नेकपा कार्यदलको बैठक बालुवाटारमा

काठमाडौं । सत्तारुढ नेकपाभित्रको विवाद समाधानको सुझाव दिन गठन गरिएको कार्यदलको बिहीबारको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ। महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठित कार्यदलको बैठक दिउँसो २ बजेदेखि प्रधानमन्त्री केपी शर्मा ओलीका सचिवालय रहने भवनमा बसिरहेको प्रधानमन्त्रीका प्रेस विज्ञ रामशरण बजगाईँले जानकारी दिए। ‘उहाँहरु कहिले कहाँ, कहिले कहाँ छलफल गरिराख्नुभएको थियो, आज बालुवाटारभित्रको सचिवालय रहने […]

मन्त्रिपरिषद् बैठक : ‘लकडाउन, कर्फ्यू वा संक्रमण फैलिएको ठाउँ सील’ भन्नेबारे सीसीएमसीको सिफारिसमा निर्णय लिने

काठमाडौं । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि कस्तो विधि अपनाउने भन्नेबारे संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठक मंगलबार बस्ने र उक्त बैठकले ल्याएका प्रस्तावका आधारमा बुधबार मन्त्रिपरिषद् बैठक बसेर निर्णय लिइने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कोरोना संक्रमण फैलिएका क्षेत्रमा लकडाउन गर्ने, कर्फ्यू लगाउने वा निश्चित ठाउँ सिल गर्ने […]

बालुवाटारमा ओली र प्रचण्डसमक्ष देउवाले राखे ३ बुँदे प्रस्ताव

काठमाडौं । सत्तारुढ दलका अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डसँग प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले फरक फरक विषयमा तीन बुँदे प्रस्ताव राखेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार भएको ओली–प्रचण्डसँगको भेटमा देउवाले ठूलो धनजनको क्षति हुने गरी सिन्धुपाल्चोकको लिदीको गएको पहिरोको जिम्मेवारी सरकारले लिनुपर्नेदेखि कोरोना संक्रमितको उपचारमा जिम्मेवार […]

नेकपाको विवाद समाधानका लागि गठित कार्यदल सचिवालयबाट अनुमोदन

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले विवाद समाधान गर्न गठित कार्यदललाई अनुमोदन गरेको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले यसअघि गठन भएको ६ सदस्यीय कार्यदललाई अनुमोदन गरेको हो । बैठकपछि पार्टीका प्रवक्ता नारायण काजी श्रेष्ठले कार्यदलले छिटोभन्दा छिटो जिम्मेवारी पूरा गर्ने बताउनुभयो । पछिल्लो समय अध्यक्षद्धय केपी शर्मा ओली र […]

नेकपा सचिवालय बैठक महिनादिनपछि आज बस्दै, के छन् एजेन्डा ?

काठमाडाैँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक महिनादिनपछि आज (साेमबार) बस्दै छ । आइतबार नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले सचिवालय बैठक बोलाएका छन् । बिहान ९ बजेबाट सुरु हुने बैठकले नेकपाभित्र जारी विवादको समाधानका लागि शुक्रबार गठन भएको ६ सदस्यीय कार्यदललाई अनुमोदन गर्ने बताइएकाे छ । नेकपा […]

नेकपाले बोलायो सचिवालय बैठक

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सोमबार बिहानलाई सचिवालय बैठक बोलाएको छ । भोलिबिहान साढे ९ बजेबस्ने गरी सचिवालय बैठक बोलाइएको नेकपाका वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिए । भोलिको सचिवालय बैठकले नेकपाको विवाद सुल्झ्याउन बिहीबार गठन गरिएको कार्यदललाई औपचारिकता र कार्यदेश दिनेछ । खनालले भने, ‘बैठकमा विवाद हल गर्न गठित कार्यदललाई औपचारिकता […]

नेकपा कार्यदलले सुरु गर्‍यो विषयगत छलफल

काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पार्टीभित्र जारी आन्तरिक विवाद समाधान गर्न गठित कार्यदलले काम सुरु गरेको छ । विवाद समाधानका लागि नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले गठन गरेको कार्यदलले आइतबारदेखि विषयगत छलफल सुरु गर्ने भएको छ । नेकपा महासचिव विष्णुप्रसाद पौडेलको भैँसेपार्टीस्थित निवासमा बस्ने बैठकमा आइतबारदेखि विषयगत […]

विज्ञप्तिका भरमा पार्टी चल्दैन : गोकुल बाँस्कोटा

काठमाडौं । पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य गोकुलप्रसाद बाँस्कोटाले विज्ञप्तिका भरमा पार्टी नचल्ने बताएका छन् । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–११ बल्थलीमा अगुवा कार्यकर्ता भेलालाई आज सम्बोधन गर्दै उनले पार्टीका नेता÷कार्यकर्ताको भावनासहित उहाँहरुको क्रियाशीलताले पार्टी चल्ने बताएका हुन् । “पार्टी विज्ञप्ति जारी गरेर होइन, जनताको बीचमा गएर पार्टीका गतिविधि देखाउनुपर्छ, अनि मात्रै पार्टीले गतिशीलता पाउँछ”, उनले भने । […]

प्रधानमन्त्री ओली र भारतीय समकक्षी माेदीबीच टेलिफाेन वार्ता, के भयो कुराकानी ?

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच शनिबार फोनवार्ता भएको छ। दुई देशका प्रधानमन्त्रीबीच टेलिफाेनमा कुराकानी भएकाे प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। थापाले ट्विट गर्दै लेखेका छन्, ‘सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र माेदीबीच टेलिफाेन संवाद भएकाे छ। अन्य जानकारी परराष्ट्र मन्त्रालयबाट आउने छ।’ यसअघि […]

भारतको स्वतन्त्रता दिवसमा प्रधानमन्त्रीले दिए शुभकामना

काठमाडौँ । भारतको ७४ औँ स्वतन्त्रता दिवसका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले बधाई तथा शुभकामना व्यक्त गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत एक सन्देश पठाउँदै भारतीय प्रधानमन्त्री मोदी र सम्पूर्ण भारतीय जनतामा शुभकामना व्यक्त गरेका छन्। बधाई तथा शुभकामना सन्देशमा प्रधानमन्त्री ओलीले भारत र भारतीय जनताको निरन्तर प्रगति र सम्मृद्धिको कामना गरेका छन्। भारतले हरेक वर्ष […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा