काठमाडौँ । स्वतन्त्र चालक फाउण्डेशन नेपालले राइडरहरूको हकहित र न्यायपूर्ण भाडादरको माग गर्दै शुक्रवार काठमाडौँको माइतीघरमा शान्तिपूर्ण प्रदर्शन गरेको छ । पछिल्लो समय राइडरहरूले भोग्दै आएका समस्याहरूको समाधान र श्रमको उचित मूल्यांकन हुनुपर्ने मागसहित फाउण्डेशनले विरोध कार्यक्रम आयोजना गरेको हो । प्रदर्शनमा सहभागीहरूले ‘हाम्रो श्रमको उचित मूल्य देऊ’, ‘आर्थिक शोषण बन्द गर’, ‘कमिसन घटाऊ, न्याय […]
काठमाडौं । नेपाल शिक्षक महासंघले आगामी भदौदेखि आन्दोलन गर्ने घोषणा गरेको छ। महासंघको तेस्रो राष्ट्रिय परिषद् बैठकले भदौदेखि आन्दोलन गर्ने निर्णय गरेको जानकारी शुक्रबार आयोजित पत्रकार सम्मेलनमार्फत दिइएको हो । परिषद् बैठकले आन्दोलनसहित १५ बुँदे निर्णय सार्वजनिक गरेको छ । आन्दोलनको मिति र कार्यक्रम तय गर्ने जिम्मेवारी परिषद्बाट विस्तारित कार्यदललाई दिइएको महासंघले जनाएको छ । […]
काठमाडौं । प्रतिनिधिसभाको बैठकमा सांसद चन्द्रमोहन यादवले सरकारको आलोचना गर्दै मौन विरोध जनाएपछि केही समय सदन रोकिएको छ । आज बसेको प्रतिनिधिसभा बैठकमा जनकरपुरस्थित ढल्केबरमा ट्रमा सेन्टर निर्माण गर्न माग गर्दै यादवले सरकारको ध्यानाकर्षण गराउन मौन विरोध जनाएका हुन्। यस क्रममा प्रतिनिधिसभाका सभामुखले सरकारको विरोध गर्ने पनि निश्चित प्रक्रिया र मर्यादा हुने स्मरण गराउँदै असहमति […]
विराटनगर । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको निर्देशकमा प्रा. डा. आशिष गोविन्द अमात्य नियुक्त भएका छन्। नियुक्तिपछि प्रा.डा. अमात्यले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। शपथ ग्रहणसँगै उनले केन्द्रको निर्देशकका रूपमा औपचारिक जिम्मेवारी सम्हालेका छन्।
खाँदबारी । संखुवासभाको खाँदबारी नगरपालिका–४ भ्याङखोलामा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । गए राति खाँदबारी –४ भ्याङखोलामा आगलागी हुँदा बसन गुरुङ घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायव उपरीक्षक कुमार प्रसाद मैनालीले बताए । गए राति करिब १ बजे विद्युत् सर्ट भएर आगलागी हुँदा गुरुङको घर जलेर नष्ट हुँदा […]
काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) पनि सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य तोलाको ९ सय रुपैयाँले बढेर तोलाको २ लाख ९६ हजार ९ सयमा कारोबार भइरहेको छ । यसअघि बिहीबार सुन तोलाको २ लाख ९६ हजारमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ […]
विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले विराटनगरस्थित कोइराला निवासको मर्मत तथा संरक्षणका लागि सरकारले विनियोजन गरेको दुई करोड रुपैयाँ नलिने निर्णय गरेका छन् । आर्थिक वर्ष २०८३/८४ को बजेटमा कोइराला निवासको मर्मत तथा संरक्षणका लागि छुट्याइएको उक्त रकम नैतिक रूपमा स्वीकार गर्न असमर्थ रहेको भन्दै उनले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई साउन […]
म्यान्मार । म्यान्मारको प्रमुख सामुद्रिक नाका याङ्गुन बन्दरगाहमा सन् २०२६ को पहिलो सात महिनामा ४०२ वटा कन्टेनर जहाजहरू आइपुगेका छन् । म्यान्मार बन्दरगाह प्राधिकरणलाई उद्धृत गर्दै द ग्लोवल न्यू लाइट अफ म्यान्मारले बिहीवार यसबारे जानकारी दिएको हो । प्राधिकरणको प्रतिवेदनअनुसार जुलाई महिनामा मात्रै ५५ वटा कन्टेनर जहाजले यस बन्दरगाहमा सेवा लिएका थिए । यस वर्षको […]
झापा । राजस्व लक्ष्यतर्फ निरन्तर उकालो लागिरहेको मेची भन्सार कार्यालयले आर्थिक वर्ष २०८२/८३ मा लक्ष्यको ९३.३० प्रतिशत राजस्व संकलन गरेको छ । पछिल्ला चार आर्थिक वर्षमा कार्यालयको लक्ष्य प्राप्ति दर ७०.२१ प्रतिशतबाट बढेर ९३.३० प्रतिशतमा पुगेको छ । उक्त कार्यालयका अनुसार आर्थिक वर्ष २०८२/८३ मा रु १८ अर्ब ८८ करोड ७७ लाख ४८ हजार ३०० […]
विराटनगर । जल तथा मौसम विज्ञान विभागअन्तर्गत बाढी पूर्वानुमान महाशाखाले आगामी तीन दिन देशका अधिकांश प्रमुख नदी तथा सहायक नदीहरूको बहाव उल्लेख्य रूपमा बढ्ने जनाएको छ । शुक्रवार बिहान ८ बजे जारी बाढी पूर्वानुमान बुलेटिनअनुसार कोसी, नारायणी, कर्णाली, महाकाली तथा तिनका सहायक नदीका साथै कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीमा बहाव बढ्ने […]