बालेनसँगको भेटबारे स्थापितले भने – मलाई उसको कार्यशैली मन परेन

काठमाडौं – नेकपा एमाले नेता तथा काठमाडौं महानगरपालिकाका पूर्वमेयर केशव स्थापितले वालेन शाहलाई घरपिच्छे पुगेर फोटो खिचेर कही नपुग्ने सुझाव दिएका छन् । केही दिनअघि आफ्नो निवासमा पुगेका हालका मेयर शाह आफूसँगको भेटमा सुन्ने मुडमा नभएको पनि स्थापितले खुलाएका छन् । ‘मेरो फोटो खिचेर, केशव स्थापितकहाँ गएर मैले ज्ञानगुन लिएँ भन्न पर्दैन । घरैपिच्छे डुल्ने […]

जलविद्युत् प्रवद्र्धनका लागि भारतीय लगानीकर्तालाई आह्वान

काठमाडौं – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलविद्युत्को क्षेत्रमा थप लगानी विस्तार गर्न भारतीय प्रवद्र्धकलाई स्वागत गर्न नेपाल आतुर रहेको बताउनुभएको छ । तीनदिने भारत भ्रमणमा रहनुभएका अध्यक्ष दाहालले आज ‘फाउन्डेशन फर पब्लिक अवेयरनेस एन्ड पोलिसी’ (एफपिएपि) द्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै कृषि, पूर्वाधार, सम्पर्क सञ्जाल, निर्यातजन्य लघु, साना तथा मझौला […]

पाथीभरामा केवलकार निर्माणको कार्यविधि संशोधन, म्याद थप

ताप्लेजुङ — पाथीभरामा केवलकार निर्माणका लागि म्याद थप भएको छ । फुङलिङ नगरपालिकाले कार्यविधि संशोधन गरेर म्याद थप गरेको हो । असार २९ गतेको कार्यपालिका बैठकले केवलकार सञ्चालन अनुमतिसम्बन्धी कार्यविधि संशोधन गरेको थियो । कार्यपालिकाले निर्णय गरेको भोलिपल्ट असार ३० गते पाथीभरा माता केवलकार कम्पनीको म्याद थप गरिएको नगरपालिकाका प्रवक्ता मोहन न्यौपानेले जानकारी दिए । […]

पाथीभरा गोल्डकप : किन छन् आयोजक मौन ?

ताप्लेजुङ — बाल सुवोधिनी संस्कृत माविका शिक्षक भीम पन्दाकले यो वर्ष लाखेजात्रा हुन्छ कि हुॅदैन भनेर प्रश्न गरे । फुङलिङ नगरपालिका–५ का वडाध्यक्ष सोजित श्रेष्ठ, नगर कार्यपालिका सदस्य दिनेश खवासलगायत रहेको छलफलबाट उनले लाखेजात्राचाहिँ हुने जवाफ पाए । तर पन्दाकको चासो फुटबलमा थियो । वडाध्यक्ष श्रेष्ठले त्यसमा चाहिँ अनभिज्ञता जनाए । प्रत्येक वर्ष साउन–भदौमा सदरमुकाम फुङलिङमा लाखेजात्रा पर्व मनाइन्छ । […]

मध्य तमोर जलविद्युत् आयोजनाको सुरुङ निर्माणमा ‘ब्रेक थ्रु’, ७५ मिटर लामो निकास नहरमार्फत तमोर नदीमै खसालिने

ताप्लेजुङ — ७३ मेगावाट क्षमताको मध्य तमोर जलविद्युत् आयोजनाको सुरुङ निर्माणमा ‘ब्रेक थ्रु’ भएको छ । आयोजना प्रमुख मणि पोख्रेलका अनुसार शुक्रबार राति १०:३० बजेतिर सुरुङ जोडिएको हो । यो आयोजनाले ड्याम बन्ने मित्लुङ र पावर हाउस राखिने थुम्वा गरी दुईतिरवाट सुरुङ खन्दै आएको थियो । दुईवटा कम्पनीले आ–आफ्नो क्षेत्रबाट खनेको सुरुङ शुक्रबार राति जोडिएको […]

साउनदेखि जडीबुटी बीमा लागू हुने

काठमाडौं – साउन महिनादेखि लागू हुनेगरी बीमा समितिले कृषि, पशुपक्षी तथा जडीबुटी बीमा निर्देशिका, २०७९ जारी गरेको छ । यसअघि जारी भएको बीमा निर्देशिका २०७७ भने खारेजी भएको बीमा समितिका कार्यकारी निर्देशक एवं प्रवक्ता राजुरमण पौडेलले जानकारी दिनुभयो । नेपाल सरकारले आर्थिक वर्ष २०७९/८० को बजेटमा जडीबुटी खेतीको बीमा गर्ने व्यवस्था गरिने उल्लेख गरेअनुसार समितिले […]

भद्रपुरमा खोलामा डुबेर ईश्वर सापकोटाको मृत्यु

झापा – झापाको भद्रपुर नगरपालिका ३ धिमेलधुरा बस्ने सितु सापकोटाको ११ बर्षीय छोरा ईश्वर सापकोटाको खोलामा डुबेर मृत्यु भएको छ । हिजो बेलुका साढे ५ बजे सोही स्थानमा रहेको देउनिया खोलामा नुहाउने क्रममा खोलामा डुबी बेपत्ता भएका थिए । बेपत्ता भएका बालकको ईलाका प्रहरी कार्यालय पृथ्वीनगरबाट खटिएको प्रहरी टोलीले स्थानियबासीहरुको सहयोगमा खोजतलास गर्ने क्रममा खोला […]

पशुपतिनाथ मन्दिरमा जलहरी राख्‍दा ११ किलो सुन कसले बनायो गायब ?

काठमाडौं – पशुपति क्षेत्र विकास कोषका तत्कालीन पदाधिकारीहरूले पशुपति मन्दिरमा सुनको जलहरी राख्दा ११ किलो सुन नै गायब पारेको तथ्य महालेखा परिक्षकको प्रवेदनले सार्वजनिक गरेको छ । महालेखाको ५९ औँ प्रतिवेदनमा जलहरी राख्दा १० किलो ९ सय ६७ ग्राम सुन गायब भएको उल्लेख छ । त्यसबेलाको मूल्यअनुसार उक्त सुनको मूल्य ७ करोड ८६ लाख ४६ […]

काठमाडौं महानगरले निकाल्यो कुहिने र नकुहिने फोहर सङ्कलनको तालिका

काठमाडौं- काठमाडौँ महानगरपालिकाले भोलिदेखि लागू हुने गरी कुहिने र नकुहिने फोहर सङ्कलनका लागि तालिका सार्वजनिक गरेको छ । कामपाले एक सूचना जारी गर्दै कुहिने फोहर सङ्कलन गर्ने दिन आइतबार र बुधबार तय गरेको छ भने नकुहिने फोहरका लागि सोमबार र शुक्रबारलाई तोकेको छ । तोकिएबमोजिम नागरिकले फोहर व्यवस्थापनका लागि सहजीकरण गर्नुपर्ने छ । कामपाले एक […]

पोखरमा प्याराग्लाइडिङ विस्थापन हुने चिन्ता किन भयो ?

पोखरा – अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँगै पोखराको साहसिक पर्र्यटकीय पहिचान बनेको प्याराग्लाइडिङ विस्थापित हुने हो कि भन्ने कुराले प्याराग्लाइडिङ व्यवसायीलाई चिन्तित बनाएको छ । अन्तर्राष्ट्रिय विमानस्थल पोखरामा ल्याउन सक्रिय व्यवसायी त्यही विमानस्थलले झण्डै रु डेढ अर्ब लगानीको व्यवसाय विस्थापित हुने हो कि भन्ने चिन्तामा छन् । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले पोखराको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं