कस्तो रहला आजको मौसम ?

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा तथा स्थानीय वायूको आंशिक प्रभाव रहेको जानकारी दिएको छ । हाल कोशी, बागमती, गण्डकी प्रदेश लगायत लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल तथा बाँकी भू-भागमा आंशिक बादल लागेको छ। कोशी, बागमती ,गण्डकी र लुम्बिनी […]

दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा

महोत्तरी । दिनभरि जेठ तेस्रो साताको झैँ उखरमाउलो गर्मी भए पनि पछिल्ला चार दिनयता महोत्तरीसहितका आसपासका जिल्लामा प्रत्येक रात पानी पर्दै आएको छ । गत शुक्रबार जेठ चौथो साता सुरु भएसँगै प्रत्येक रात पानी पर्ने गरेको छ । योक्रम सोमबार पनि जारी रह्यो । यसपालि जेठ तेस्रो साता सुरु भएसँगै धेरै गर्मी बढेपछि जनजीवन निकै […]

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८४ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४४ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७६ रुपैयाँ ३९ पैसा र बिक्रीदर १७७ रुपैयाँ ०९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको […]

फिलिपिन्स भूकम्प अपडेट : कम्तीमा १५ जनाको मृत्यु

मनिला । फिलिपिन्सको दक्षिणी क्षेत्र मिन्डानाओमा ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएपछि कम्तीमा १५ जनाको मृत्यु भएको छ भने १२९ जना घाइते भएका छन् । भूकम्पपछि राहत तथा उद्धार कार्य तीव्र पारिएको छ भने प्रभावित क्षेत्रमा आपतकालीन अवस्था घोषणा गरिएको छ । नागरिक सुरक्षा कार्यालयका अधिकारीहरूलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमहरूले जनाएअनुसार दक्षिण कोटाबातो, सुल्तान कुदारत, साराङ्गानी […]

विपद् व्यवस्थापन र पूर्वतयारीमा लाग्न विषयगत क्षेत्रका प्रतिनिधिहरूलाई आग्रह

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले प्राथमिकता निर्धारण गरी विपद् व्यवस्थापन र पूर्वतयारीमा लाग्न विषयगत क्षेत्रका प्रतिनिधिहरूलाई आग्रह गरेको छ । यस वर्षको मनसुनको पूर्वतयारीका सन्दर्भमा आज सिंहदरबारमा भएको विषयगत क्षेत्रका नेतृत्वकर्ता र सहनेतृत्वकर्ता (लिड्स र कोलिड्स) मन्त्रालय र संघसंस्थाका प्रतिनिधिहरूसँगको छलफलमा प्राधिकरणले मनसुन भित्रिने समय भइसकेकाले आइपर्ने मनसुनजन्य विपद्को पूर्वतयारीमा जुट्न […]

पक्ष-विपक्ष नछुट्याई सम्पत्ति छानबिन अघि बढाउने पुर्व गृहमन्त्री सुधन गुरुङको दाबी

काठमाडौँ । पुर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता सुधन गुरुङले आगामी सरकारले राजनीतिक पक्ष-विपक्षको आधारमा नभई समान रूपमा सबै जनप्रतिनिधिको सम्पत्ति छानबिन गर्ने दाबी गरेका छन्। धादिङस्थित क्रिक रिसोर्टमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा उनले स्थानीय तहदेखि उच्च पदस्थ जनप्रतिनिधिसम्म सम्पत्ति विवरणमाथि कठोर जाँच प्रक्रिया अघि बढाइने संकेत गरे। उनका अनुसार वडाध्यक्षदेखि मेयरसम्मका […]

मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला

झापा । झापाको मेचीनगर नगरपालिका–४ स्थित माताचोक नजिक गोरेटो बाटो छेउमा १५ फिट लामो अजिङ्गर सर्प फेला परेकामा उद्धार गरिएको छ । गएराति करिब ११ बजे स्थानीयवासीले अजिङ्गर देखेपछि तत्काल प्रहरी चौकी बाहुनडाँगीलाई जानकारी गराएका थिए । सूचना प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थल पुगेर सुरक्षित रूपमा उद्धार गरी प्रहरी चौकी बाहुनडाँगीमा राखिएको जिल्ला प्रहरी कार्यालयका […]

सुनचाँदीको मूल्य आज पनि घट्यो

काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा आठ हजार दुई सय रुपैयाँले घटेर प्रतितोला आज तीन लाख आठ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ । शुक्रबार भने सुन तोलामा ३ लाख ९ हजारमा कायम भएको थियो । यसैगरी, चाँदी मूल्य पनि घटेको छ । आज […]

समुद्री विपद् न्यूनीकरणमा एआई मोडेल , चीनका वैज्ञानिकहरूले गरे यस्ताे सार्वजनिक

काठमाडौँ । चीनका वैज्ञानिकहरूले समुद्री पूर्वानुमान क्षेत्रमा ठूलो उपलब्धि हासिल गर्दै नयाँ कृत्रिम बुद्धिमत्ता (एआई) मोडेल सार्वजनिक गरेका छन् । यो प्रणालीले आँधी, अत्यधिक वर्षा, आँधीबाट उत्पन्न समुद्रभित्रका शक्तिशाली तरङ्ग तथा समुद्री बरफ जस्ता जटिल समुद्री घटनाहरूको पनि पूर्वानुमान गर्न सक्छ । पूर्वी चीनको शान्दोङ प्रान्तस्थित छिङदाओमा जारी चौथो चीन डिजिटल पृथ्वी सम्मेलनमा शनिबार यस […]

रास्वपा ताप्लेजुङकाे सभापतिमा राजनकुमार गुरुङ

ताप्लेजुङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङ सभापतिमा राजनकुमार गुरुङ चयन भएका छन् । गए राति सम्पन्न प्रथम जिल्ला अधिवेशनबाट उनी सर्वसम्मतिमा चयन भएका हुन् । पार्टी उपसभापतिमा मानबहादुर तामाङ, सचिवमा लीलाप्रसाद पौडेल र सहसचिवमा गोपाल गुरागाईं चुनिएका छन् । अधिवेशनले सात जना सदस्य पनि सर्वसम्मतिमा चुनेको छ । उनीहरू कमल लेछर्वो, छत्रबहादुर विश्वकर्मा, सुशीला […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं