Lite Nepal

आइतबार, आश्विन ०४, २०७७

काठमाडौँ । नेकपाको सचिवालय बैठक आज पेरिसडाँडामा बस्दैछ ।

यस अघि शुक्रबार संविधान दिवसको कार्यक्रममा व्यस्त हुनुपर्ने कारण देखाउँदै अन्तिम समयमा बैठक स्थगित गरिएको थियो ।

पूर्वमाओवादीको मुख्यालय रहेको कोटेश्वरस्थित पेरिसडाँडामा बस्ने गरी गत शुक्रबार नै बैठक बोलाईएको थियो ।

पार्टी अध्यक्ष पुष्पकमल दाहालले कार्यकारी अध्यक्षको अधिकार प्रयोग गर्न पाएपछि उनले पहिलो पटक आफ्नो पूर्वपार्टी कार्यालय पेरिसडाँडामा बैठक बोलाएका हुन् ।

बिहान ११ बजे हुने बैठकमा पार्टीको आन्तरिक शक्ति समीकरण मिलाउन मन्त्रीहरू हेरफेरको विषयमा पनि छलफल हुने एक नेताले जानकारी दिए ।

बैठकले उपयुक्त मापदण्ड निर्माण, केन्द्रीय र प्रदेशस्तरीय मन्त्रीहरू हेरफेरको सूची तयार पार्न जिम्मेवारी दिन पनि सक्ने प्रचण्ड निकट नेताले बताएका छन् ।

यस अतिरिक्त आगामी चैतमा गर्ने भनिएको महाधिवेशनका लागि पार्टीको सांगठनिक एकताको बाँकी काम टुंग्याउने विषय पनि छलफलमा रहेको बताइएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा