काठमाडौं । विश्वमा कोरोनाभाइरस (कोभिड–१९) को सङ्क्रमणबाट मृत्यु हुनेको संख्या १० लाख नाघेको छ । कोरोनाका कारण विश्वका हालसम्म २ सय १५ मुलुकका गरी कूल १० लाख ६ हजार ९० जनाले ज्यान गुमाएका छन् । पछिल्ला विवरणहरु अनुसार कोभिड–१९ बाट सङ्क्रमित हुनेको संख्या विश्वभर तीन करोड ३५ लाख ४२ हजार पुगेको छ । त्यस्तै कूल […]
धरान । धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मोरङका एक कोरोना संक्रमितको मृत्यू भएको छ । मोरङ सुनबर्सी ७ का ६८ वर्षिय ती पुरुषको मंगलबार विहान ३ बजे मृत्यू भएको प्रतिष्ठानले जानकारी दिएको हो । ज्वरो, खोकी र श्वास–प्रस्वाशमा समस्या देखिएर गत असोज ५ गते नोबेल मेडिकल कलेजमा भर्ना भएका उनमा अन्य दीर्घ रोग समेत […]
काठमाडौं । बिहीबार र आइतबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न १८ निर्णय गरेको छ । सरकारका प्रवक्ता एवम् परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आज १८ निर्णय सार्वजनिक गरेका हुन् । नेपाली सेनाका प्रमुख सेनानी जेन्द्र पन्तलाई लेबनानको सरकारबाट प्रदान गरिएको विभूषण र रमेश नाथ पाण्डेलाई जापान सरकारबाट सम्मान गरिएको विभूषण ग्रहण गर्न स्वीकृति दिने निर्णय गरेको छ । […]
झापा । झापाको गौरादह नगरपालिका–१ का ५१ वर्षीय कोरोना सङ्क्रमित एक पुरुषको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको छ । श्वासप्रश्वासमा समस्या देखिएपछि असोज ३ गते अस्पतालको सघन उपचार कक्षमा भर्ना भएर उपचार गराइरहेको उनको आज दिउँसो मृत्यु भएको हो । मृतक सुनचाँदी व्यवसायी भएको बताइएको छ । उनमा असोज ६ गते कोरोना भाइरस सङ्क्रमण […]
विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले मुलुकमै सबैभन्दा सस्तोमा पीसीआर परीक्षण सुरु गरेको छ । कोरोना भाइरस शंकास्पदको स्वाब परीक्षण नोबेलले सोमबारबाट थालेको हो । प्रति व्यक्ति एक हजार पाँच सय ५० रुपैयाँ लिएर स्वाब परीक्षण गर्न थालिएको अस्पतालले जनाएको छ । विभिन्न प्रयोगशालामा स्वाबको चाप बढेर पीसीआर रिपोर्ट आउन ढिलाई भइरहेका बेला नोबेलले सस्तो […]
विराटनगर । प्रदेश १ मा सोमबार ८३ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ३६, मोरङमा ३०, ओखलढुङ्गामा ४, खोटाङ र झापामा २–२, धनकुटा र इलाममा १–१ र प्रदेश १ बाहिर ७ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सुनसरीको धरानमा ७ महिला ७ पुरुष, इटहरीमा २ महिला ९ पुरुष, दुहवीमा ३ महिला […]
लक्ष्मी कटुवाल । विराटनगर उदयपुरको रौतामाई २ का ५५ वर्षिय लुङगेली मगरको खोलाले बगाएर मृत्य भएको छ । आइतबार राती करिब ८ बजे माइती घरबाट फर्कदै गर्दा सोही स्थानमा रहेको रसुवा खोला तर्ने क्रममा बगाएर मृत्यु भएको जिल्ला प्रहरी कार्यलय उदयपुरले जनाएको छ । दुई सय मिटर सम्म खोलाले बगाएपछि झारीमा अडकेको अवस्थामा मगरको शव […]
काठमाडौं । कोरोना संक्रमणको दर कम भए सरकारले आन्तरिक पर्यटन प्रवर्द्धनका लागि विशेष प्याकेज ल्याउने भएको छ। ६ महिनादेखि ठप्प पर्यटन क्षेत्रलाई चलायमान बनाउन सरकारले विशेष प्याकेज ल्याउने तयारी गरेको हो। संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले संक्रमणको अवस्था कम हुने वित्तिकै संगठित क्षेत्रका व्यक्तिहरुलाई संगठित रुपमा देश दर्शन गराउने बताए। आज राजधानीमा भएको […]
विराटनगर । प्रदेश १ मा शनिबार १ सय ६ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ७२, सुनसरीमा २४, झापामा ७, भोजपुरमा १ र प्रदेश १ बाहिरका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मनत्रालयका अनुसार विराटनगरमा ६४ जनामा संक्रमण देखिएको छ । संक्रमण पुष्टि भएकामा २६ महिला र ३८ पुरुष छन् । […]
विराटनगर । मोरङ, झापा र सुनसरीमा भएका विभिन्न घटना र दुर्घटनामा परेर तीन जनाको मृत्यु भएको छ। मोरङको सुन्दरहरैँचा नगरपालिका–१२ मा सिमेन्टको बोराले थिचेर ३५ वर्षीय कुमार उरामनको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार न्यू पञ्चकन्या सेन्टरी हार्डवेयरमा ल्याएको सिमेन्ट बोकेर स्टोरतर्फ लाने क्रममा अचानक लड्दा बोराले उनलाई थिचेको थियो। सिमेन्टको बोराले थिचेर घाइते […]