प्रदेश १ को नाम ‘लिम्बूवान किराँत नभए सशक्त आन्दोलन गर्ने चेतावनी

ताप्लेजुङ – प्रदेश १ को नाम ‘लिम्बूवान किराँत’ नभए सशक्त आन्दोलन गर्ने लिम्बूवान, किराँत सयुक्त संघर्ष समितिले चेतावनी दिएको छ। बिहीबार समितिले ताप्लेजुङ सदरमुकाममा पत्रकार सम्मेलनको आयोजना गर्दै पहिचानका आधारमा नामाकरण नभए आन्दोलनमा उत्रिने चेतावनी दिएको हो। संयुक्त संघर्ष समितिका १६ घटकहरूले संविधानसभाको विषयगत समिति र राज्य पुनःसंरचना उच्चस्तरीय आयोगबाट सिफारिस भएबमोजिम पहिचानमा आधारित प्रदेशका […]

प्रदेश १ : सवारी दुर्घटनामा २ जनाको मृत्यु

विराटनगर – सुनसरीको र उदयपुरको दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । बुधवार बेलुका साँढे ७ बजे सुनसरीको बराहक्षेत्र नगरपालिका–३ भरौलीमा दक्षिणबाट उत्तर तर्फ जाँदै गरेको को १ च ७७९१ नम्बरको सुमोले सोही दिशा तर्फ जाँदै गरेका साईकल यात्री बराहक्षेत्र नगरपालिका–५ का ६० बर्षीय दुखिलाल धामीलाई ठक्कर दिंदा धामी घाईते […]

ताप्लेजुङमा उर्वर जमिन यसकारण बाँझिदैछ

दिलकुमार लिम्बू । फुङ्लिङ (रासस) – खेतीपाती गर्न विभिन्न प्रविधिको आविष्कार भएको छ । मेसिनले नै खेत जोत्छ । मेसिनले नै धानको बीउ रोप्छ । तर ताप्लेजुङलगायत पहाडी क्षेत्रमा प्रविधिको प्रयोग हुन सकेको छैन । पहाडी क्षेत्रमा खेतीपाती गर्नका लागि अझै पनि गोरुको प्रयोग गर्नु पर्दछ । मानवीय जनशक्तिको आवश्यक पर्दछ । पहाडी क्षेत्रमा तराई […]

‘रुटिन अफ नेपाल बन्द’ लाई काठमाडौं महानगरले १ करोड बजेट छुट्याएको हो ?

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले एक फेसवुक पेज सञ्चालक कम्पनीलाई एक करोड रुपैयाँ अनुदान सहयोग दिने निर्णय गरेका छन् । महानगरको बजेटबाट मेयर शाहले रुटिङ अफ नेपाल बन्द नामक फेसवुक पेजलाई एक करोड रुपैयाँ दिने निर्णय गरेका हुन् । स्वतन्त्रबाट उम्मेदवार बनेका बालेनलाई चुनाव जिताउन रुटिङ अफ नेपाल बन्दले धेरै सहयोग गरेको थियो […]

पहिरो प्रभावितको उद्धार, राहत र बासस्थानको व्यवस्था मिलाउन निर्देशन

काठमाडौं – गृहमन्त्री बालकृष्ण खाणले गोरखाको आरुघाट गाउँपालिका–१ श्याम्चेतमा वर्षाका कारण माथिबाट पहिरो खसेर विस्थापित भएकाको तत्काल उद्धार, राहत र तत्कालका लागि बासस्थानको व्यवस्था मिलाउन निर्देशन दिनुभएको छ । गृहमन्त्री खाणले गृह प्रशासन, मन्त्रालयको विपद् व्यवस्थापन महाशाखा, गोरखाका प्रमुख जिल्ला अधिकारी शङ्करहरि आचार्य र जिल्लाका सुरक्षा निकायलाई पहिरोबाट विस्थापितको उद्धारमा कमी हुन नदिन निर्देशन दिनुभएको […]

भृकुटीमण्डपको ह्वील चेयर गोदाममा आगलागी (फोटो फिचर)

काठमाडौं – काठमाडौँ प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा आज अपराह्न आगलागी भएको छ । प्रहरीका अनुसार यहाँस्थित ह्वील चेयरको गोदाममा आगलागी भएको हो । उपत्यकाको विभिन्न क्षेत्रका दमकलको सहयोगमा सुरक्षाकर्मी र स्थानीयबासीले आगो नियन्त्रणमा लिएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भरतबहादुर बोहराले अहिले क्षतीको विवरण संकलन गर्ने काम भइरहेको जानकारी दिए ।   […]

प्रतिनिधिसभा बैठक : प्रहरीका लागि हतियार खरिदबारे जानकारी माग

काठमाडौं – प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले ग्लोबल बोलपत्रबिना हतार हतारमा नेपाल प्रहरीका लागि विभिन्न हातहतियार खरिद गर्न लागिएको भन्दै आपत्ति जनाएको छ । एमालेका सांसद खगराज अधिकारीले आर्थिक वर्षको अन्त्यमा रकमान्तर गरेर सामान ल्याउन लागिएको आरोप लगाउँदै ती सामान खरिद गर्नुपर्ने आवश्यकता हो होइन, ती सामान नेपाल प्रहरीबाट माग भएको […]

जब भानुभक्तको भेषमा देखिए प्रधानमन्त्री देउवा

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले आदिकवि भानुभक्त आचार्यको २०९औँ जयन्तीका अवसरमा आज कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा अवस्थित भानुको प्रतिमामा माल्यार्पण गर्नुभएको छ । प्रज्ञा–प्रतिष्ठानद्वारा भानु प्रतिष्ठानसँगको सहकार्यमा आयोजना भएको प्रभातफेरीसहितको शोभायात्रापछि प्रतिमामा माल्यार्पण गरिएको हो । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ, प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीलगायतको उपस्थिति रहेको थियो ।

बागमती प्रदेशसभा बैठक दिउँसो १ बजे

काठमाडौं – बागमती प्रदेशसभाको चालु दशौँ अधिवेशनको २५औँ बैठक आज बस्दैछ । गत असार १६ गते आगामी आर्थिक वर्षको बजेट पारित भएसँगै अनिश्चितकालका लागि स्थगित गरिएको प्रदेशसभा बैठक आज बस्न लागेको प्रदेशसभा सचिवालयले जनाएको छ । प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले आज दिउँसो १ बजे बस्ने गरी सबै सांसदलाई सूचना जारी गरिसकेको प्रदेशसभा सचिवालयका प्रमुख सचिव […]

कैलालीमा दुर्घटनामा एकजनाको मृत्यु

कैलाली – कैलालीमा मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने तीन घाइते भएका छन् । गौरीगङ्गा नगरपालिका–९ शङ्करपुरमा गए राति सुपप्र ०१–००९ प ७८९१ र से ७ प ११४७ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा से ७ प ११४७ नम्बरको मोटरसाइकलका चालक रामअवतार कठरियाको मृत्यु भएको हो । उनको उपचारको क्रममा घोडाघोडी अस्पतालमा मृत्यु भएको […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं