जनकपुरधाम । सुनसरीमा भएको हिंसात्मक घटनाको विरोध तथा मृतकहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्न ‘हिन्दु सम्राट् नेपाल’ ले बिहीवार आह्वान गरेको बन्दका कारण जनकपुरधामको जनजीवन प्रभावित भएको छ । बन्दका कारण यहाँका मुख्य बजार क्षेत्र, पसल तथा व्यापारिक प्रतिष्ठानहरू बिहानैदेखि ठप्प रहेका छन् । हिन्दु सम्राट् नेपालले यसअघि नै जनकपुरधाम उद्योग वाणिज्य संघ र स्थानीय व्यवसायीहरूलाई बजार […]
मोरङ । नेपाल प्रहरीले भरुवा बन्दुक र अवैध लागू औषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । सुन्दरहरैंचा नगरपालिका–१० मुनालझोडा बस्ने ५६ वर्षीय बल बहादुर राईलाई भरुवा बन्दुक १ थान र अवैध लागू औषध गाँजा करिब १ किलो ५ सय ग्राम सहित बुधबार राति प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले […]
विराटनगर । धार्मिक स्थलहरूमा चर्को आवाजमा लाउडस्पीकर, माइक वा साउण्ड बक्स प्रयोग नगर्न जिल्ला प्रशासन कार्यालय मोरङले निर्देशन दिएको छ । विभिन्न धर्मावलम्बीहरूले धार्मिक क्रियाकलाप सञ्चालन गर्दा हुने उच्च ध्वनिका कारण जनस्वास्थ्यमा गम्भीर असर परेको जनगुनासो आएको उल्लेख गर्दै प्रशासनले यस्तो निर्देशन जारी गरेको हो । यसअघि मोरङ प्रशासनले डिजे प्रयोगमा रोक लगाएको थियो । […]
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्ज घटनाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने जनाएको छ । बिहीबार बसेको प्रतिनिधिसभा बैठकको सुरुमै कांग्रेसका प्रमुख सचेतक वासना थापाले उक्त घटनाको घटनाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने र यसको निष्पक्ष तथा विश्वसनीय छानबिन हुनुपर्ने माग गरेकी हुन् । उनले यस घटनापछि प्रधानमन्त्री र गृहमन्त्री मौन रहेको भन्दै […]
काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य उकालो लाग्दा चाँदीको मूल्य भने सामान्य रूपमा घटेको छ । अन्तर्राष्ट्रिय बजारको प्रभावसँगै स्थानीय बजारमा सुनको मूल्य बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ८४ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यो अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला ८ सय रुपैयाँले बढी […]
झापा । बिर्तामोड नगरपालिका–५ भद्रपुर रोडमा आज बिहान भएको आगलागीमा तीन वटा घर पूर्ण रूपमा नष्ट भएका छन् भने अन्य तीन वटा घरमा आंशिक क्षति भएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रञ्जन अवाका अनुसार गणेश पोख्रेलको काठको दुईतले घरबाट विद्युत् ‘सर्ट’ हुँदा सल्किएको आगो तारा अर्यालको टिनको छानो भएको एकतले घर र सुन्दर […]
काठमाडौं । राष्ट्रिय सुरक्षा परिषद्को बैठक आज बस्दैछ । प्रधानमन्त्री बालेन्द्र साहको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान ११ः३० बजे बैठक बस्न लागेको हो । बैठकमा पछिल्लो समयमा उत्पन्न परिस्थिति र समसामयिक विषयमा छलफल हुनेछ । राष्ट्रिय सुरक्षा परिषद्मा प्रधानमन्त्री, रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, नेपाल सरकारका मुख्य सचिव, प्रधान सेनापति र रक्षा सचिव रहने व्यवस्था […]
काठमाडौं । अमेरिकाले इरानमाथि फेरि हवाई आक्रमण गरेको छ । अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम)ले इरानी लक्ष्यहरूमाथि जवाफी हवाई आक्रमण सुरु गरेको जनाएको हो । अमेरिकी सेनाका अनुसार, जोर्डनस्थित आफ्ना सैन्य अखडा र हर्मुज जलसन्धिमा रहेका जहाजहरूमाथि भएका आक्रमणको जवाफमा यो कदम चालिएको हो । यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सेनामाथि आक्रमण भएमा अमेरिकाले पूर्ण […]
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले विद्युत् महसुल संरचनालाई समयानुकूल बनाउन पुनरावलोकन प्रक्रिया अघि बढाएको छ । विद्युत्को अधिकतम उपयोग, आन्तरिक विद्युत् खपत विस्तार तथा उपभोक्तामैत्री महसुल प्रणाली विकास गर्ने उद्देश्यसहित प्राधिकरण सञ्चालक समितिले समिति गठन गर्ने निर्णय गरेको हो । प्राधिकरण सञ्चालक समितिको बुधवारको बैठकले हालको महसुल संरचनाको समग्र समीक्षा गरी नयाँ प्रस्ताव तयार गर्न […]
सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले पाथीभारा माता भनिने समीर थापालाई वीरेन्द्रनगर नगरपालिका–३ सुर्खेत एरिचोकबाट पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दीपक मगराठीको नेतृत्वमा गएको टोलीले थापालाई उनकै घरबाट पक्राउ गरेको जिप्रका सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक ठाकुरप्रसाद पोखरेलले जानकारी दिए । थापाले धर्मका नाममा झारफुक तथा हेराई मनाई गर्छु भन्दै एक महिलालाई […]