाएको छ । यातायात व्यवस्थापन कार्यविधि निर्देशिका २०६० मा संशोधन गर्दै यातायात व्यवस्था विभागले नेपालमा जडान वा उत्पादन हुने सवारी दर्ता सम्बन्धी विशेष व्यवस्था गरेको हो । निर्देशिकामा ‘११.१.९’ नम्बर बुँदा थप गर्दै लेखिएको छ,‘ यस निर्देशिकामा अन्यत्र जुनसुकै कुरा लेखिएको भएपनि विदेशबाट पार्टपूर्जा पैठारी […]
ताप्लेजुङ । वसन्त ऋतु घुम्नका लागि उपयुक्त समय हो । चरम मौसमी अवस्थाको सामना नगरी प्राकृतिक सुन्दरताको आनन्द लिनका लागि उपयुक्त यो समयमा नेपालका थुप्रै ठाउँ हाम्रो रोजाइमा पर्न सक्छन् । तीमध्ये धेरैजसोको रोजाईमा पर्ने प्रमुख गन्तव्य सुदूरपूर्वमा रहेको जिल्ला ताप्लेजुङ पनि हो । विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमाल, करिब चार सय वर्ष पुरानो दिकीछ्योलिङ […]
काठमाडौं – वर्षको उत्तरार्धमा महिनामै एक लाख विदेशी पर्यटकको आगमनले नेपालको पर्यटन क्षेत्रमा उत्साह छाएको छ । कोरोना महामारीपछि कुनै एक महिनामा सबैभन्दा बढी विदेशी पर्यटक भित्रिएको यो आँकडाले वर्ष २०७९ को समापन सुखद् बनाएको छ । यसले नेपालमा विस्तारै विदेशी पर्यटक बढ्ने संकेत समेत गरेको छ । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार सन् २०२३ को […]
विराटनगर – विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित र विकसित बनाउने अभियानमा लागेको महानगरले नयाँवर्षको वैशाख १ गतेदेखि सार्वजनिक स्थलहरूमा धुमपान, खैनी, चुरोट, पानपराग, गुट्खालगायतको सेवन गर्न निषेध गर्ने भएको छ । गत पुस २७ गते बसेको नगरसभाको निर्णयानुसार महानगर क्षेत्रभित्र ध्रुमपानदेखि प्रेसर हर्न बजाउन निषेध (नो हर्न) गर्न लागिएको महानगरका प्रमुख नागेश कोइरालाले जानकारी दिए । […]
काठमाडौं – कोशी प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले मुख्यमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको छ । मुख्यमन्त्री कार्यालयको वेबसाइटमा उल्लेख भएको सम्पत्ति विवरणका आधारमा हामीले ताप्लेजुङबाट निर्वाचित भएर मन्त्रि बनेका दुई जनाको विवरण यहाँ उल्लेख गरेका छौं । ताप्लेजुङबाट निर्वाचित भएका तिलकुमार मेन्याङ्बो र निर्माला लिम्बु प्रदेशका मन्त्री छन् । मेन्याङ्बो खानेपानी, सिँचाइ तथा […]