१६ घण्टामा ललितपुरमा चार कोरोना संक्रमितको मृत्यु

ललितपुर । १६ घण्टामा ललितपुरमा कोरोना संक्रमणले चार जनाको मृत्यु भएको छ। ललितपुरका विभिन्न अस्पतालमा कोरोना भाइरस संक्रमणबाट चार जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ। कार्यालयका अनुसार पाटन अस्पतालमा भदौ २६ गते भर्ना भएका सर्लाहीका ६० वर्षीय पुरुष, भदौ २० गते भर्ना भएकी ललितपुरकी ७५ वर्षीया महिला, भदौ २५ गते भर्ना भएकी ललितपुरकी […]

सिक्किमका मन्त्रीहरु र विधायकमा कोरोना संक्रमण, विधानसभा अनिश्चित

विराटनगर । सिक्किमका तीन मन्त्री र दुई विधायक कोरोना संक्रमण देखिएको छ। कृषि मन्त्री एलएन शर्मा, वन मन्त्री कर्मा लोडे भोटिया र ऊर्जा मन्त्री एमएन शेर्पाको कोरोना परीक्षण रिपोर्ट पोजिटिभ आएको हो। त्यसैगरी विधायकद्वय फरवन्ती तामाङ र टीटी भोटिया पनि कोरोना संक्रमित रहेको पुष्टि भएको छ। तामाङ दक्षिण सिक्किमअन्तर्गत मल्ली क्षेत्रकी विधायिका हुन् भने भोटिया […]

बेलबारीको डाँगीहाटमा मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु

विराटनगर । मोरङको डाँगीहाटमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । शुक्रबार विहान बेलबारी नगरपालिका–१० डाँगीहाटमा मोटरसाइकलको ठक्करबाट मृत्यू हुने व्यक्ति बेलबारी–१० का ५० वर्षीय शम्भु दाहाल रहेको बेलबारीका प्रहरी निरीक्षक ऋषिराज ढकालले जानकारी दिए । उनलाई को १७ प ८५३१ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो । साइकलमा पूर्वतर्फ जाँदै गरेका दाहाल १० बजेतिर […]

पहाडमा एम्बुलेन्स नहुँदा स्ट्रेचर र डोकोको भर

विराटनगर । प्रदेश १ का तराईका जिल्लामा भन्दा पनि पहाडी जिल्लामा एम्बुलेन्सको भरनै छैन । भएका एम्बुलेन्स पनि समयमा नपुग्ने र भौगोलीक अवस्थाका कारण सबै स्थानमा सडकमार्ग नहुँदा पहाडी जिल्लामा एम्बुलेन्सको काम स्ट्रेचर र ट्रयाक्टरले गर्नुपर्छ । भोजपुर जिल्लाको दुर्गम मानिने उत्तरी साल्पासिलिछो गाउँपालिका, षडानन्द नगरपालिका रामप्रसाद राई गाउँपालिकामा एम्बुलेन्स छैन । एम्बुलेन्स नहुँदा धेरैजसो […]

आज बस्ने भनिएको नेकपा सचिवालय बैठक आइतबारका लागि सर्‍यो

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठक आइतबारसम्म सरेको छ। शुक्रबारका लागि बोलाइएको सचिवालय बैठक आइतबार बस्ने गरी सारिएको महासचिव विष्णु पौडेलले जानकारी दिए। बुधबार प्रधानमन्त्रीको केपी ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको छलफलले पहिलो पटक पेरिसडाँडामा सचिवालय बैठक तय गरेको थियो। तत्कालीन एमाले र माओवादीबीच एकता भएर नेकपा बनेपछि पहिलो पटक तत्कालीन माओवादीको […]

पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड पहिरोका कारण अबरुद्ध भएको छ । भरतपुर महानगरपालिका–२९ मा पर्ने केराबारीमा आज बिहान पहिरो खसेको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख दयाकृष्ण भट्टका अनुसार चौध किलो र सत्र किलोको पहिरो हटाइसकिएको छ भने केराबारीमा गएको पहिरो पन्छाउने काम भइरहेको छ । पहिरोसँगै झरेको लेदोले करिब १०० मिटर सडक ढाकेको […]

प्रदेश १ सहित केही स्थानमा ठूलो पानी पर्न सक्ने, सतर्कता अपनाउन सुझाव

काठमाडौँ । आज प्रदेश १ सहित देशका विभन्न ठाउँमा ठूलो पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले अनुमान गरेको छ । ठूलो पानीले एक्कासी नदीमा पानीको सतह बढ्ने भएकाले नदी तटीय क्षेत्रका बासिन्दालाई सावधानी अपनाउन विभागले सुझाव दिएको छ । प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ का एकरदुई ठाउँमा ठूलो पानी […]

राष्ट्रियसभा सदस्यको शपथ ग्रहणमा वामदेव (हेरौँ ४ तस्विर)

काठमाडौं । वामदेव गौतमले राष्ट्रियसभा सदस्यको रुपमा शपथ ग्रहण गरेका छन् । बिहीवार राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष समेत रहेका गौतमलाई सदस्यको शपथग्रहण गराएका हुन् । सफत ग्रहणका समयमा खिचिएका यी चार तस्विर ।

अब बामदेव बने माननिय, राष्ट्रियसभा सदस्यको शपथ ग्रहण

काठमाडौं । वामदेव गौतमले राष्ट्रियसभा सदस्यको रुपमा शपथ ग्रहण गरेका छन् । बिहीवार राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष समेत रहेका गौतमलाई सदस्यको शपथग्रहण गराएका हुन् । शपथ लिएपछि गौतमले आफूले राष्ट्रियसभाको गरिमा बढाउने गरी काम गर्ने प्रतिक्रिया दिए । गौतमले पार्टी नेतृत्व, सरकार र राष्ट्रपति भण्डारीप्रति आभार व्यक्त गरे । […]

प्रदेश १ मा हाल सम्मकै धेरै संक्रमित थपिए, मोरङमा मात्रै २४ घण्टामा ९२ नयाँ संक्रमित

विराटनगर । प्रदेश १ मा विहीबार २४ घण्टामा १ सय ७१ जना संक्रमित थपिएका छन् । यो दैनिक संक्रमण संख्यामा अहिले सम्मकै उच्च हो । मोरङमा ९२, सुनसरीमा ६३, झापामा ११, खोटाङ र धनकुटामा १–१ र प्रदेश १ बाहिरका ३ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा आज ६५ जनामा संक्रमण […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा