प्रतिनिधि सभाको बैठक बस्दै, नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको प्रधानमन्त्रीले जवाफ दिँदै

काठमाडौं । संघीय संसद् अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ । आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल सुरु हुनेछ । बैठकमा प्रधानमन्त्री वालेन्द्र शाह(बालेन)ले नीति तथा कार्यक्रममाथिको छलफल सुरु गर्न प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि सांसदहरूबाट प्राप्त संशोधनहरू प्रस्तुत हुने […]

एसइई : एक महिनामै नतिजा, परिणाम पनि सुधारोन्मुख

काठमाडौं । “यत्ति छिटो नतिजा आउला र ?, हतारमा काम गर्दा कतै प्रणालीमै समस्या आउने त होइन ?” भन्ने प्रश्नका बीच माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा एक महिनामै सार्वजनिक भएको छ । यसपटक परीक्षा सम्पन्न भएको एक महिनामै नतिजामात्र सार्वजनिक भएन, नतिजा विगतका तुलनामा सुधार पनि भएको छ । राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत परीक्षा नियन्त्रण कार्यालय […]

प्रधानमन्त्रीकाे स्वास्थ्य परीक्षण गरेर जानकारी गराइयोस् : कांग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले छिटोभन्दा छिटो प्रधानमन्त्री बालेन शाहको स्वास्थ्य परीक्षण गरेर संसद्लाई जानकारी गराउन माग गरेको छ । पार्टीको तर्फबाट मंगलबार प्रतिनिधि सभा बैठकमा धारणा राख्दै संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले यस्तो माग गरेका हुन् । हिजो (सोमबार) प्रतिनिधि सभा र राष्ट्रियसभाको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारकै नीति तथा कार्यक्रम […]

बालेन शाहको उदय क्रान्तिको जित हाे : प्रचण्ड

काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रचण्डले क्रान्तिका उपलब्धिमाथि गर्व गर्ने समाजमा नै केही पात्रहरू अझै क्रान्तिको अपराधीकरणमा लागेको आरोप लगाएका छन् । मंगलबारको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले वर्तमान प्रधानमन्त्रीसहितलाई काठमाडौंको मेयर निर्वाचन हुँदा आफूले गणतन्त्रको फूल भनेको बताए । ‘मैले तपाईंहरूलाई गणतन्त्रका फूल भनेको थिएँ। शान्तिप्रक्रियाको पूर्णता अब मेरोभन्दा पनि तपाईंहरूको जिम्मेवारी […]

कोशी कोरिडोरअन्तर्गतको १०.८१ किलोमिटर सडक खण्ड नेपाली सेनाद्वारा हस्तान्तरण

काठमाडौं । नेपाली सेनाले राष्ट्रिय गौरवको आयोजना कोशी कोरिडोरअन्तर्गत संखुवासभाको खाँदवारी-किमाथांका सडक खण्डमा पर्ने कठिन चट्टानी भागको निर्माण कार्य सम्पन्न गरी नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । नेपाल सरकार मन्त्रिपरिषद्को २०७६ भदौ २२ गतेको निर्णय अनुसार संखुवासभाको भोटखोला गाउँपालिकाअन्तर्गत च्याम्ताङ्गदेखि घोङ्घप्पासम्मको कडा चट्टानी क्षेत्र निर्माण गर्ने जिम्मेवारी नेपाली सेनालाई दिइएको थियो । भौगोलिक विकटता तथा […]

एसईई पूरक (ग्रेडवृद्धि) परीक्षा असार १ देखि सञ्चालन हुने

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)का विद्यार्थीका लागि पूरक (ग्रेडवृद्धि) परीक्षा आगामी असार पहिलो सातादेखि सञ्चालन हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले सोमबार साँझ सार्वजनिक गरेको नतिजासँगै पूरक परीक्षाको कार्यतालिका पनि सार्वजनिक गर्दै परीक्षा असार १ गते सोमबारदेखि सुरु हुने जनाएको छ। बोर्डका अनुसार उक्त परीक्षा असार ९ गतेसम्म सञ्चालन हुनेछ। बोर्डले तोकेको व्यवस्था अनुसार […]

३ प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही क्षेत्रमा मध्यम वर्षा

काठमाडौं । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले कोशी, गण्डकी र कर्णाली प्रदेशका विभिन्न भू-भागमा रातिको समयमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना रहेको जनाएको छ। महाशाखाका अनुसार सोमबार राति यी तीन प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा मध्यम वर्षा हुने र अन्य भू-भागका एक-दुई स्थानमा पनि मेघगर्जनसहित वर्षा पर्न सक्ने अनुमान […]

रानी आँखा अस्पतालको शिविर सुनसरीमा, ५०० बढीले लिए निःशुल्क सेवा

विराटनगर । सुनसरीको बाराहक्षेत्र नगरपालिका–९ मा रहेको सरस्वती माध्यमिक विद्यालयमा सञ्चालन भएको निःशुल्क आँखा शिविरमा ५ सय बढी सेवाग्राहीले लाभ लिएका छन् । विराटनगर–१५ मा रहेको रानी आँखा अस्पतालको आयोजना तथा विद्यालयको व्यवस्थापनमा सोमबार सम्पन्न शिविरमा ४४५ विद्यार्थी र ८० जना अभिभावकको आँखा परीक्षण गरिएको अस्पतालकी प्रशासन प्रमुख प्रतीक्षा बास्तोलाले जानकारी दिइन् । उनका अनुसार […]

सरकारप्रति आशङ्का, राजनीतिक नियुक्ति लिएका केही मात्र पदमुक्त

काठमाडौं । मौजुदा सरकार गठन हुनुभन्दा अगाडी राजनीतिक नियुक्ति लिएका विभिन्न सार्वजनिक निकायहरूका पदाधिकारीहरूलाई पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ मार्फत पदमुक्त गरे पनि कतिपय निकायका पदाधिकारी अझै पदमुक्त भएका छैनन् ।  एउटै ऐन वा नियमावलीमार्फत नियुक्त भएका कसैलाई पदमुक्त गर्ने र कसैलाई जोगाउने दोहोरो मापदण्डका कारण सरकारको नियतप्रति आशङ्का सुरु भएको छ ।  विगतमा राजनीतिक […]

पेट्रोलियम पदार्थको प्रयोग घटाऔं‚ विदेशी विनिमय बचत गरौं : प्रधानमन्त्री मोदी

एजेन्सी । मध्यपूर्वमा जारी संकटकाबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पेट्रोल, डिजेल र ग्यासको सकेसम्म कम प्रयोग गर्न जनतालाई अपिल गरेका छन् । यसले विदेशी विनिमयको बचत गर्नुका साथै विश्व युद्धजस्तो अवस्थाको प्रभाव पनि कम हुने उनको भनाइ छ । उनले भारतले पेट्रोल, डिजेल र ग्यासको विकल्पमा सौर्य ऊर्जा, इथानोल, सीएनजी र पाइप्ड ग्यासलाई पनि बढावा […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं