ताप्लेजुङ । ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर जाने सिजन सुरु भएको छ । मौसममा सुधार भएसँगै यहाँ आउने भक्तजनको सङ्ख्यासमेत बढ्दै गएको छ । वर्षभरि नै पाथिभरा जान सकिए पनि मुख्यतया बडादसैँ र जाडो घटेपछिको समयलाई तीर्थयात्राको मुख्य ‘सिजन’ मानिन्छ । तीन हजार ७९४ मिटर उचाइमा अवस्थित पाथीभरामा यस वर्ष तीन पटकसम्म हिमपात भएको थियो […]
काठमाडौं । देशभर केबलकार विस्तारको लहर छ । ताप्लेजुङको पाथीभरामा जाने तीर्थयात्रीको सहजताका लागि केबलकार निर्माण सुरु भएको छ । तर, अनेक भ्रम फैलाउँदै ‘नो केबलकार समूह’ ले विरोध गरिहेको छ । उनीहरू भन्छन्, ‘बरु सगरमाथामा बनाउनु नि केबलकार !’ ताप्लेजुङको समृद्धिमा थप टेवा पुर्याउन निर्माण हुने केबलकारको विरोध गर्नेले व्यंग्य गर्दै भनेको यो कुरा […]
काठमाडौं । ताप्लेजुङको पाथीभरामा केबलकार निर्माणको विरोधमा रहेका नाे केबलकार समूह र सरकारी वार्ता टोलिबीच भएको वार्ता पुन: चैत ७ गते बस्ने गरि सकिएकाे छ । सोमबार काठमाडौंमा दुई पक्ष बीच भएको वार्तामा उच्च स्तरिय वार्ता आगामी चैत ७ गते बस्ने र आवश्यकता आनुसार केबलकार निर्माण ब्यवसायीसहित वार्ता बस्ने निर्णय भएको हाे ।
सोलुखुम्बु । ‘खै के हुनलाई यस्तो भएको हो, यो सालको जस्तो बतास चलेको मलाई अहिलेसम्म थाहा थिएन्, हावाले घरहरु त परको कुरा रुखहरु नै जराबाटै पल्टिन थाल्यो ! डाँडाहरु हावाले फुकेर फुङ्ग हुँदै गएको छ, यस्तो हुनु राम्रो होइन’, सोलुदुधकुण्ड नगरपालिका–७ गार्माकी ७१ वर्षीया जाङ्बु शेर्पाले आश्चर्यमिश्रित भावमा भनिन् । विगतमा सामान्य हावा चल्ने भए […]
काठमाडौं । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीका साथै स्थानीय वायुको समेत आंशिक प्रभाव परेको छ । देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ । आज सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षा भइरहेको मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार […]
काठमाडौं । ताप्लेजुङमा रहेको प्रसिद्ध तीर्थस्थल पाथीभरामा तीर्थयात्रीको सहजताका लागि केबलकार निर्माण सुरु भएसँगै आन्दोलन र विरोध गर्दै आएको ‘नो केबलकार समूह’ले सरकारसँग वार्ता गर्न वार्ता टोली बनाएको छ । सरकारले चैत १ गते मुक्कुमलुङ ताङेसेःप चुम्भो र मुक्कुमलुङ संरक्षण अन्तरदलीय सङ्घर्ष समितिलाई सम्बोधन गरेर पत्र लेख्दै वार्तामा बोलाएको थियो । त्यसपछि सरस्वता सिंघक (सरु) […]
काठमाडौं । अबदेखि ढोका खुला राखी सवारी चलाएमा पाँच हजार रुपैयाँ जरिवाना हुने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सवारी तथा यातायातको व्यवस्था गर्न बनेको विधेयक २०८१ को मस्यौदामा यस्तो सजायको व्यवस्था गरेको हो । यसअघि सामान्य कारबाही हुने गरेता पनि यति ठुलो जरिवानाको व्यवस्था भएको थिएन । काठमाडौँ उपत्यकामा सवारी साधनमा ढोका […]
काठमाडौं । सडक अनुशासन उल्लङ्घन गर्ने पैदल यात्रुलाई जरिवाना लाग्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सवारी तथा यातायातको व्यवस्था गर्न बनेको विधेयक २०८१ को मस्यौदामा यस्तो सजायको व्यवस्था गरेको हो । सडक अनुशासन उलङ्घन गर्ने पैदलयात्रुलाई पाँच सय रुपैयाँ जरिवाना गर्ने व्यवस्था गरेको छ । यसैगरी अनधिकृत व्यक्तिले ट्राफिक सङ्केत राख्ने,फेरबदल वा […]
काठमाडौं । आज पनि देशका विभिन्न ठाउँको मौसम बदली भएको छ । पश्चिमी न्यूनचापीय प्रणालीको साथै स्थानीय वायुको समेत आंशिक प्रभाव रहेकाले मौसम बदली भएको हो । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली भएको छ । लुम्बिनी प्रदेशलगायत बाँकी पहाडी भू–भागमा आंशिक बदली […]
काठमाडाैं । तपाईलाई घुम्न मन पर्छ भने खुसीकाे कुरा छ । टाइम म्यागेजिनले भर्खरै २०२५ मा घुम्नका लागि विश्वका सय उत्कृष्ट ठाउँको सूची जारी गरेको छ । सूचीमा एल साल्भाडोरदेखि भारतको जयपुर र जिम्बाबेसम्म परेका छन् । यसमा क्रुजदेखि संग्राहलय र रेष्टुराँदेखि नेशनल पार्कसम्म सबै कुरा छन् । सूचीमा नेपालको तर्फबाट सामुदायिक होमष्टे नेटवर्क (सीएचएन) […]