काठमाडौं । प्युठानका अग्रज कम्युनिस्ट नेता तथा संविधानसभा सदस्य दीपक केसीको ८५ वर्षको उमेरमा निधन भएको छ। केसीको आइतबार राति निधन भएको उनका ज्वाइँ रेशमबहादुर थापाले जानकारी दिए। लामो समयदेखि वामपन्थी राजनीति तथा सामाजिक आन्दोलनमा सक्रिय केसी प्युठानका अभिभावक व्यक्तित्वका रूपमा परिचित थिए। उनी २०६४ सालको संविधानसभा सदस्यसमेत थिए। पछिल्ला वर्षहरूमा विभिन्न स्वास्थ्य समस्यासँग जुधिरहेका […]
झापा । झापाका १५ वटै स्थानीय तहले आगामी आर्थिक वर्षभित्र स्थानीय दलित अधिकार ऐन निर्माण गरी कार्यान्वयनमा ल्याउने प्रतिबद्धता जनाएका छन्। कोशी प्रदेश सरकारले पनि दलित सशक्तीकरणसम्बन्धी विधेयक पारित गर्ने प्रक्रिया अघि बढाइरहेका बेला झापाका स्थानीय तहले छुट्टै कानुनी व्यवस्था गर्ने प्रतिबद्धता जनाएका हुन्। मानवअधिकार मञ्च नेपाल इलामको आयोजना तथा जिल्ला समन्वय समिति झापाको सहकार्यमा […]
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले सोमबार भारत र चीनका नेपालस्थित राजदूतसँग छुट्टाछुट्टै भेट गर्ने भएका छन्। प्रधानमन्त्री शाहले भारतीय र चिनियाँ राजदूतसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। भेटवार्ता सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान ११ बजे भेट्ने तय भएको छ। भारतीय राजदूतलाई भेटे लगत्तै प्रधानमन्त्रीले चिनियाँ राजदूतलाई भेट्ने छन्। यसअघि […]
काठमाडौं । संघीय संसद्, प्रतिनिधि सभाको बैठक आज बस्दै छ । आज अपराह्न १ सिंहदरबारमा बस्ने बैठकमा विभिन्न चार वटा विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेको छ । संघीय संसद् सचिवालयका अनुसार आजको बैठकमा परराष्ट्र मन्त्रालय र युवा, श्रम तथा रोजगार मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने सम्भावित कार्यसूची छ । यस्तै, बैठकमा अर्थमन्त्री […]
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाले प्रमुख प्रतिपक्षीको जिम्मेवारीमा रहेर सरकारलाई जिम्मेवार बनाउने गरी भूमिका निर्वाह गरिरहेको बताएका छन्। काँग्रेस केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै थापाले सरकारसँग आवश्यक विषयमा सहकार्य गर्ने र सरकारका काममाथि प्रश्न उठाउने प्रतिपक्षीको जिम्मेवारी रहेको बताए। उनले विशेष महाधिवेशन विधानसम्मत र औचित्यपूर्ण रहेको दाबी गर्दै निर्वाचन आयोगले त्यसको परिणाम स्वीकार […]
विराटनगर । जनप्रतिनिधिको जिम्मेवारी जनताबाट प्राप्त मतको सम्मान गर्दै उनीहरूका समस्या, सवाल र आवश्यकतालाई राज्यको नीति निर्माणको तहसम्म पुर्याउनु हो। तर, धेरैजसो अवस्थामा चुनावका बेला सुनिने भुइँतहका आवाजहरू निर्वाचनपछि सदनको प्राथमिकताबाट ओझेल पर्छन्। सीमान्तकृत समुदायका सवाल त झन् नीति, कार्यक्रम र बजेटको प्राथमिकतामा पर्न सङ्घर्ष गर्नुपर्छ। यही अवस्थामा प्रदेशसभामा निरन्तर भुइँतहका सवाल उठाउने सांसदका रूपमा […]
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वउपप्रधानमन्त्री रवि लामिछानेले सरकार घोषित प्रतिबद्धता र निर्धारित उद्देश्यअनुसार अघि बढ्न नसके राजनीतिक रूपमा हस्तक्षेप गरी सही दिशामा ल्याउने बताएका छन्। सरकारको कार्यसम्पादन र स्थायित्वबारे धारणा राख्दै लामिछानेले वर्तमान सरकारलाई अहिले नै असफल भएको निष्कर्षमा पुग्नुपर्ने अवस्था नरहेको बताए। सरकारलाई आफ्नो जिम्मेवारीअनुसार काम गर्न सक्ने वातावरण […]
विराटनगर । विश्व आदिवासी दिवसका अवसरमा कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशको बहु जातीय, बहुभाषिक र बहु सांस्कृतिक विविधतालाई समृद्धिको आधारका रूपमा अघि बढाउनुपर्ने बताएका छन्। आदिवासी जनजातिको भाषा, संस्कृति, परम्परा, कला र मौलिक पहिचानको संरक्षणसँगै उनीहरूको आर्थिक तथा सामाजिक सशक्तीकरणका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको उनले बताएका हुन्। मुख्यमन्त्री कार्कीले दिवसका अवसरमा जारी गरेको […]
भोजपुर । साल्पासिलिछो गाउँपालिका–६ का दुई पटक निर्वाचित बहालवाला वडाध्यक्ष विक्रम वनसहित १२३ जना विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता श्रम संस्कृति पार्टीमा प्रवेश गरेका छन्। नेपाल काँग्रेस भोजपुर जिल्ला सदस्यसमेत रहेका वनसहित नेपाली काँग्रेसका पालिका कमिटी सचिव श्रीभक्त राई, तरुण दल जिल्ला सदस्य विष्णु राईलगायत नेपाली काँग्रेस, नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीका नेता […]
विराटनगर । कोसी प्रदेशमा सत्ता समीकरण परिवर्तनको खाका स्पष्ट भए पनि नयाँ सरकार गठनले अझै पूर्णता पाउन सकेको छैन। एमालेभित्र मुख्यमन्त्री कसलाई बनाउने भन्ने विवाद टुङ्गिएर वर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नै निरन्तरता पाउने निश्चित भए पनि सत्ता साझेदार नेपाली कम्युनिस्ट पार्टीले सरकारमा पठाउने मन्त्री र मन्त्रालय बाँडफाँटको विषय टुङ्गो लगाएको छैन । केन्द्रमा नेकपा एमाले […]