काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को आह्वानमा मन्त्रिपरिषद्को बैठक आज अपराह्न ३ बजे बस्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बैठक आयोजना हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकमा समसामयिक सरकारी कामकारबाही, नीतिगत विषय तथा मन्त्रालयगत प्रस्तावमाथि छलफल हुने बताइएको छ ।
काठमाडौं । यही साउन २८ गते स्वदेश फर्किन लागेका काँग्रेसका पूर्वसभापति शेरबहादुर देउवालाई विमानस्थलमा भव्य स्वागतको तयारी गरिएको छ । संस्थापन इतर पक्षले देउवालाई त्रिभुवन विमानस्थलमै भव्य स्वागतको तयारी गरेको हो । विमानस्थलमा स्वागतपछि ५ हजार नेता कार्यकर्ताले उनलाई स्कर्टिङ गरेर धुम्बाराहीस्थित निवासमा पुर्याउने तयारी रहेको छ । जेनजी आन्दोलनका क्रममा आक्रमणमा परी घाइते भएका […]
काठमाडौँ । संघीय संसद्, प्रतिनिधि सभाको बैठक आज बस्दै छ । अपराह्न १ बजे सिंहदरबारमा बस्ने बैठकमा खानी तथा खनिज पदार्थ विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले उक्त प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।
विराटनगर । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसम्बन्धी भ्रष्टाचार मुद्दामा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई विशेष अदालतले १५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ। तत्काल प्राप्त प्रमाण, उनको तत्कालीन पदीय हैसियत र भूमिकालाई आधार मान्दै अदालतले थुनाबाहिर राखेर मुद्दाको पुर्पक्ष अघि बढाउने आदेश दिएको हो। विशेष अदालतका सदस्यहरू नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले […]
विराटनगर । नेकपा (एमाले)का सांसद क्षितिज थेवेले जग्गा हदअबन्दीसम्बन्धी व्यवस्था पुनरावलोकन गर्न माग गरेका छन् । प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन् । उनले हालको जग्गा हदबन्दीसम्बन्धी व्यवस्था पहाडी तथा हिमाली जिल्लाको भौगोलिक अवस्था र स्थानीय आवश्यकताअनुकूल नभएको बताए। उनकाअनुसार हाल तराई तथा भित्री मधेशमा १० बिघा, काठमाडौं उपत्यकामा २५ रोपनी […]
काठमाडौं । सरकारले विराटनगर जुट मिल पुनः सञ्चालनका लागि आर्थिक, प्राविधिक तथा कानुनी अवस्था अध्ययन गर्न विज्ञसहितको कार्यदल गठन गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार बसेको विभिन्न मन्त्रालयका सचिवहरूको बैठकले कार्यदल गठन गरेको हो। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका संस्थान हेर्ने सहसचिवको संयोजकत्वमा गठित कार्यदलले मिलका भौतिक संरचना, मेसिनरी, सम्पत्ति तथा दायित्वको अवस्था र […]
विराटनगर । कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले वन्यजन्तुका लागि आवश्यक आहार र वासस्थान वन क्षेत्रभित्रै व्यवस्थापन गरी मानव र वन्यजन्तुबीचको द्वन्द्व कम गर्ने सरकारी नीति रहेको बताएकी छन्। सामुदायिक वन दिवसका अवसरमा सोमबार ललितपुरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री चौधरीले वन संरक्षणसँगै त्यसबाट समुदायको आर्थिक तथा सामाजिक लाभ बढाउने कार्यक्रमलाई सरकारले प्राथमिकतामा राखेको जानकारी […]
काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले राष्ट्रिय मुद्दामा एक ढिक्का हुन नसक्दा विश्वभरका मान्छेले गिज्जाइरहेको बताएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा सांसद राईले राष्ट्रिय मुद्दामा देश एक ढिक्का हुन नसक्दा विश्वले ‘कुरीकुरी’ भनेको बताएका हुन् । एक ढिक्का हुनुपर्छ भनेर आफूले भन्दै आएको अवस्थामा अहिले नेपालीले मात्रै नभइ विश्वभरीकै मान्छेले कुरीकुरी भनेको उनको […]
विराटनगर । प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री बालेन्द्र साहले नेपालले पनि भारतको सीमा मिचेको भन्दै दिएको अभिव्यक्तिको विषय फेरि उठेको छ। सांसदहरूले उक्त अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग गरेका छन्। सांसद गणेशबहादुर विश्वकर्माले प्रधानमन्त्री सदनमा उपस्थित भएर स्पष्टीकरण दिनुपर्ने वा अभिव्यक्ति रेकर्डबाट हटाउनुपर्ने बताए। सत्तापक्षका सदस्य नै प्रधानमन्त्रीको प्रतिरक्षामा उभिएको भन्दै उनले आलोचना गरे। त्यस्तै, सांसद […]
काठमाडौँ । नेपाली काँग्रेसको राष्ट्रिय भेला आगामी साउन २९ देखि ३१ गतेसम्म काठमाडौँमा आयोजना हुने भएको छ। राष्ट्रिय भेला आयोजक समितिले भेलामा सहभागी हुन प्रदेश तथा जिल्ला तहका नेताहरूलाई आह्वान गरेको छ। राष्ट्रिय भेला आयोजक समितिका संयोजक प्रा. डा. शशांक कोइरालाले सोमबार सबै प्रदेशका काँग्रेस कार्यसमितिका सभापतिलाई पत्र पठाउँदै भेलामा सक्रिय सहभागिताका लागि अनुरोध गरेका […]