सुनचाँदीको मूल्य बढ्यो कि, घट्यो ?

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा दुई हजार रुपैयाँले बढेर ३ लाख एक हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार भने सुनको मूल्य २ लाख ९९ हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ […]

नवप्रवर्तन मन्त्री बन्दै महावीर पुन

काठमाडौं । स्वतन्त्र सांसद महावीर पुन पनि सरकारमा सहभागी हुने भएका छन् । प्रधानमन्त्री बालेन शाहले उनलाई नवप्रवर्तन मन्त्री नियुक्त गर्न सिफारिस गरेका हुन् । यस्तै आजै सुधन गुरूङ गृहमन्त्री बन्दैछन् । गृहमन्त्रीमा गुरूङ र नवप्रवर्तन मन्त्रीमा पुनको नाम सिफारिस भएको हो।

विश्वकप हेर्न अमेरिका जान लागेका एन्फा अध्यक्ष र महासचिवलाई अध्यागमनले विमानस्थलबाट फर्कायो

काठमाडौं । फिफा विश्वकप फुटबल हेर्न मेक्सिको जाँदै गरेका एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइएको छ। मंगलबार बिहान त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका अधिकारीहरूले उनीहरूलाई विमानस्थलबाट मेक्सिको जानमा रोक लगाएको हो। राहदानी ‘वाच लिस्ट’मा रहेकाले उनीहरूलाई फर्काइएको बताइएको छ।

फेरि गृहमन्त्री बन्दै सुधन, आजै ३ बजे शपथ

काठमाडौं । सुधन गुरूङ फेरि गृहमन्त्री बन्ने भएका छन् । यसअघि विवादास्पद व्यापारी दीपक भट्टसँग व्यवसायीक सम्बन्ध रहेको पाइएपछि उनले पदबाट राजीनामा दिनु परेको थियो । उनीमाथि छानबिनका लागि समिति समेत बनाइएको थियो । तर समितिले गुरूङलाई क्लिन चिट दिएपछि पुनः गृहमन्त्रीमा फर्किन लागेका हुन् । आज दिउँसो ३ बजे सुधनको शपथका लागि प्रधानमन्त्री कार्यालयले […]

व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान

भोजपुर । भोजपुरको अरुण गाउँपालिका–७ सिक्रेटारस्थित मैदानेका किसान पछिल्लो समय व्यावसायिक रुद्राक्ष खेतीतर्फ आकर्षित भएका छन् । परम्परागत खेतीभन्दा कम मेहनतमा राम्रो आम्दानी हुने भएकाले यहाँका कृषक रुद्राक्ष खेतीलाई मुख्य आयस्रोतका रूपमा विकास गर्न लागिपरेका हुन् । स्थानीय किसान प्रदीप थापाका अनुसार रुद्राक्ष खेतीबाट किसानले वार्षिक न्यूनतम एक लाखदेखि पाँच लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेका […]

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज (मंगलबार) बस्दैछ । बैठक दिउँसो १ बजे बस्न लागेको संघीय संसद् सचिवालयले जनाएको छ । यसअघि हिजो सोमबार बसेको बैठक सुरू हुनासाथ विपक्षी दलहरुले उठेर विरोध जनाएपछि सभामुख डोलप्रसाद अर्यालले १५ मिनेटका लागि बैठक स्थगित गरेका थिए । १५ मिनेटपछि पनि बैठक बस्न नसकेपछि सूचना टाँस गरेर […]

१८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु

म्याग्दी । म्याग्दीमा १८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु भएको छ । कालीगण्डकी गर्ज हाइड्रोपावर प्राली प्रवर्द्धक रहेको आयोजनाले म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ भालेबासमा सोमबारदेखि विस्फोटक पदार्थको प्रयोग गरि सुरुङ निर्माण थालेको हो । आयोजना निर्देशक रमण सिंहले आगामी चार वर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनाले छिट्टै बाँध, गाडपार र घरापमा प्रस्तावित विद्युत्गृह […]

यस्तो छ आज मंगलबारको राशिफल

आज बिस २०८३ जेठ २६ गते मंगलबार ईस २०२६ जुन ९ नेपाल सम्बत ११४६ अनालागा नवमी, रौद्र नाम संवत्सर सूर्य उत्तरायण, गृष्म ऋतु, जेठ कृष्ण नवमी, चन्द्रमा मीन राशिमा, पूर्वभाद्रपदा नक्षत्र, प्रीति योग, तैतिल करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर ८ मिनेटमा र सूर्यास्त साँझ ६ बजेर ५९ मिनेटमा हुनेछ । आज जन्म […]

कस्तो रहला आजको मौसम ?

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा तथा स्थानीय वायूको आंशिक प्रभाव रहेको जानकारी दिएको छ । हाल कोशी, बागमती, गण्डकी प्रदेश लगायत लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल तथा बाँकी भू-भागमा आंशिक बादल लागेको छ। कोशी, बागमती ,गण्डकी र लुम्बिनी […]

दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा

महोत्तरी । दिनभरि जेठ तेस्रो साताको झैँ उखरमाउलो गर्मी भए पनि पछिल्ला चार दिनयता महोत्तरीसहितका आसपासका जिल्लामा प्रत्येक रात पानी पर्दै आएको छ । गत शुक्रबार जेठ चौथो साता सुरु भएसँगै प्रत्येक रात पानी पर्ने गरेको छ । योक्रम सोमबार पनि जारी रह्यो । यसपालि जेठ तेस्रो साता सुरु भएसँगै धेरै गर्मी बढेपछि जनजीवन निकै […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं