समाज सुधारक ‘फाल्गुनन्द’को जन्मजयन्ती मनाइँदै

विराटनगर । समाज सुधारकका रुपमा परिचित फाल्गुनन्द लिङ्देनको जन्मजयन्ती मंगलबार किराँत धर्मावलम्बीहरूले विषेश महत्वका साथ मनाउँदैछन् । नेपाल सरकारले २०६६ मंसिर १६ गते राष्ट्रिय विभूति घोषणा समेत गरिएका लिङ्देनका जन्मस्थानमा जयन्तीका दिन विषेश पुजासहितका कार्यक्रम राखिने गरिएकोमा यो वर्ष कोरोना महामारीका कारण सामाजिक दुरी कायम गर्दै समान्य पुजा र कार्यक्रम मात्र गर्ने तयारी गरिएको छ […]

कोरोना खोप तयार, सोमबार घोषणा, नोभेम्बरभित्रै प्रयोगका लागि प्रक्रिया थालिने

लन्डन । बेलायती उत्पादकले कोरोना भाइरसविरुद्ध पहिलो ‘प्रभावकारी’ खोप तयार भएको सोमबार घोषणा गरेका छन्। विश्वलाई तहसनहस बनाइरहेको यो भाइरस नियन्त्रणको उपाय निकालेको दाबी गर्दै त्यहाँका वैज्ञानिकले ‘विज्ञान र मानवताका लागि महान् दिन’ भनेका छन्। उक्त खोप लगाएकामध्ये ९० प्रतिशतभन्दा बढीलाई सुरक्षा प्रदान गर्ने प्रारम्भिक अनुसन्धानले देखाएको छ। खोपको विकास गर्ने कम्पनीहरू फाइजर र बायोएनटेकले […]

परिणाम देखिने गरि काम गर्न जिल्ला अस्पताललाई मन्त्रीको निर्देशन

विराटनगर । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले जिल्ला अस्पतालहरुले परिणाम देखिनेगरि काम गर्नुपर्ने बताएका छन् । उनले अस्पतालहरुले विस्तार गरेको सेवाका बारेमा स्थानीयले थाहा पाउने गरि काम गर्न समेत निर्देशन दिए । प्रदेश स्वास्थ्य निर्देशनालयको आयोजनामा मंगलबार भएको प्रदेश स्तरिय अस्पतालहरुको बार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठिमा मन्त्री घिमिरेले जिल्ला अस्पतालहरुलाई प्रदेश […]

प्रदेश १ : ३ सय ६४ संक्रमित थपिदा, ६ सय २८ जना डिस्चार्ज

विराटनगर । प्रदेश १ मा सोमबार ३ सय ६४ जना कोरोना संक्रमित थपिएका छन् । सोमबार थपिनेमा मोरङमा १ सय ६३, सुनसरीमा ८६, झापामा ६६, उदयपुरमा १३, धनकुटामा ५, पाँचथरमा ४, इलाममा ३, संखुवासभा, तेह्रथुम, भोजपुर र खोटाङमा २–२, ओखलढुङ्गामा १ र प्रदेश १ बाहिरका १५ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका […]

ताप्लेजुङका सबै पालिका पुग्ने सडक दुई बर्षमा कालोपत्रे : मन्त्री भट्टराई

ताप्लेजुङ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले अबको २ वर्ष भित्रमा सबै पालिकाको केन्द्रसम्म पुग्ने सडक कालोपत्रे गर्ने बताएका छन् । ताप्लेजुङको बिभिन्न स्थानीय तहहरुको ८ दिने भ्रमणमा रहेका मन्त्री भट्टराईले सोमबार ताप्लेजुङको मेरिङदेन गाउँपालिकामा आयोजिक अन्तक्रिया कार्यक्रम बोल्दै दुई वर्षमा सबै तह सडक सञ्जालले जोडिने र ती सडक कालोपत्रे हुने बताए । […]

प्रधानमन्त्रीले भने ‘पार्टी फुट्दैन, फुट्न दिइन्न’

काठमाडौं । नेकपाका दुई अध्यक्षमध्ये पार्टी फुट्ने कुरा कसले गर्‍यो रु पुष्पकमल दाहालले केपी शर्मा ओलीको उक्त आशयको अभिव्यक्ति निकट नेताहरूलाई सुनाएपछि राजनीति तरंगित भयो। तर, प्रधानमन्त्री ओलीले उक्त आक्षेपको तीर दाहालतिरै सोझ्याएका छन्। ‘कसले गर्‍यो पार्टी फुट्ने कुरा रु मैले रु’ अन्नपूर्ण पोस्ट्सँगको विशेष अन्तर्वार्तामा शनिबार अध्यक्ष एवं प्रधानमन्त्री ओलीले भने, ‘उहाँहरूले नै अलि […]

अमेरिकी राष्ट्रपतिमा जो बाइडेन र उपराष्ट्रपतिमा कमला ह्‍यारिस विजयी

वासिंटन । कडा प्रतिस्पर्धा र लामो रस्साकस्सीपछि अमेरिकाको ४६औँ राष्ट्रपतिको रुपमा डेमोक्रेटिक पार्टीका नेता जो बाइडेन र उपराष्ट्रपतिको रुपमा कमला ह्यारिस विजयी भएका छन् । उनीसँगै उपराष्ट्रपतिको रुपमा कमला ह्यारिस विजयी भइन् । बाइडेनले संसदमा २७० इलेक्टोरल कलेज भोट आवस्यक पर्नेमा २८४ भोट ल्याउँदै विजयी भएका हुन् । निकटतम प्रतिस्पर्धी डोनल्ड ट्रम्पले भने २१४ भोट […]

प्रदेश १ मा एकैदिन चार कोरोना संक्रमित महिलाको मृत्यु

विराटनगर । मोरङ र सुनसरीमा थप चार कोरोना संक्रमितको मृत्यु भएको छ । मृतक चारै जना महिला हुन् । कोरोना संक्रमित दुई महिलाको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । मृतक झापा र सुनसरीका महिला छन् । झापाको शिवसताक्षी–६ की २६ वर्षीया महिलाको आज बिहान ३ बजे मृत्यु भएको अस्पतालका व्यवस्थापक नारायण […]

ताप्लेजुङको सिंवा माविमा मन्त्रीले गरे आईसीटी ल्यावको उद्घाटन

ताप्लेजुङ । संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्री योगेश भट्टराई शनिबार (आज) विहान फक्ताङ्लुङ गाउँपालिकाको ३ लिङ्खिममा रहेको सिँवा माध्यमिक बिद्यालयमा स्थापित आइसीटी केन्द्रको उद्घाटन गरेका छन् । मन्त्री भट्टराइकै सहयोग र पहलबाट स्थापना भएको सूचना प्रविधि कक्षमा २४ वटा कम्युटर, प्रिन्टर, त्यसलाई सञ्चालन गर्ने नविकरणीय उर्जा र इन्टरनेटको व्यवस्था रहेको छ । विद्यालयका प्रधानाध्यापक […]

मन्त्री भट्टराई ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका क्षेत्रमा, आज दुई कार्यक्रममा सहभागी

ताप्लेजुङ । गृह जिल्ला ताप्लेजुङ पुगेका संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्री योगेश भट्टराई शनिबार (आज) तीन कार्यक्रममा सहभागी हुँदैछन् । विहान सिवाँ माविमा आईटी ल्याव उद्धघाटन गरी फक्तालुङ गाउँपालीकामा हुने अन्य दुई कार्यक्रममा सहभागी हुने मन्त्रीको सचिवालयले जनाएको छ । गाउँपालीकामा जनप्रतिनिधी र कार्यालय प्रमुख सँगको अन्तरक्रियासँगै गाउँपालिका क्षेत्रमा रहेका विद्यालयका प्रधानअध्यापक सँग गाउँका […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा