सीडीओको नेतृत्व संरचनामा परिवर्तन, लागूऔषध नियन्त्रण विभाग स्थापना

विराटनगर । सरकारले गृह मन्त्रालयको संगठन तथा व्यवस्थापन पुनर्संरचना गरेको छ । नयाँ संरचनामा प्रमुख जिल्ला अधिकारी (सीडीओ) को नेतृत्व संरचनामा पनि परिवर्तन गरिएको छ । यसअघि सहसचिव प्रमुख जिल्ला अधिकारी रहने ९ जिल्लामा अब उपसचिव प्रमुख जिल्ला अधिकारी रहने व्यवस्था कायम गरिएको छ । यससँगै ती जिल्लाका ९ सहसचिव दरबन्दी कटौती भएका छन् । […]

जनकपुरधाम क्षेत्रमा अनिश्चित कालीन कर्फ्यु आदेश जारी

जनकपुरधाम । सम्भावित सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुरधाम क्षेत्रका केही स्थानमा अनिश्चित कालीन कर्फ्यु आदेश जारी गरेको छ। जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला सुरक्षा समितिको बैठकले शान्ति–सुरक्षा कायम राख्न तथा सम्भावित अप्रिय घटना रोक्न कर्फ्यु लगाउने निर्णय गरेको हो। प्रशासनका अनुसार बिहीबार दिउँसो ३:३० बजेदेखि आदेश कार्यान्वयनमा आएको छ। प्रशासनले पछिल्लो […]

सिरहामा पनि कर्फ्यू

सिरहा । सिरहामा पनि कर्फ्यू आदेश जारी गरिएको छ । सुनसरीको कप्तानगन्ज घटनालाई लिएर प्रदर्शन हुन थालेपछि कर्फ्यू जारी गरिएको हो । जिल्ला प्रशासन कार्यालय, सिरहाले बिहीबार दिउँसो २ बजदेखि अर्को आदेश नभएसम्मका लागि क्षेत्र तोकेर कर्फ्यू जारी गरिएको सूचनामा उल्लेख छ । सिरहाको पूर्व–पश्चिम राजमार्गको पूर्वतर्फ गोलबजार नगरपालिका–३ को कसहा खोलादेखि पश्चिमतर्फ गोलबजार नगरपालिकाको […]

जापानमा भूकम्प, २८ जनाको मृत्यु, उद्धार प्रयास जारी

जापान । जापानका आपत्कालीन उद्धारकर्मीहरूले भूकम्पले भत्किएको सपिंग मलबाट जीवित मानिसहरूलाई बचाउने प्रयास गरिरहेको जनाइएको छ भने भूकम्पबाट मृत्यु हुनेहरूको सङ्ख्या २८ जना पुगेको पुष्टि भएको छ । गत मंगलबार गएको भूकम्प पछि ग्यास विस्फोट भएको एओन सपिङ मलको भग्नावशेषबाट चार जनाको शव निकालिएको कुमामोटो अधिकारीहरूले बताए पछि सरकारले नयाँ तथ्यांक जारी गरेको हो । […]

देवानगञ्ज घटनामा घाइते भएका थप १ जनाको मृत्यु

विराटनगर । सुनसरीको देवानगन्ज घटनामा घाईते भएका थप १ जनाको मृत्यु भएको छ । घाइतेमध्ये देवानगन्ज–३ का २२ वर्षीय जयप्रकाश मेहताको बिहीबार दिउँसो मृत्यु भएको मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिएका छन् । उनी विराटनगरको न्युरो अस्पतालमा उपचाररत थिए । उनलाई दिउँसो १ः२४ बजेतिर चिकित्सकले मृत घोषणा गरेका हुन् । जयप्रकाशको पेटमा […]

सुनसरी घटनाको विरोधमा जनकपुरधाम बन्द, जनजीवन प्रभावित

जनकपुरधाम । सुनसरीमा भएको हिंसात्मक घटनाको विरोध तथा मृतकहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्न ‘हिन्दु सम्राट् नेपाल’ ले बिहीवार आह्वान गरेको बन्दका कारण जनकपुरधामको जनजीवन प्रभावित भएको छ । बन्दका कारण यहाँका मुख्य बजार क्षेत्र, पसल तथा व्यापारिक प्रतिष्ठानहरू बिहानैदेखि ठप्प रहेका छन् । हिन्दु सम्राट् नेपालले यसअघि नै जनकपुरधाम उद्योग वाणिज्य संघ र स्थानीय व्यवसायीहरूलाई बजार […]

भरुवा बन्दुक र अवैध लागू औषध गाँजासहित पक्राउ

मोरङ । नेपाल प्रहरीले भरुवा बन्दुक र अवैध लागू औषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । सुन्दरहरैंचा नगरपालिका–१० मुनालझोडा बस्ने ५६ वर्षीय बल बहादुर राईलाई भरुवा बन्दुक १ थान र अवैध लागू औषध गाँजा करिब १ किलो ५ सय ग्राम सहित बुधबार राति प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले […]

धार्मिक स्थलहरूमा चर्को आवाजमा लाउडस्पीकर, माइक वा साउण्ड बक्स प्रयोग नगर्न निर्देशन

विराटनगर । धार्मिक स्थलहरूमा चर्को आवाजमा लाउडस्पीकर, माइक वा साउण्ड बक्स प्रयोग नगर्न जिल्ला प्रशासन कार्यालय मोरङले निर्देशन दिएको छ । विभिन्न धर्मावलम्बीहरूले धार्मिक क्रियाकलाप सञ्चालन गर्दा हुने उच्च ध्वनिका कारण जनस्वास्थ्यमा गम्भीर असर परेको जनगुनासो आएको उल्लेख गर्दै प्रशासनले यस्तो निर्देशन जारी गरेको हो । यसअघि मोरङ प्रशासनले डिजे प्रयोगमा रोक लगाएको थियो । […]

कप्तानगन्ज घटनाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्छ : कांग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्ज घटनाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने जनाएको छ । बिहीबार बसेको प्रतिनिधिसभा बैठकको सुरुमै कांग्रेसका प्रमुख सचेतक वासना थापाले उक्त घटनाको घटनाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने र यसको निष्पक्ष तथा विश्वसनीय छानबिन हुनुपर्ने माग गरेकी हुन् । उनले यस घटनापछि प्रधानमन्त्री र गृहमन्त्री मौन रहेको भन्दै […]

सुनको मुल्य घटेको हो ?

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य उकालो लाग्दा चाँदीको मूल्य भने सामान्य रूपमा घटेको छ । अन्तर्राष्ट्रिय बजारको प्रभावसँगै स्थानीय बजारमा सुनको मूल्य बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ८४ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यो अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला ८ सय रुपैयाँले बढी […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं