कैलालीमा एक हजार बढी डेङ्गीका बिरामी

टीकापुर– गत वर्षको तुलनामा यस वर्ष कैलालीमा डेङ्गीका बिरामी वृद्धि भएका छन् । यसवर्ष एक हजार एक जना डेङ्गी सङ्क्रमित भएका छन् । गत वर्ष ४५५ जना डेङ्गीबाट सङ्क्रमित भएका थिए । टीकापुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बलबहादुर रावलले दिएको जानकारीअनुसार गत वर्ष धनगढीमा १७३, लम्कीचुहामा ११३, बर्दगोरियामा ७२, टीकापुरमा ४० ,जानकीका चार, भजनीका पाँच […]

एकपटक प्रयोग गरेको तेल पुनः तताएर प्रयोग गर्नु कत्तिको घातक ?

काठमाडौं- नेपालमा खानेकुरा पकाउँदा अधिकांशमा तेलको प्रयोग गरिन्छ । हामीले सुन्दै आएका छौँ कि एकपटक केही खानेकुरा तारेको तेल पुन खानु हुँदैन भनेर । तर यो कुरा धेरैको जीवनमा मेल खाँदैन । यसको एक कारण यो पनि हुन सक्छ कि तेलको भाउ आकासिनु । एकपटक प्रयोग प्रयोग गरेको तेल पुनः तताएर प्रयोग नगर्न चिकित्सकहरू सुझाव […]

बारबर्दिया नगर अस्पतालमा निःशुल्क सर्पदंश उपचार सेवा सुरु

गुलरिया– बर्दियाको बारबर्दिया नगरपालिकाको नगर अस्पतालमा निःशुल्क सर्पदंश उपचार सेवा सुरु भएको छ । सबै मापदण्ड पूरा गरी अनुमति पाएसँगै उपचार सेवा सुरु गरिएको हो । नगर स्वास्थ्य शाखा प्रमुख गोविन्द पौडेलले अस्पतालमा व्यवस्थापनका सबै तयारी पूरा भएपछि सेवा सुरु गरिएको जानकारी दिए । २४ सैँ घण्टा निःशुल्क सेवा दिँदै आएको यस अस्पतालमा सर्पदंश उपचार […]

किन चिया दोस्रो पटक तताएर पिउन हुन्न ?

काठमाडौं– मानिसका धेरै लत मध्ये चिया पनि एउटा लत हो । चिया खाने बानी अधिकांशको हुन्छ । अझ बिहान उठेर चिया नखाएसम्म दिनको सुरुवात भएजस्तो लाग्दैन । वास्तवमै चिया पिउन कसलाई मन पर्दैन होला र ? चिया धेरै मानिसका लागि नशा जस्तै बनेका हुन्छ र लत नै बस्छ । कतिपय मानिसहरू दिनभरिमा दसौँ कप चिया […]

पानी परेको बेला एसी चलाउन कत्तिको सुरक्षित ?

काठमाडौं– गर्मीमा एसीको चिसो हावाबाट सबैले ठूलो राहत पाउँछन् । गर्मीको मौसममा एसीको कूलिङ इफेक्टलाई अरूसँग तुलना गर्न सकिँदैन । अब वर्षायाम सुरु भएको छ र धेरैको मनमा यो प्रश्न छ कि वर्षामा एसी चलाउनु ठिक हो कि होइन? विन्डो एसी होस् वा स्प्लिट एसी युनिट होस्, तपाईँको एसी युनिटको लागि वर्षा हानिकारक छैन। एसीको […]

तुलसीपुरमा क्षयरोगका बिरामी खोजी अभियान

तुलसीपुर– नेपाललाई क्षयरोगका बिरामी मुक्त बनाउने अभियानअन्तर्गत गाउँ–गाउँमा यसका बिरामी खोजी अभियान थालिएको छ । अभियान यस वर्ष दाङका तुलसीपुर उपमहानगरपालिका र गढवा गाउँपालिकामा थालिएको छ । सोहीअनुसार गाउँ–गाउँमा गएर क्षयरोगका बिरामी पहिचान गरी उपचार थालिएको तुलसीपुर–४ स्थित हलवार स्वास्थ्यचौकी प्रमुख शिवप्रसाद तिवारीले बताए। ‘अहिले पनि धेरै क्षयरोगका बिरामीको पहिचान हुन सकेको छैन’, उनले भने, […]

अकबरे खुर्सानीका फाइदा र बेफाइदा

काठमाडौं– अकबरे खुर्सानीकाे बास्ना याद गर्नुहोस् त । पक्कै पनि मुखबाट पानी आयो होला । विशेष गरी अरु खुर्सानी तर्कारीमा वा खानाका परिकारलाई मिठो र स्वादिलो बनाउनको प्रयोग गरे पनि अकबरे चाहिँ टोकेर नै खाउँ है भन्ने धेरैको धारणा हुन्छ । खुर्सानी एउटा पूरक मसला हो । यसले पिरो भएकोले खानालाई स्वादिलो बनाइदिन्छ । यसका […]

जंगली च्याउ नखान स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जंगली च्याउ नखान आग्रह गरेको छ। स्वास्थ्य मन्त्रालयअन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले सूचना निकाल्दै यस्तो आग्रह गरेको हो । पछिल्लो सयम जंगली च्याउ खाएर मृत्यु भएका घटना बढ्दै गएपछि केन्द्रले यस्तो आग्रह गरेको हो । जंगली च्याउ विषालु हुन सक्ने भएकाले खाली हातले नछुन समेत केन्द्रको सुझाव […]

सानै उमेरमा किन फुल्छ कपाल ?

काठमाडौं– स्त्री तथा पुरुष दुवैका लागि कपाल सुन्दर हुनु राम्रो मानिन्छ । बदलिँदो जीवनशैली र बदलिँदो मौसमका कारण अधिकांश मानिस कपाल झर्ने र फुल्ने समस्याबाट ग्रसित छन् । सामान्य अर्थमा कपाल फुले बुढ्यौली लाग्यो भनेर बुझिन्छ । तर आजकल कपाल सेतो हुदैमा मानिस बुढो हुदैन । आजभोलि कम उमेरमै कपाल फुल्नु धेरैको साझा समस्या हो […]

सेनाद्वारा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

जानकी– नेपाली सेनाले बाँकेमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । राँझास्थित श्री बज्रदल गणको आयोजनामा आज नरैनापुर गाउँपालिका–२ लक्षमनपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो । सैनिक अस्पताल नेपालगञ्ज, स्वास्थ्य कार्यालय बाँके, भेरी अस्पताल, नेपालगञ्ज आँखा अस्पताल, एचसिआरसी अस्पताल नेपालगञ्ज र शाही डेन्टल क्लिनिकको संयुक्त सहयोगमा सञ्चालित उक्त शिविरमा छ सय […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा