अश्लिल शब्द प्रयोग गर्दै च्याटमा गाली गर्ने प्रदेश सांसद होमकुमारी साँवा ३ महिना पार्टीबाट निलम्बित

ताप्लेजुङ । ताप्लेजुङकै एक युवतीलाई फेसवुक म्यासेन्जर र भाईबरबाट अपशब्द प्रयोग गर्दै गाली गरेको निश्कर्ष निकाल्दै प्रदेश संसद होमकुमारी साँवालाई पार्टीले निलम्बन गर्ने निर्णय गरेको छ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) ताप्लेजुङले सचिवालय सदस्य तथा प्रदेशसभा सांसद होमकुमारी साँवालाई ३ महिनाका लागि पार्टी जिल्ला कमिटिबाट निलम्बन गर्ने निर्णय गरेको हो । म्यासेन्जर र भाईबरमा गरिएका च्याटमा […]

अर्थमन्त्री खतिवडाले दिए राजीनामा

काठमाडौं । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले पदबाट राजीनामा दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष खतिवडाले राजीनामा बुझाएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए । शुक्रबार दिउँसोको मन्त्रिपरिषद्को बैठकमा आफूलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिएकोमा धन्यवाद दिएका खतिवडाले त्यसपछि अर्थ मन्त्रालयमा कर्मचारीसँग बिदाइ कार्यक्रम गरेका थिए । त्यसपछि उनी सञ्चार तथा सूचना प्रविधि मन्त्रालय पुगेर पनि […]

मन्त्रिपरिषद् बैठक बस्दै, अर्थमन्त्री खतिवडाको फेयरवेल गरिने

काठमाडौं । आज बस्ने मन्त्रिपरिषद् बैठकले राष्ट्रिय सभामा नेकपा उपाध्यक्ष वामदेव गौतमलाई नियुक्ति गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने भएको छ । बैठक ११ बजे पछि बस्ने बताईएको छ । बैठकले अर्थ, सञ्चार तथा सूचना मन्त्री युवराज खतिवडाको फेयरवेल पनि गर्ने स्रोतले जानकारी दिएको छ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको बिहीबार बसेको सचिवालय बैठकले राष्ट्रिय […]

एकाविहानै गयो भूकम्प, केन्द्रबिन्दु संखुवासभा

काठमाडौं । शुक्रबार बिहान संखुवासभा केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ । बिहान ७ बजेर २० मिनेटमा ४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रले जनाएको हो । संखुवासभाको मकालु बरुण राष्ट्रिय निकुञ्ज, ताम्कु र पाथिभरा आसपास केन्द्रबिन्दू भएर भूकम्प गएको बताईएको छ । भूकम्पको झड्का छिमेकी जिल्लाहरुमा समेत महशुस गरिएको थियो ।

राष्ट्रियसभामा वामदेवलाई लैजाने नेकपाको निर्णय

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिबालय बैठकले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा पठाउने निर्णय गरेको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटरमा बसेको सचिबालय बैठकले यसअघि गत माघको सचिबालय बैठकको निर्णय अनुसार गौतमलाई नै राष्ट्रियसभामा लैजाने निश्चित गरेको हो । राष्ट्रियसभाको खाली रहेको मनोनित कोटामा गौतमलाई पठाउने निर्णय गत माघको सचिबालय बैठकले गरेको भएपनि प्रधानमन्त्री केपी […]

गोकुल बाँस्कोटाको अडियो सार्वजनिक गर्ने मिश्र भन्छन् ‘अब ७० करोड बार्गेनिङको भिडियोसहित आउँदैछु’

काठमाडौं । गोकुल बाँस्कोटाले ७० करोड घुस प्रकरण नाम दिईएको एक अडियो सार्वजनिक गरेका विजय प्रकाश मिश्रले आफुसँग त्यसको भिडियो समेत सर्वजनिक गर्ने बताएका छन् । देशबाहिर रहेका मिश्रले एक टेलिभिजनसँग अनलाईन अन्तवार्ता दिँदै आफुले उक्त भिडियो अख्तियार र अदालतमा बुझाउने बताए । मिश्र हाल जापानमा छन् । तर उनलाई अख्तियारले ७ दिन भित्र हाजिर […]

नेकपा सचिवालय बैठक बस्दै, राष्ट्रियसभामा वामदेव कि खतिवडा ?

काठमाडौं । नेकपाको केन्द्रीय सचिवालय बैठक बिहीबार बस्दैछ। बिहान ११ बजेपछिका लागि बोलाइएको बैठक दिउँसो तीन बजेका लागि सरेको छ। बैठकमा राष्ट्रियसभा सदस्यमा वामदेवा गौतमलाई नियुक्त गर्ने वा अर्थमन्त्री डा। युवराज खतिवडालाई नै निरन्तरता दिने भन्ने विषयमा छलफल हुने जनाइएको छ । गौतमले आफूलाई राष्ट्रियसभामा लैजाने यसअघि भएको सहमति कार्यान्वयन गर्न दबाब दिएका छन्। प्रधानमन्त्री […]

एयर अरेवियालाई यात्रुको रकम फिर्ता गर्न योगेश भट्टराईको निर्देशन

काठमाडौं । सरकारले एयर अरेवियालाई यात्रुहरुको रकम फिर्ता गर्न निर्देशन दिएको छ । आज संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा नियमित उडानहरुको भाडा दर र चार्टर उडानको गुनासोको सम्बन्धमा बसेको बैठकमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले २५ अगष्टमा १६१ यात्रु लिएर युएईको सारजाहबाट काठमाण्डौ आएको १४२ जना यात्रुको रकम फिर्ता गराउन निर्देशन […]

कोभिड-१९ रोकथाम, नियन्त्रण र उपचारको समन्वय र अनुगमन सांसदबाट गराइने [मन्त्रिपरिषद्का निर्णयहरु]

काठमाडौं । सरकारले सांसदहरुलाई कोभिड-१९ रोकथाम, नियन्त्रण र उपचारको समन्वय र अनुगमन गर्न अनुरोध गर्ने भएको छ। त्यसको नेतृत्व भने सो निर्वाचन क्षेत्रबाट निर्वाचित प्रत्यक्ष निर्वाचित सांसदले गर्नेछन्। ‘प्रत्येक निर्वाचन क्षेत्रका प्रतिनिधि सभाका पहिलो हुने निर्वाचित हुने प्रणालीबाट निर्वाचित माननीय सदस्यहरुको नेतृत्वमा सो क्षेत्रका प्रतिनिधि सभाका समानुपातिक प्रणालीबाट निर्वाचित माननीय सदस्यहरु र राष्ट्रिय सभाका माननीय […]

पर्यटनमन्त्रीको पर्यटन बोर्डलाई निर्देशन : ‘उपत्यकामा पाँच लाख पर्यटक क्षमताको पूर्वाधार बनाउनू’

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले काठमाडौं उपत्यका वरिपरि पाँच लाख पर्यटक बस्न मिल्ने गरी पर्यटन पूर्वाधार तयार गर्न नेपाल पर्यटन बोर्डलाई निर्देशन दिएका छन् । मन्त्रालयमा सोमबार बोर्डका निर्देशकसँगको छलफलमा मन्त्री भट्टराईले उपत्यका आसपास क्षेत्रमा पाँच लाख पर्यटक क्षमताको पर्यटन पूर्वाधार पदमार्ग र साइक्लिङ पर्यटनको सम्भावनाको अध्ययन गरी मन्त्रालयमा प्रतिवेदन पेश […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा