पूर्ननिर्माणको काम दुई बर्ष भित्र सकिन्छ : मन्त्री भट्टराई

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले भुकम्पबाट क्षति पुगेको सांस्कृतिक तथा धार्मिक सम्पदाहरु दुई बर्ष भित्रमा पुर्ननिर्माण सम्पन्न गर्ने बताएका छन् । विहीबार नारायण चतुव्यूहं नारायण मन्दिर प्रवेशद्धार उद्घाटन गदै मन्त्री भट्टराईले भुकम्पबाट क्षतिभएको एक हजार सम्पदा मध्ये ५ सय भन्दा बढी निर्माण सम्पन्न भएको बताए । उनले आउदो २ बर्ष […]

आन्तरिक पर्यटन प्रवर्दनको प्याकेज तयार गर्न व्यवसायीलाई मन्त्री भट्टराईको आग्रह

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आन्तरिक पर्यटन प्रवर्दनको प्याकेज तयार गर्न पर्यटन ब्यवसायीहरुलाई आग्रह गरेका छन् । बुधबार नेपाल पर्यटन बोर्डले आयोजना गरेको अन्तक्रिया कार्यक्रममा मन्त्री भट्टराईले कोभिडको कारण अझै केही समय बाहय पर्यटन आवागमन कम हुने बताउदै आन्तरिक पर्यटन प्रर्बद्धन गर्न स्वदेशी पर्यटन प्याकेज बनाउन आग्रह गरेका हुन् । […]

ताप्लेजुङका ३ सय विपन्न नागरिकको मन्त्री भट्टराईले गरिदिए कोरोना बीमा

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आफूले प्राप्त गरेको कोरोना बीमा वापतको १ लाख रुपैयाँ आफ्नो निर्वाचन क्षेत्रका विपन्न नागरिकको कोरोना बीमा गर्न खर्चिएका छन् । मन्त्री भट्टराईका स्वकीय सचिव प्रेम गुरागाईका अनुसार पर्यटन मन्त्री कोरोना भाइरसको संक्रमणबाट मुक्त भएसँगै उनले बीमावापतको एक लाख रुपैयाँ प्राप्त गरेका हुन् । उक्त रकमबाट […]

प्रधानमन्त्री ओली आज काठमाडौं बाहिर निस्कदै, ताप्लेजुङको घुन्सामा विषेश कार्यक्रम

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओली आज (सोमबार) काठमाडौं बाहिर निस्कदैछन् । प्रधानमन्त्री ताप्लेजुङको घुन्सा, ओलाङ्चुङ्गोला र इलाम जान लागेको उनका प्रेस विज्ञ रामशरण बजगाईंले बताए । प्रधानमन्त्री ओलीले ताप्लेजुङ र इलामका विकास निर्माणका आयोजनाहरूको निरीक्षण गर्ने कार्यक्रम छ । सीमा क्षेत्रको समेत भ्रमण गर्ने कार्यक्रम रहेको बताइएको छ । ताप्लेजुङको घुन्सामा एक कार्यक्रममा सहभागी […]

प्रधानमन्त्री कुरिरहेको ‘घुन्सा’

ताप्लेजुङ । सोमबार (भोली) प्रधानमन्त्री केपी शर्मा ओली ताप्लेजुङको घुन्सा जाने भएका छन् । प्रधानमन्त्री घुन्सा जाने भएसँगै उनको स्वागतका लागि भव्य तयारी गरिएको छ । घुन्सा फाउण्डेसनद्धारा स्थापित सामुदायिक स्वास्थ्य इकाइको उद्घाटन, घुुन्सालीहरुसंगको संक्षिप्त साक्षात्कार, बीओपीको निरिक्षण र पार्टीका कार्यकर्ताहरुसंग भेटघाट गर्ने प्रधानमन्त्री ओली घुन्सा जान लागेका हुन् । प्रधानमन्त्री घुन्सा जाने भएपछि त्यस […]

छठ पर्वको प्रयोगात्मक रुपमा वैज्ञानिक महत्व छ : मन्त्री भट्टराई

विराटनगर । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले सूर्यको आराधना गरेर मनाईने छठ पर्वको प्रयोगात्मक रुपमा वैज्ञानिक महत्व रहेको बताएका छन् । विहीबार छठको शुभकामना सन्देश दिदै मन्त्री भट्टराईले प्रकृति र सभ्यताको अनुपम उदाहरण छठ पर्व भएको बताएका हुन् । ‘यस पर्वसँग हाम्रो मौलिक सांस्कृतिक पृष्ठभूमि मात्र जोडिएको छैन, मानव जीवन अस्तित्वसँग जोडिएको […]

नेकपा सचिवालय बैठक बालुवाटारमा जारी

काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बै‌ठक बालुवाटारमा जारी छ। कात्तिक २८ गतेको बैठकको निर्णय अनुसार बैठक बालुवाटारमा सुरु भएको हो। बुधबारका लागि तय भएको सचिवालय बैठक केही दिन पछि सार्न प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओलीले गरेको प्रस्तावमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहमति नजनाएपछि निर्धारित समयमै बैठक सुरु भएको हो। […]

राष्ट्रपति ‘प्रचण्ड’ भेटवार्ता : दुबै अध्यक्षलाई मिलेर जान सुझाव

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रपति विद्यादेवी भण्डारीबीच मंगलबार भेटवार्ता भएको छ । राष्ट्रपतिलाई भेट्न प्रचण्ड प्रचण्ड साँझ साढे ५ बजे शीतल निवास पुगेका प्रचण्डले त्यहाँ करिब दुई घण्टा बिताएको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ । प्रचण्डसँगको भेटमा पनि राष्ट्रपति भण्डारीले मुलुकको समसामयिक विषयका साथै नेकपाभित्रको बढ्दो […]

प्रधानमन्त्री ओली संखुवासभामा, साढे ३ बजे काठमाडौं फर्कने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली सङ्खुवासभा पुगेका छन् । बिहान ९ बजे हेलिकप्टरबाट संखुवासभा प्रस्थान गरेका ओली अहिले सीमा नाका किमाथाङ्कामा पुगेको सांसद् राजेन्द्र गौतमले बताए । ओलीले उत्तरी नाका किमाथाङ्कामा स्थापना गरिएको सीमा सुरक्षा पोस्ट ९बीओपी०को निर्माणधीन भवन, भन्सार कार्यालय र सुख्खा बन्दरगाह लगायतको अवलोकन गर्दैछन् । ओलीले राष्ट्रिय गौरवको उत्तर–दक्षिण कोशी व्यापारिक […]

प्रधानमन्त्री ओली संखुवासभा जाँदै, बीओपीको अवलोकन गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज सङ्खुवासभा जाँदैछन् । बिहान साढे ८ बजे हेलिकप्टरबाट संखुवासभा प्रस्थान गर्ने ओलीले त्यहाँ सञ्चालित विभिन्न आयोजनाको अवलोकन गर्नेछन् । प्रधानमन्त्री ओली सङ्खुवासभा जाने भएपछि तयारी पनि तीव्र पारिएको सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आचार्यले बताए । ओली सुरूवातमा चीनसँग सीमा जोडिएको उत्तरी नाका किमाथाङ्का पुग्ने कार्यक्रम तय भएको […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं