दुई–तिहाइ बहुमतसहित बीएनपीको उदय, तारिक रहमान प्रधानमन्त्री बन्ने निश्चित

एजेन्सी । बंगलादेशको आम निर्वाचनले देशको राजनीतिक दिशामा ठूलो परिवर्तन ल्याएको छ। प्रारम्भिक परिणामअनुसार बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) ले स्पष्ट बहुमततर्फ अग्रसरता देखाएको छ। स्थानीय सञ्चारमाध्यमहरूले जनाएअनुसार ३ सय सदस्यीय संसदमा बीएनपीले २ सय ९ सिट जित्दै दुई–तिहाइ बहुमत सुरक्षित गरेको छ। यससँगै पार्टीका अध्यक्ष तारिक रहमान आगामी प्रधानमन्त्री बन्ने निश्चितजस्तै भएको छ। उनी पूर्वप्रधानमन्त्री […]

असुरक्षा भएको भन्दै अरनिको यातायातले रोक्यो मन्थलीबाट चल्ने गाडी

रामेछाप । नेपाल अरनिको यातायात सेवा प्रालिले काठमाडौं खुर्कोट हुँदै रामेछापको मन्थलीको रुट प्रयोग गरी सञ्चालन हुने आफ्ना सम्पूर्ण क्यूका बस सेवाहरू अनिश्चितकालका लागि स्थगित गरेको जनाएको छ । सुरक्षा जोखिमको कारण देखाउँदै नेपाल अरनिको यातायातले काठमाडौंबाट सो रुटमा चल्ने बसको सेवा अनिश्चितकालका लागि स्थगित गरेको जनाएको छ । कम्पनीले शुक्रबार एक सूचना जारी गर्दै […]

पाथीभरामा पुगे एकै महिनामा १० हजार बढी दर्शनार्थी

ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा माघ महिनामा १० हजारभन्दा बढी भक्तजन पुगेका छन् । पाथीभरा क्षेत्र विकास समितिले बिहीबार सार्वजनिक गरेको विवरणअनुसार माघ महिनामा १० हजार ३२३ जनाले पाथीभराको दर्शन गरेका छन् । माघमा १८ लाख ४७ हजार ५०० भेटीघाटी संकलन भएको समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले जानकारी दिए। यसअघि, पुस महिनामा पाँच हजार […]

हिमाली जिल्लाको निर्वाचनको अवस्था बुझ्न प्रधानमन्त्री कार्की सोलुखुम्बुमा

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की हिमाली जिल्लाको निर्वाचनको वस्तुस्थिति बुझ्न सोलुखुम्बु पुगेकी छन् । फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनको तयारीका लागि प्रधानमन्त्री कार्कीसँगै उनका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठ र प्रेस सल्लाहकार रामबहादुर रावलसहितको टोली आज बिहान हेलिकप्टरबाट सोलुखुम्बु पुगेको हो । सुरुमा नाम्चे पुगेको टोली अहिले सदरमुकाम सल्लेरी पुगेको छ । प्रधानमन्त्री कार्कीलाई […]

महाशिवरात्रिको तयारी पूरा, ४० लाख खर्च लाग्ने अनुमान

काठमाडौँ । गुठी संस्थानले महाशिवरात्रि पर्वको तयारी पूरा गरेको छ । संस्थानले मंगलवार पत्रकार सम्मेलन गरी फागुन १ गतेदेखि ५ गतेसम्म महाशिवरात्रि पर्व सञ्चालन गर्नको लागि तयारी पूरा गरेको जानकारी दिएको हो । यस वर्ष महाशिवरात्रि फागुन ३ गते मनाइँदै छ । महाशिवरात्रि पर्व मनाउनको लागि संस्थानले पर्व अगाडी र पछाडि गर्नुपर्ने कार्यहरूको तयारी पूरा […]

ताप्लेजुङका उम्मेदवार घरदैलोमा व्यस्त

ताप्लेजुङ । प्रतिनिधि सभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै यहाँका उम्मेदवार घरदैलोमा व्यस्त छन् । यहाँ १३ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाली कम्युनिष्ट पार्टी (नेकपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सहित १३ दलका उम्मेदवार घरदैलो अभियानमा सक्रिय भएका छन् । कांग्रेसका गजेन्द्रप्रसाद तुम्याहाङ,नेकपा (एमाले)का क्षितिज थेबे, नेपाली कम्युनिष्ट पार्टीका खेलप्रसाद […]

जापानमा भारी हिमपात, ४६ जनाको मृत्यु

काठमाडौँ । जापानमा लगातार तीन हप्ताको भारी हिमपातका कारण ४६ जनाको मृत्यु हुनुका साथै ५५८ जना घाइते भएको फायर एण्ड डिजास्टर म्यानेजमेन्ट एजेन्सीको ताजा तथ्यांकले मंगलबार देखाएको छ । जनवरीको अन्त्य देखि जारी हिमपातले उत्तरी समुदायहरूलाई चरम दोहन गर्नुका साथै ट्राफिक जन्य समस्या निम्त्याएको जनाइएको छ । प्रहरी र स्थानीय अधिकारीहरूका अनुसार बासिन्दाहरू हिउँलाई सफा […]

प्रतिनिधि सभा निर्वाचन : ४७ जिल्लाका एक करोड ३७ लाख ९१ हजार मतपत्र छापिए

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ४७ जिल्लाका ११० निर्वाचन क्षेत्रका एक करोड ३७ लाख ९१ हजार मतपत्र छापिएका छन् । निर्वाचन आयोगका अनुसार डोल्पा, मुगु, जुम्ला, कालीकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम (पश्चिम भाग), सल्ल्यान, सुर्खेत, बाजुरा, अछाम, बझाङ, डोटी, डडेल्धुरा, दार्चुला, बैतडी, कैलाली, कञ्चनपुर, पाँचथर, इलाम, तेह्रथुम, भोजपुर, ओखलढुङ्गा, सुनसरी, ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, […]

मधेश दौडाहामा बालेन

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साह (बालेन) को आज चुनाव लक्षित कार्यक्रम रहेको छ । केही दिन आफ्नो निर्वाचन क्षेत्र झापा-५ मा रहेका बालेन आज मधेश केन्द्रित कार्यक्रम तय भएको छ । रास्वपाले भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा बालेनलाई अघि सारेपछि देश दौडाहामा केन्द्रित छन् । उनी सप्तरी जिल्लाका पार्टीका उम्मेदवारदेखि मतदातासँग भेटघाटमा छन् […]

नोबेल शान्ति पुरस्कार विजेता मोहम्मदीलाई इरानमा छ वर्षको जेल सजाय

तेहरान । इरानको एक अदालतले नोबेल शान्ति पुरस्कार विजेता नर्गेस मोहम्मदीलाई छ वर्षको जेल सजाय सुनाएको छ । वकिल मुस्तफा निलीले भने, “सरकारविरोधी प्रदर्शनमा भेला गर्ने र अपराध गर्ने अभियानमा सहभागी भएको आरोपमा छ वर्षको जेल सजाय सुनाइएको छ । मोहम्मदीलाई प्रचार गतिविधिको लागि डेढ वर्षको थप जेल सजाय पनि सुनाइएको छ र उहाँलाई दुई […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा