काठमाडौं । देशभर आज मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानभन्दा उत्तरमा नेपाल नजिक रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशभर साधारणतया बादल लागेको छ । बागमती र गण्डकी प्रदेशका धेरै, लुम्बिनी र कर्णाली प्रदेशका केही तथा कोशी प्रदेशका पहाडी […]
विराटनगर । नेपाली कम्युनिष्ट पार्टी संसदीय दलको बैठक सुरु भएको छ। कोशी प्रदेश सरकारमा पार्टीका तर्फबाट कसलाई मन्त्री पठाउने भन्ने विषयमा छलफल गर्न बैठक बसेको हो। पार्टीले आजै मन्त्रीको नाम टुंगो लगाउने तयारी गरेको स्रोतले जनाएको छ। बैठकमा सरकारमा पार्टीको सहभागिता, मन्त्रालयको जिम्मेवारी तथा मन्त्रीका सम्भावित नामबारे छलफल भइरहेको बताइएको छ।
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सिरहाको लहानस्थित अस्पतालमा तत्काल ट्रमा युनिट सञ्चालनमा ल्याइने घोषणा गरेकी छन्। राजमार्गमा हुने दुर्घटना र घाइतेहरूको उपचारलाई मध्यनजर गर्दै मन्त्री मेहताले यस्तो प्रतिबद्धता व्यक्त गरेकी हुन्। लहानमा आयोजित एक कार्यक्रममा बोल्दै उनले पूर्ण क्षमताको ट्रमा सेन्टर निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन ९डीपीआर०, भवन निर्माण तथा विशेषज्ञ चिकित्सकको […]
खोटाङ । ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्क बजार र सेलुखर्क–१ राखाबाङ्देलको सीमामा पर्ने लिदिङखोलामा दुई वर्षभित्र निर्माण सम्पन्न हुनुपर्ने मोटरेबल पक्की पुल छ वर्ष बितिसक्दा पनि अलपत्र परेको छ। पुल निर्माणमा ढिलाइ हुँदा स्थानीयवासी तथा विद्यार्थी जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्। कच्ची सडकमार्फत हिउँदमा मात्र यातायात सञ्चालन हुँदै आएको लिदिङखोलामा मोटरेबल पुल निर्माणका लागि विसं २०७७ फागुन […]
काठमाडौँ । झापा शिवसताक्षी नगरपालिका–१० माईधार घर भई हाल काठमाडौँ महानगरपालिका–२६ मित्रनगर बस्ने नवीन रायालाई अपहरण गरी बन्धक बनाउने र १८ लाख रुपैयाँ फिरौती माग्ने सात जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको विशेष टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। गत साउन २८ गते अपरिचित ५र६ जनाको समूहले रायालाई अपहरण गरी, बन्धक […]
काठमाडौं । नेपालमा मनसुनी विपद् तथा अन्य प्राकृतिक प्रकोपका कारण पछिल्लो २४ घण्टामा १३ जनाको मृत्यु भएको छ भने ५ जना बेपत्ता भएका छन् । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज सार्वजनिक गरेको बुलेटिनअनुसार देशका ४३ जिल्लामा ५२ वटा विपद्का घटना भएका छन् जसमा ४३ जना घाइते भएका छन् । पहिरोबाट […]
ओखलढुङ्गा । ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिका-५ स्थित मेले गुम्बा टोलमा कुहिरोबाट स्वच्छ पिउने पानी सङ्कलन गरेर वितरण गरिएको छ। करिब ३० वर्षअघि इलामसहित पूर्वी क्षेत्रमा प्रयोग गरिएको यो प्रविधिलाई आधुनिक रूपमा उपयोग गर्दै कुहिरोबाट पानी सङ्कलन गरिएको हो। समुद्र सतहबाट करिब दुई हजार ३३० मिटरको उचाइमा रहेको मेले गुम्बा टोलमा भू(उपग्रह अध्ययनमार्फत निरन्तर कुहिरो लागिरहने स्थान […]
माउमेरे । इन्डोनेसियाको फ्लोरेस टापुमा शनिबार बिहान सात दशमलव सात म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । भूकम्पका कारण भवन तथा घरहरू भत्किँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने ठूलो भौतिक क्षति भएको अधिकारीहरूले बताएका छन् । भूकम्पपछि इन्डोनेसियाली अधिकारीहरूले सुनामीको चेतावनी जारी गर्दै तटीय क्षेत्रका बासिन्दालाई अग्लो स्थानमा जान आग्रह गरेका थिए । समुद्री […]
चितवन । गत आर्थिक वर्षमा जिल्लाका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये १५ जनामा औलो (मलेरीया)को समस्या देखिएको छ । तीन हजार ४१५ जनाको परीक्षणका क्रममा सो संख्यामा संक्रमित भेटिएको हो । जनस्वास्थ्य कार्यालयका किट नियन्त्रक राम केसीका अनुसार यसरी संक्रमण देखिनेमा वैदेशिक रोजगारीबाट फर्किएका छन् । एनोफिलिस जातको पोथी लामखुट्टेले टोक्दा औलो लाग्ने गर्दछ […]
काठमाडौं । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानभन्दा उत्तरतर्फ नेपालनजिक रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेश तथा गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भागमा साधारणतया बदली रहेको छ । […]