काठमाडौं – वसन्त ऋतुमा आरोहणका लागि यतिखेर सगरमाथाको आधार शिविरिमा उल्लेख्य सङ्ख्यामा आरोही पुगेका छन् । आरोहणमा गएका आरोही र उनीहरुका सहयोगीको सगरमाथा आधार शिविरमा ओइरो लागेको छ । आधार शिविर माथि दोस्रो शिविरसम्म आरोही पुगेका छन् । आरोहीको बास व्यवस्थापनका लागि टाँगिएका रङ्गीचङ्गी पाटले आधार शिविरमा रौनक छाएको छ । पर्यटन विभागको पर्वतारोहण शाखाका […]
फुङ्लिङ – चैत–वैशाख महिना वनपाखामा ढकमक्क फुलेर राताम्मे हुनु गुराँसको विशेषता हो । यसैले त अन्य फूलभन्दा उच्च कोटीमा आफ्नो अस्तित्व राख्न सफल भएको हुनसक्छ । गुराँसका बोट अहिले ठिङ्ग्रिङ्गै छन् । चैत–वैशाख ढकमक्क फुल्ने गुराँस यस वर्ष फुलेको देखिएन । पाथीभरा जाने पदमार्ग दायाँबायाँ गुराँसको झाङ । तर गुराँस हो कि होइन भने ठम्याउन […]
काठमाडाैं – चलचित्रको प्रमुख आकर्षण नै कलाकार हुन्छन् । त्यसैले पोस्टरमा उनीहरूलाई प्रस्तुत गर्ने गरिन्छ । चलचित्रमा देखिने कलाकारले ती भूमिका कसरी पाउने गर्छन् ? वा निर्देशकले चरित्र चयन कसरी गर्ने गरेका छन् ? विदेशी चलचित्रमा कलाकार छनोट गर्ने निकाय नै हुन्छ । उनीहरूले नै कथा पढेर पात्रअनुसार कलाकार सुझाव दिने गर्छन् । यद्यपी नेपालमा […]
काठमाडौं – सङ्घीय राजधानी काठमाडौँको आकाश पछिल्लो एक सातादेखि धुलोयुक्त बाक्लो तुवाँलोले ढाकेको छ । मौसममा आएको फेरबदलले काठमाडौँको अधिकतम तापक्रम वृद्धि भई ३३ डिग्री हाराहारी पुगेको छ । मौसम बदलीसँगै अधिकतम तापक्रम निरन्तर बढिरहेकाले काठमाडौँमा निकै गर्मी महसुस गरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार एक सातादेखि अधिकतम तापक्रम बढेर तराई क्षेत्रमा […]
ताप्लेजुङ । वसन्त ऋतु घुम्नका लागि उपयुक्त समय हो । चरम मौसमी अवस्थाको सामना नगरी प्राकृतिक सुन्दरताको आनन्द लिनका लागि उपयुक्त यो समयमा नेपालका थुप्रै ठाउँ हाम्रो रोजाइमा पर्न सक्छन् । तीमध्ये धेरैजसोको रोजाईमा पर्ने प्रमुख गन्तव्य सुदूरपूर्वमा रहेको जिल्ला ताप्लेजुङ पनि हो । विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमाल, करिब चार सय वर्ष पुरानो दिकीछ्योलिङ […]
ताप्लेजुङ – ताप्लेजुङमा बुधबार साँझ वर्षासहित परेको असिनाले हिउँदे बालीनालीमा क्षति पु¥याएको छ । सदरमुकाम फुङलिङसहित जिल्लाका अधिकांश क्षेत्रमा साँझदेखि बेलुकासम्म हावाहुरी र मेघगर्जनसहित असिना परेको थियो । केही ठाउँमा फाट्टफुट्ट असिना परेको छ भने तिरिङ्गे, सिकैँचा, थुम्बेदिनलगायतका क्षेत्रमा बालीनालीमा क्षति पुग्ने गरी असिना परेको स्थानीय सागर इजमले जानकारी दिनुभयो । हावाहुरीसहित परेको असिनाका कारण […]
चितवन – प्रधानमन्त्रीसहित तीन पूर्वप्रधानमन्त्री चितवन आउँदै हुनुहुन्छ । लोकतान्त्रिक बाम गठबन्धनले आज पूर्वी चितवनको कालिका नगरपालिकामा आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्न उहाँहरु चितवन आउन लाग्नुभएको हो । वैशाख १० गते हुने चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनको सन्दर्भमा गठबन्धनका तर्फबाट उमेदवार बनेका नेपाली कांग्रेसका जितनारायण श्रेष्ठको चुनावी सभामा कार्यकर्तालाई सम्बोधन गर्न पार्टीका प्रमुखसहित मुख्य […]
विराटनगर – कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आफ्नो १०० दिनको उपलब्धि सार्वजनिक गरेका छन् । मंगलबार पत्रकार सम्मेलन गर्दै उनले मन्त्रालयको संख्या कटौती र प्रदेशको नाम राख्नुलाई मुख्य उपलब्धिको रुपमा व्यख्या गरे । मुख्यमन्त्री कार्कीले मन्त्रालयको संख्या १३ बाट घटाएर ९ मा झारेका छन् । त्यस्तै गत फागुन १७ गते प्रदेशसभाले प्रदेशको नाम कोशी राखेको छ […]
काठमाडौं – यस वर्ष विद्यार्थीले समयमा नै किताब पाउन थालेका छन् । सरकारले २०८० को शैक्षिक सत्र वैशाख ३ गतेबाट सुरु गरेको छ । अहिले विद्यार्थी भर्ना अभियान सञ्चालन भइरहेको छ । तर अहिले नै अधिकांश जिल्लाका बालबालिकाले हात–हातमा किताब पुग्न थालिसकेको छ । जनक शिक्षा सामग्री केन्द्र तथा पाठ्यक्रम विकास केन्द्रको दाबी अनुसार भर्ना […]
विराटनगर – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सर्वदलिय सहमतिको सरकार गठनको प्रस्ताव गरेका छन् । आफ्नो कार्यकालको १०० दिने उपलब्धी सार्वजनिक गर्ने क्रममा उनले कुनै दलको एकल बहुमत नपुगेका कारण सर्वदलीय सरकार गठनको प्रस्ताव गरेका हुन् । गत पुस २५ गते माओवादी केन्द्र, राप्रपा र जसपाको समर्थनमा मुख्यमन्त्री बनेका एमाले नेता कार्कीले सर्वदलीय सरकार गठन […]