बजेट ल्याउने तयारीमा सरकार, वृद्धभत्ता र कोरोना नियन्त्रण प्रथमिकतामा पर्ने

काठमाडौं । प्रतिनिधिसभा विघटनको अवस्थामा सरकार बजेटको तयारीमा छ । जेठ १५ गते बजेट ल्याउनैपर्ने संवैधानिक प्रावधान रहेकाले अर्थका अधिकारीहरु धमाधम बजेट लेख्दै छन् । संघीय संसदका दुबै सदनहरुको संयुक्त बैठकमा राष्ट्रपतिबाट वाचन हुने नीति तथा कार्यक्रम अध्यादेशमार्फत नै आउँदैछ । बजेट पनि अध्यादेशमार्फत नै आउने भएको छ । जेठ १५ अघि नै नीति तथा […]

ताप्लेजुङमा १३ सहित प्रदेश १ थपिए ७६३ जना संक्रमित

विराटनगर । प्रदेश १ मा आज ७६३ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ३९८, सुनसरीमा ११४, झापामा १०६, उदयपुरमा ६४, ताप्लेजुङमा १३, धनकुटामा ६, इलाममा ५, खोटाङ र पाँचथरमा ३–३, र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका ४९ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा ९४ महिला र १३३ पुरुष […]

बजेटमा खोपलाई उच्च प्राथमिकता दिइन्छ : मुख्यमन्त्री राई

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले सबै नागरिकलाई कोभिड खोप लगाउन प्रदेश सरकार लागि परेको बताएका छन् । यसका लागि प्रदेश सरकार सबै तबरले जुटेको समेत उनले बताए । आइतबार विराटनगरमा करुणा फाउण्डेशन नेपालले प्रदेश नं १ सरकारलाई प्रदान गरेको ३० थान अक्सिजन कन्सन्ट्रेटर बुझ्दै मुख्यमन्त्री राईले संघिय सरकारसँग पनि आवश्यक मात्रामा खोप […]

संक्रमितको शव व्यवस्थापनमा स्काउट पनि खट्ने

विराटनगर । प्रदेश १ मा अब कोरोना संक्रमणका कारण मृत्यु भएकाको शव व्यवस्थापनमा स्काउटमा आबद्ध भएकाहरु पनि खटिने भएका छन् । यस अघिसम्म सेनाले मात्रै शव व्यवस्थापन गर्दै आएको थियो । दक्ष जनशक्ति तयार गर्न स्काउटमा आवद्ध भएकालाई अहिले धमाधम तालिम दिइदै छ । यसै विषयमा झापामा आइतबारबाट चार दिने तालिम सुरु गरिएको छ । […]

योगेश भट्टराई भन्छन् : ‘कारवाही, प्रतिशोध र बदलाको राजनीतिले कसैलाई सही बाटोमा पुर्‍याउँदैन

काठमाडौं । नेकपा एमालेका नेता योगेश भट्टराईले कारबाही र बदलाको राजनीतिले कसैलाई पनि गन्तव्यमा नपुर्‍याउने बताएका छन्। प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ‌ओलीले माधव नेपालसहितका नेताहरुलाई कारबाहीको प्रक्रिया सुरु गरेपछि भट्टराईले यस्तो टिप्पणी गरेका हुन्। उनले नेताहरुलाई आफ्नो विगत हेरेर धैर्य गर्न र संवाद गर्न आह्वान पनि गरेका छन्। ‘कारवाही, प्रतिशोध र बदलाको राजनीतिले […]

बाबुसँगै सगरमाथा चुचुरोमा पुगे ताप्लेजुङका १७ वर्षे सोनाम

ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिका ४ साँघु ताम्राङका १७ वर्षीय सोनाम शेर्पाले सगरमाथाको सफल आरोहण गरेका छन । आइतबार बिहान ८ बजेर ५० मिनेटमा उनले आरोहण गरेको आरोहणका लागि पठाएको कम्पनी हिमालय गाइड्स ट्रेक्स एण्ड एक्सपिडिसन कम्पनीका प्रबन्धक इश्वरी पौडेलले बताए । पौडेलका अनुसार सोनाम आफ्ना पिता पूर्णकुमार ९पिके० शेर्पासँगै आरोहणका लागि गएका थिए । […]

विराटनगरको एउटै अस्पतालमा एकै दिन १० संक्रमितले गुमाए ज्यान

विराटनगर । विराटनगरको नोबेल शिक्षण अस्पतालमा कोरोना भाइरस संक्रमित १० जनाको एकै दिन मृत्यु भएको छ । पछिल्लो २४ घण्टाभित्र नोबेलको कोभिड वार्डमा मृत्यु भएका संक्रमितको संख्या अहिलेसम्मकै उच्च हो । मृत्यु हुनेमा ५० वर्षभन्दा कम उमेर समूहका पाँच जना रहेका छन् । नोबेल अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार शनिबार बिहान मोरङको पथरीशनिश्चरे नगरपालिका–४ का […]

शव वाहन विहिन ताप्लेजुङमा डाक्टर रुइतले जुटाए खरिद गर्न रकम

ताप्लेजुङ । ताप्लेजुङमा कसैको मृत्यू भए बोक्ने शव वाहन छैन । एम्बुलेन्सलाई शव बोक्न छुट छैन, कहिले ट्याक्टर त कहिले अन्य सवारीमा शब बोक्नुपर्ने जिल्लाबासीको बाध्यता छ । तर, अब यो बाध्यता हट्दैछ । जिल्लामा शववाहनको व्यवस्था हुने भएको छ । प्रतिनिधिसभा सदस्य तथा पूर्व मन्त्री योगेश भट्टराईले केही दिन अघि कोरोना नियन्त्रणमा जिल्लाको समस्या […]

प्रदेश १ मा कोरोना ग्राफ : कहिले माथि कहिले तल, शनिबार ८८८ थपिए

विराटनगर । प्रदेश १ मा आज ८८८ जना कोरोना संक्रमित थपिएका छन् । झापामा २७४, मोरङमा २४३, सुनसरीमा १६१, संखुवासभामा ५६, खोटाङमा ४७, इलाममा ३०, धनकुटामा १८, सोलुखुम्वुमा १६, उदयपुरमा ६, ओखलढुङ्गा र भोजपुरमा २–२, पाँचथर र ते¥हथुममा १–१ र प्रदेश १ बाहिरका ३१ ज्नामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । झापाको दमकमा […]

आकस्मिक सुरक्षा बैठक, सडकमा प्रदर्शन हुन नदिन गृहको निर्देशन

काठमाडौं । सरकारले निषेधाज्ञा उल्लंघन गरेर मानिसलाई कुनै पनि हालतमा सडकमा निस्कन नदिन सुरक्षा निकाय र स्थानीय प्रशासनहरुलाई निर्देशन दिएको छ । गृह सचिव महेश्वर न्यौपानेले नेपाल प्रहरी,सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरुलाई डाकेर निषेधाज्ञाका बेला भिडभाडजन्य गतिविधि गर्न नदिन निर्देशन दिएका हुन् । सरकारी आदेश उल्लंघन गरेर सडकमा निस्किए कानुन अनुसार कारबाही गर्न […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा