आइएमई ग्रुपको लगानीमा बागलुङमा खुल्यो इला कम्फोर्ट होटल

बागलुङ । आइएमई ग्रुपको लगानीमा बागलुङ बजारमा इला कम्फोर्ट लक्जरी होटल सञ्चालनमा आएको छ । बागलुङमै सञ्चालनमा आएको इला कम्फोर्ट होटलमा काली गण्डकी कोरिडोर तथा मध्य पहाडी लोक मार्ग हुँदै गण्डकी क्षेत्र तथा बागलुङका पर्यटकीय स्थल भ्रमण गर्ने पर्यटक तथा अन्य पाहुनाहरूका लागि गुणस्तरीय सेवा सुविधा उपलब्ध हुनेछ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री […]

एमाले अभिव्यक्ति र प्रेस स्वतन्त्रताको पक्षमा छ : योगेश भट्टराई

हेटौंडा । नेकपा (एमाले)का सचिव योगेश भट्टराईले एमाले अभिव्यक्ति र प्रेस स्वतन्त्रताको पक्षमा रहेको बताएका छन् । प्रेस चौतारी नेपाल मकवानपुरको जिल्ला अधिवेशन उद्घाटन कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै भट्टराईले एमालेले यी कुरामा कुनै पनि दखल अन्दाजी नगर्ने स्पष्ट पारे । सामाजिक सञ्जाल र सञ्चारमाध्यम मर्यादित र व्यवस्थित भने हुनुपर्नेमा उनले जोड दिए । सरकाले अहिले […]

माबोद्वारा टिप्ताला भञ्ज्याङसम्म मोटरसाइकल यात्रा

ताप्लेजुङ । समुद्री सतहबाट पाँच हजार १०० मिटर उचाइमा रहेको ताप्लेजुङको टिप्ताला भञ्ज्याङसम्म मोटरसाइकल यात्रा गरिएको छ । गत बुधबार चन्द्र माबोले पहिलोपटक टिप्ताला भञ्ज्याङसम्म मोटरसाइकल यात्रा गरेका हुन् । राष्ट्रिय गौरवको आयोजना तमोर करिडोरले नेपाललाई भारत र चीनसँग जोडेको छ । भारतको जोगबनीबाट सुरु हुने यो करिडोर चीनको तिब्बतसँग जोडिन्छ । हालै चीनको सिमावर्ती […]

क्यानाडा र मेक्सिकोबाट आयात हुने वस्तुमाथि अमेरिकाकाे कर २५ प्रतिशत

काठमाडौं । क्यानाडा र मेक्सिकोबाट आयात हुने वस्तुहरुमा अमेरिकाले २५ प्रतिशत कर लगाएको छ । चीनबाट आयात हुने सामानहरुमा भने अमेरिकाले १० प्रतिशत भन्सार शूल्क लगाउने भएको छ । अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले क्यानाडा र मेक्सिकोबाट आयात हुने वस्तुमा २५ र चीनबाट आयात हुने सामानमा १० प्रतिशत कर लगाउन आदेश दिनुभएको हो । क्यानडाका अन्य […]

झापामा कुटपिटबाट एक जनाको मृत्यु

झापा — कमल गाउँपालिका–७ का ४५ वर्षीय देवलाल चौधरीको कुटपिटबाट मृत्यु भएको छ । दमकस्थित इलाका प्रहरी कार्यालयका अनुसार सामान्य विवादका क्रममा दुई दिनअघि सोही स्थानका ३७ वर्षीय पुण्यप्रसाद बाँस्तोलाले चौधरीलाई लाठी प्रहार गरी कुटपिट गरेका थिए । कुटपिटबाट घाइते चौधरीको दमकको लाइफ लाइन अस्पतालमा शनिबार उपचारका क्रममा मृत्यु भएको हो । कुटपिटमा संलग्न बाँस्तोलालाई […]

साउदीको सडक दुर्घटनामा ज्यान गुमाउने ३ नेपाली को को हुन् ?

काठमाडौं । साउदी अरबमा सडक दुर्घटनामा परी तीन नेपालीसहित १५ जनाको मृत्यु भएको छ । साउदीको पश्चिम क्षेत्र जिजानको आराम्को रिफाइनरी रोडनजिकै गत सोमबार श्रमिक सवार भ्यान र ट्रेलर आपसमा ठोक्किँदा उनीहरूको ज्यान गएको हो । जेद्दास्थित नेपाली महावाणिज्य दूतको कार्यालयका अनुसार दुर्घटनामा पाल्पाका कृष्ण खत्री, उदयपुरका रूपक कार्की र कपिलवस्तुका मानबहादुर रानाको मृत्यु भएको छ । भारतका […]

पश्चिमी वायुको सामान्य प्रभाव, कस्तो रहला आजको मौसम ?

काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी प्रदेश लगायत गण्डकी,कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउसो कोशी प्रदेशमा आंशिक बदली रहने सम्भावना रहेको छ । अन्य प्रदेशको मौसम मुख्यतया सामान्य रहनेछ । […]

जलवायुको असर र अतिक्रमणको मारमा सिमसार

काठमाडौं । विश्वमा प्रत्येक वर्ष फेब्रुअरी २ तारिखमा मनाइने विश्व सिमसार दिवस यस वर्ष ‘हाम्रो साझा भविष्यका लागि सीमसार क्षेत्रको संरक्षण’ नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । यस वर्षको नाराले सिमसार क्षेत्र र मानव जीवनबीच भविष्यको अन्तरसम्बन्धमा जोड दिएको छ । सिमसार भन्नाले पानीको मुहानलगायत दलदल एवं पानी जमेको क्षेत्रलाई जनाउँछ […]

सोलुखुम्बुमा आगलागी र हावाहुरीले २९ संरचनामा क्षति

सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा पछिल्ला केही दिनयता आगलागी तथा हावाहुरीले भौतिक संरचनामा क्षति पुर्याएको छ । पछिल्लो २५ दिनमा आगलागीबाट १२ र हावाहुरीले १७ गरी २९ स्थानको भौतिक संरचनामा क्षति पुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गत पुस २३ गतेदेखि माघ १९ गतेसम्म विभिन्न स्थानमा आगलागी तथा हावाहुरीका घटनाहरू भएको जिल्ला प्रहरी प्रमुख […]

कुम्भ मेलाबाट फर्किँदै गरेको गाडी दुर्घटना, ५ नेपालीको मृत्यु

जनकपुर । भारतको कुम्भ मेलामा सहभागी भएर फर्किँदै गरेको गाडी दुर्घटना हुँदा ५ नेपालीको मृत्यु भएको छ । बिहारको सहर मुज्फरपुरमा शनिबार साँझ नेपाली तीर्थयात्री बोकेको भारतीय गाडी दुर्घटनामा परेको धनुषा प्रहरीका डीएसपी वरुणबहादुर सिंहले जानकरी दिए । उनका अनुसार मृतक धनुषा र महोत्तरी जिल्लाका छन् । मृतकहरुमा मन्तार्नी देवी (४५), अर्चना ठाकुर (३०), बालाकृष्ण […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा