कोरोना संक्रमित एक पुरुषको धरानमा मृत्यु

धरान । धरानमा थप एक कोरोना संक्रमितको मृत्यू भएको छ । सुनसरी इटहरी उपमहानगरपालिका ६ का ५६ पुरुषको गएराति पौने १० बजे मृत्यु भएको हो । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका अनुसार विराटनगरको विराट मेडिकल कलेजबाट कोरोना संक्रमण पुष्टि भएर रिफर गरिएका उनमा ज्वरो, खोकीका साथै श्वासप्रश्वासमा समस्या देखिएको थियो । प्रतिष्ठानको कोभिड अस्पतालमा १४ […]

कानेपोखरीका वडा अध्यक्षलाई कोरोना पुष्टि, वडा कार्यालय सील

पथरी, मोरङ । मोरङको कानेपोखरी गाउँपलिका २ का वडाध्यक्षमा कोरोना भाइरस (कोभिड १९)को संक्रमण पुष्टि भएको छ । उनको गत आइतबार पीसीआर टेष्ट गरिएको थियो । गाउँपालिका उपाध्यक्ष सहित २४ जनाको टेष्ट गरिएकोमा उनको रीपोर्ट पोजेटिभ देखिएको गाउँपालिका स्वास्थ प्रमुख रोहिन्द्र श्रेष्ठले बताए । यस्तै कानेपोखरी गाउँपालिका ५ की वडा सचीवका श्रीमानलाई पनि कोरोना पोजेटिभ […]

झापाको बिर्तामोडबाट ब्राउनसुगर सहित २ जना पक्राउ

विराटनगर । झापाको बिर्तामोड स्थित शैनिकमोडबाट लागुऔषध खैरो हिरोईन (ब्राउनसुगर)सहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापा कचनकवलका २२ बर्षीय सुदम राजवंशी र सोही स्थानका ३९ बर्षीय नर बहादुर राजवंशी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । हिजो साँझ साढे ६ बजे विशेष सुराकका आधारमा खटिएको प्रहरी टोलीले उनिहरुलाई नियन्त्रणमा लिएको जिल्ला […]

ग्यालेक्सी डेन्टल एण्ड सर्जिकल सप्लायर्सले उत्पादन गरेको स्यानीटाइजर बिक्रीमा रोक

विराटनगर । विराटनगर महानगरपालिका १५ मा रहेको ग्यालेक्सी डेन्टल एण्ड सर्जिकल सप्लायर्सले उत्पादन गरेको स्यानीटाइजर बिक्री वितरणमा मंगलबारबाट रोक लगाइएको छ। उत्पादित स्यानीटाइजर गुणस्तरहीन र मानव स्वास्थ्यमा गम्भीर असर पुर्‍याउने खालको भएको हुन सक्ने आशंकामा बजारमा लैजान र उपभोक्तालाई बिक्री गर्न बन्देज लगाइएको हो। जिल्ला प्रशासन कार्यालय मोरङ, प्रहरी, औषधि व्यवस्था विभाग र उपभोक्ता अधिकारवादी […]

कोरोना संक्रमित एक पुरूषको विराटनगरमा मृत्यु

विराटनगर । मोरङको जहदाका एक कोरोना संक्रमित पुरूषको बुधबार विहान कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरमा मृत्युु भएको छ । जहदा ६ का ६३ बर्षिय पुरूषको उपचारका क्रममा मृत्युु भएको अस्पतालका संयोजक डा.दीपक सिग्देलले बताए । असोज ४ गते संक्रमण देखिएपछि सोही दिन उनलाई कोभिड अस्पतालमा भर्ना गरिएको थियो । असोज ५ गतेदेखि भेन्टिलेटरमा […]

जीपको ठक्करबाट झापामा एक महिलाको मृत्यु

झापा । झापाको झिलझिलेमा जीपको ठक्करबाट एक महिलाको मृत्यू भएको छ । मृत्यू हुनेमा झापा शिवसताक्षी ८ झिलझिलेकी ४० वर्षीया कमला चापागाईँ रहेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ । पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको बा ११ च ५९९० नम्बरको जीपले उनलाई मंगलबार साँझ ठक्कर दिएको हो । ठक्कर दिने जीप र त्यसका चालकलाई […]

ताप्लेजुङको पाथीभरालाई नमुनाको रुपमा विकास गरिने : पर्यटन मन्त्री

काठमाडौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पाथीभरा क्षेत्रलाई नमुना धार्मिक सांस्कृतिक केन्द्र बनाउने बताएका छन् । मंगलबार मन्त्रालयमा पुरातत्व विभागले तयार गरेको पाथीभरा गुरुयोजनाको प्रारम्भिक प्रतिवेदन माथि ताप्लेजुङका सरोकारवालाहरुसँगको छलफलमा सो कुरा बताएका हुन् । मन्त्री भट्टराईले पाथीभराको हाल कायम भएको क्षेत्र बैज्ञानिक नभएकोले सर्वपक्षिय भेला गरेर क्षेत्र निर्धारण गर्नुेपर्ने धारणा […]

प्रदेश १ मा कोरोना : २४ घण्टामा १६६ डिस्चार्ज, १ सय २२ संक्रमित थपिए

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश १ मा ३ जनाको मृत्यु भएको छ । झापा, मोरङ र सुनसरीमा थप १–१ जना पुरुषको मृत्यु भएको छ । हाल सम्म ६७ जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा मंगलबार १ सय २२ कोरोना संक्रमित थपिएका छन् । मोरङमा ८६, सुनसरीमा १९, झापामा […]

ब्राउन सुगरसहित विराटनगरका मण्डल पक्राउ

विराटनगर । प्रहरीले विराटनगर १६ दरैयाका ६१ वर्षीय रामु मण्डललाई खैरो हिरोइन (ब्राउन सुगर)सहित पक्राउ गरेको छ । सोमबार दिउँसो विषेश सुराकिको आधारमा प्रहरीले साइकलमा आइरहेको मण्डललाई विराटनगर १२ कलेज रोडबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । उनको साथबाट ५ ग्राम ७० मिलीग्राम ब्राउन सुगर फेला परेको प्रहरीको भनाई छ । मण्डललाई […]

कोशी अस्पतालमा मृत्यू भएका पुरुषमा कोरोना संक्रमण पुष्टि

विराटनगर । विराटनगरको कोशी अस्पतालको आइसोलेसनमा सुनसरीका एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । दुहवी नगरपालिका ५ का ६० वर्षीय पुरुषको सोमबार दिउँसो मृत्यू भएको हो । उपचारका लागि अस्पतालमा भर्ना गरिएको केही बेरमै मृत्यु भएको अस्पतालका आइसोलेसन संयोजक एवं बरिष्ठ फिजिसियन डा. लक्ष्मीनारायण यादवले जानकारी दिए । उनका अनुसार ज्वरो, खोकी र श्वासप्रश्वासमा […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा