दमक-चिसोपानी सडकमा मालवाहक सवारी सञ्चालनमा रोक

इलाम । झापाको दमकदेखि इलामको माङसेबुङ गाउँपालिका हुँदै पाँचथरको चिसोपानी पञ्चमी जोड्ने सडक (फाल्गुनन्द मार्ग) मा आजदेखि मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । भारी मालवाहक सवारीसाधन ट्रक, टिपर, ट्रेलरलगायत सवारी सञ्चालनमा अनिश्चितकालका लागि रोक लगाइएको माङसेबुङ गाउँपालिकाका कार्यवाहक अध्यक्ष विनोदकुमार नेम्बाङले बताए । अविरल वर्षाका कारण माङसेबुङ गाउँपालिका क्षेत्रमा सडकका विभिन्न स्थानमा क्षति पुगेपछि […]

केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा नेपालको पश्चिम भू–भागमा सरदरभन्दा केही उत्तर (नेपाल नजिक) तथा पूर्वी भू–भागमा सरदर स्थानको आसपास रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा अधिकांश लागेको छ । कोशी, बागमती र गण्डकी प्रदेशमा […]

प्रतिनिधि सभाको बैठक बस्दै, कार्यसूची के छ ?

काठमाडौँ । संघीय संसद्, प्रतिनिधि सभाको बैठक आज बस्दै छ । अपराह्न १ बजे सिंहदरबारमा बस्ने बैठकमा खानी तथा खनिज पदार्थ विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले उक्त प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।

सरकार र मृतक रवीन्द्र मेहताको परिवारबीच ७ बुँदे सहमति

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्ज घटनामा मत्यु भएका रवीन्द्रकुमार मेहताको परिवार र सरकारबीच सातबुँदे सहमति भएको छ । मेहताका परिवार र गृहमन्त्री सुधन गुरुङबीच आज सात बुँदे सहमति भएको हो । जसअनुसार, मेहतालाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाउने, दोषीलाई कारबाही गर्ने, देवानगञ्ज–३ स्थित मदरसाको कानुनी हैसियत तथा सम्बन्धित विषयमा आवश्यक छानबिन तत्काल […]

पूर्वअर्थमन्त्री कार्कीलाई १५ लाख धरौटीमा रिहा गर्न आदेश

विराटनगर । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसम्बन्धी भ्रष्टाचार मुद्दामा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई विशेष अदालतले १५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ। तत्काल प्राप्त प्रमाण, उनको तत्कालीन पदीय हैसियत र भूमिकालाई आधार मान्दै अदालतले थुनाबाहिर राखेर मुद्दाको पुर्पक्ष अघि बढाउने आदेश दिएको हो। विशेष अदालतका सदस्यहरू नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले […]

सन्दीप बने नेपालको ओडीआई कप्तान

काठमाडौं । स्पीनर सन्दीप लामिछाने नेपाली राष्ट्रिय टोलीको ओडीआई कप्तान बनेका छन् । नेपाल क्रिकेट संघ क्यानले रोहित पौडेललाई हटाउँदै सन्दीपलाई ओडिआईको कप्तान नियुक्त गरेको हो । सन्दीप ४ वर्षपछि कप्तानको जिम्मेवारीमा फर्किएका हुन् । सन् २०२२ मा कप्तान बनेका सन्दीपलाई बलात्कार मुद्दा लागेपछि कप्तानबाट हटाइएको थियो । सन्दीपले मलेसियामा हुने एसीसी प्रिमियर कपबाट नेपालको […]

क्षितिज थेबेको ताप्लेजुङ डायरी ६ : जग्गा हदअबन्दीसम्बन्धी व्यवस्था पुनरावलोकन गर्न माग

विराटनगर । नेकपा (एमाले)का सांसद क्षितिज थेवेले जग्गा हदअबन्दीसम्बन्धी व्यवस्था पुनरावलोकन गर्न माग गरेका छन् । प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन् । उनले हालको जग्गा हदबन्दीसम्बन्धी व्यवस्था पहाडी तथा हिमाली जिल्लाको भौगोलिक अवस्था र स्थानीय आवश्यकताअनुकूल नभएको बताए। उनकाअनुसार हाल तराई तथा भित्री मधेशमा १० बिघा, काठमाडौं उपत्यकामा २५ रोपनी […]

विराटनगर जुट मिल पुनः सञ्चालनबारे अध्ययन गर्न कार्यदल गठन

काठमाडौं । सरकारले विराटनगर जुट मिल पुनः सञ्चालनका लागि आर्थिक, प्राविधिक तथा कानुनी अवस्था अध्ययन गर्न विज्ञसहितको कार्यदल गठन गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार बसेको विभिन्न मन्त्रालयका सचिवहरूको बैठकले कार्यदल गठन गरेको हो। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका संस्थान हेर्ने सहसचिवको संयोजकत्वमा गठित कार्यदलले मिलका भौतिक संरचना, मेसिनरी, सम्पत्ति तथा दायित्वको अवस्था र […]

वन्यजन्तु द्वन्द्व घटाउन वनभित्रै आहार र बासको प्रबन्ध : गीता चौधरी

विराटनगर । कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले वन्यजन्तुका लागि आवश्यक आहार र वासस्थान वन क्षेत्रभित्रै व्यवस्थापन गरी मानव र वन्यजन्तुबीचको द्वन्द्व कम गर्ने सरकारी नीति रहेको बताएकी छन्। सामुदायिक वन दिवसका अवसरमा सोमबार ललितपुरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री चौधरीले वन संरक्षणसँगै त्यसबाट समुदायको आर्थिक तथा सामाजिक लाभ बढाउने कार्यक्रमलाई सरकारले प्राथमिकतामा राखेको जानकारी […]

‘कुरी-कुरी’ भन्दैछन् विश्वभरका मान्छे : ध्रुवराज राई

काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले राष्ट्रिय मुद्दामा एक ढिक्का हुन नसक्दा विश्वभरका मान्छेले गिज्जाइरहेको बताएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा सांसद राईले राष्ट्रिय मुद्दामा देश एक ढिक्का हुन नसक्दा विश्वले ‘कुरीकुरी’ भनेको बताएका हुन् । एक ढिक्का हुनुपर्छ भनेर आफूले भन्दै आएको अवस्थामा अहिले नेपालीले मात्रै नभइ विश्वभरीकै मान्छेले कुरीकुरी भनेको उनको […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं