नेकपाभित्रको विवाद समाधान गर्न ६ सदस्यीय कार्यदल गठन

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टी विवाद समाधानका लागि ६ सदस्यीय कार्यदल गठन गरेको छ। महासचिव विष्णु पौडेलको संयोजकत्वमा कार्यदल गठन भएको हो। जसको सदस्यमा भीम रावल, शंकर पोखरेल, जनार्दन शर्मा, पम्फा भुसाल र सुरेन्द्र पाण्डे रहेका छन्। सदस्य पम्पा भुसालले पार्टीका दुईजना अध्यक्षकै पहलमा कार्यदल गठन भएको बताइन्। कार्यदलले विवाद समाधानका लागि महत्वपूर्ण भूमिका […]

वैज्ञानिकहरूको दावी : माउथवाशले कोरोना जोखिम कम गर्छ

काठमाडौँ । विश्वभर कोरोनाभाइरसले कहाली लाग्दो अवस्था निम्त्याएको छ। चीनको वुहान शहरबाट फैलिन शुरु भएको यस भाइरसले सारा संसारलाई थिलथिलो बनाएको छ। विश्वका धनाड्य देशहरुले पनि यस भाइरसको अगाडि घुँडा टेकिसकेको अवस्था छ । विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसले हालसम्म विश्वका २ सय १३ देशहरुलाई प्रत्यक्ष प्रभावित गरिसकेको छ। जोन हप्किन्स विश्वविद्यालयकाअनुसार शुक्रबार बिहानसम्म विश्वभर २ […]

फलफूल र तरकारीबाट कोरोना सर्दैन, पैसामा ४ दिनसम्म रहन सक्छ

कोरोना भाइरस संक्रमणबाट जोगिन मास्क, सेनिटाइजर र भौतिक दूरी सबैभन्दा महत्वपूर्ण कुरा हुन्। मास्क लगाउँदा कसरी लगाउने भनेर हामी होसियार हुनुपर्छ। कसैले हातमा मास्क लगाउने, चिउँडोमा लगाउने अथवा कानमा लगाउने गर्छन्, यो एकदमै गलत हो। मास्क लगाएको छ तर भीडभाडमा धेरैबेर बसेको छ भने त्यस्तो अवस्थामा मास्कले मात्रै संक्रमण रोकिँदैन। मास्क लगाएको भए पनि धेरै […]

सिन्धुपाल्चाेक पहिराे अपडेटः ३६ जना बेपत्ता (फोटो फिचरसहित)

काठमाडौँ । सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका-२ स्थित लिदीगाउँमा शुक्रबार बिहान गएको पहिरोमा ३६ जना पुरिएर बेपत्ता भएका छन् । सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेका अनुसार पहिरोमा परेर पुरिएका कसैको पनि शव अहिलेसम्म निकालिएको छैन। यस्तै पहिरोमा परेर गम्भीर घाइते भएका पाँच जनालाई उपचारका लागि चौतारा लगिएको छ । यसैबीच राससका अनुसार सिन्धुपाल्चोक जिल्ला, जुगल गाउँपालिका […]

ओली–प्रचण्डको निर्णायक वार्ता वालुवाटारमा जारी

काठमाडौं । पार्टीभित्रको आन्तरिक किचलो समाधान गर्न नेकपाका अध्यक्षद्धय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता सुरु भएको छ । जारी विवाद टुंगो लगाउने गरी दुई अध्यक्षकोबीचमा भेटवार्ता सुरु भएको हो । लागि अध्यक्ष प्रचण्ड सवा ११ बजे प्रधानमन्त्री निवास बालुवाटार पुग्नुभएको थियो । द्विपक्षीय वार्तामा सहमतिका विविध विकल्पबारे छलफल हुने बताइएको छ । वार्तामा […]

कालिकोटमा बाढी र पहिरो, ६ जनाको मृत्यु, २ घाईते

कालिकोट । कालिकोटको महाँवै गाउँपालिका ३ नकुमा पहिरो जाँदा दुई परिवारका ६ जनाको मृत्यू भएको छ । महाँवै गाँउपालिका ३ का वडा सदस्य रजबहादुर बिष्टको घर पहिरोमा पुरिएर रजबहादुर बिष्टका दुई छोरा दुई छोरी र दाजु डिलबहादुर बिष्टका दुई छोरीको घटना स्थलमै मृत्यू भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी यक्षराज जोसीले बताए । उनका अनुसार […]

सिन्धुपाल्चोकमा पहिरो, १३ घर पुरिए, ५ घरका परिवार सम्पर्क विहिन

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जुगल गाउँपालिका-२ लिदीमा पहिरो जाँदा १३ घर पुरिएको छ। शुक्रबार बिहान साढे ६ बजे पहिरोले १३ घर पुरिएको हो। ‘१३ घर केही नदेखिने गरी पुरिएको छ’ जुगल गाउँपालिकाका योजना अधिकृत रामबाबु नेपालले भने, ‘५ घरका परिवार सम्पर्कमा छैनन्।’ नेपालका अनुसार सामान्य घाइते भएर निस्कन सक्नेहरु १५ जना निस्किएर लप्सेचौर भन्‍ने स्थानमा गएर […]

होसियार ! कुखुराको मासुमा भेटियो कोरोना भाइरस

बेइजिङ । कुखुराको मासुमा कोरोना भाइरस भेटिएको छ। ब्राजिलबाट चीनको शेन्जेन आयात गरिएको फ्रोजन गरिएको कुखुराको पखेटामा कोरोना भाइरस भेटिएको अधिकारीहरूले बताएका छन्। आयातित खाद्यवस्तुको स्क्रिनिङका क्रममा बुधबार कुखुराको पखेटाको पनि नमुना लिइएको थियो। सीएनएनका अनुसार शेन्जेन प्रान्तको लंगाङ जिल्लामा लिइएको सो नमुनामा कोरोना भाइरस भेटिएको हो। बिहीबार एक भनाइ जारी गर्दै नगरपालिकाले यसबारे जानकारी […]

‘बजाएर बाजा लिन आयो राजा’ गाउँने निशानले किन गर्नुपर्यो कानुनी विवाह ?

काठमाडौं : अहिले नेपाली गीतसंगीत आकाशमा गायक निशान भट्टराईले तहल्का नै मच्चाइरहेका छन्। उनी जुन गीतमा स्वर भर्छन्, त्यसले युट्युबको पारो कतिखेर चढाउँछ पत्तै हुँदैन। उनको संगीतप्रतिको लगाव, गायनको फरक शैली अनि शब्द चयनको गाम्भीर्यले उनलाई छोटो समयमै निशानामा पुर्‍यायो भन्दा दुई मत नहोला। खिरिलो शरीर, लोभलाग्दो मायालु अनुहार अनि शब्दलाई न्याय गर्न सक्ने निखारिएको […]

कोशी अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु

विराटनगर । मोरङको कोशी अस्पतालमा उपचाररत एक संक्रमितको मृत्यु भएको छ । अस्पतालको आइसोलेसनमा उपचाररत सिरहाको विष्णपुर गाउँपालिका–१ का ४० वर्षीय पुरुषको मृत्यु भएको हो । टाइफाइड, ज्वरो, खोकी र श्वास–प्रश्वाससम्बन्धी समस्या भएर सिरहाबाट आएका उनलाई बुधबार राति २ बजे अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो । उपचारकै क्रममा मृत्यु भएको अस्पतालका प्रवक्ता डा. लक्ष्मीनारायण यादवले […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा