काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ९० पैसा र बिक्रीदर १३८ रुपैयाँ ५० पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १४९ रुपैयाँ ५२ पैसा र बिक्रीदर १५० रुपैयाँ १७ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर […]
भोजपुर । अलैँची किसानका समस्या पहिचानको गर्न विज्ञ समूह भोजपुरका अलैँची बगानमा पुगेको छ । विभिन्न रोग, कीराको सङ्क्रमणका कारण किसानको बगान नष्ट हुन थालेपछि अलैँची महासङ्घसहित विज्ञ समूह बगानमा पुगेको हो । कोशी प्रदेश सरकार र नेपाल अलैँची व्यवसायी महासङ्घको पहलमा किसानको समस्या खोजी भइरहेको महासङ्घका महासचिव नारायणप्रसाद चिमोरियाले बताए । किसानको अलैँची बगानमा […]
कञ्चनपुर । तीव्र रूपमा भइरहेको सहरीकरणले केही वर्षदेखि भँगेराको सङ्ख्या घट्दै गएको पाइएको छ । पुराना घरका ठाउँमा पक्की घर बन्न थालेपछि भँगेराको बासस्थान मासिंदै जान थालेको हो । ‘घरका आँगनमा खेल्दै रमाउँदै गरेका भँगेरा देखिने गरेका थिए । अहिले ती सबै विगत भइसके’, शुक्लाफाँटा नगरपालिका–३ का पहरू दहितले भने, ‘अब न भँगेराको चिरबिर आवाज […]
काठमाडौं । आजदेखि तीन दिनसम्म बादल लाग्ने र हल्का खालको पानी पर्ने सम्भावना रहेको मौसमविदले बताएका छन् । अरेवियन सागर हुँदै आएको पश्चिमी वायु र स्थानीय वायुको प्रभावले बादल लाग्ने, हल्का पानी पर्ने र उच्च पहाडी भूभागमा हल्का हिमपात हुने समेत सम्भावना छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद प्रतिभा मानन्धरका […]
ताप्लेजुङ । प्रहरीकाे नियन्त्रणमा रहेका ‘नो केवलकार समुह’का १८ जनालाई जनही २० हजार धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार उनीहरू गत फागुन १० गते देखि प्रहरी नियन्त्रणमा रहेका थिए । अदालतले २०८१ साल चैत ७ गतको थुनछेक बहसपछि १८ जनालाई […]
बिर्तामोड । विदेशमा बसेर सामाजिक सञ्जाल मार्फत चरित्र हत्या गर्दै गालीगलौच गर्ने हल्दिवारी – १ का २३ वर्षीय नवराज ओली ‘नितेश’ लाई प्रहरीले पक्राउ गरेको छ । विदेशबाट नेपाल आई काठामाडौंमा लुकिछिपी बसेका ओलीलाई सोह्रखुट्टेबाट प्रहरीले पक्राउ गरी झापा ल्याएको हो । सामाजिक सञ्जालको दुरुपयोग गर्दै गालीगलौच गर्ने, चरित्र हत्या गर्ने, विभिन्न सामाजिक एवम् राजनीतिक […]
काठमाडौं । नेकपा एमालेका सचिव तथा प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले ताप्लेजुङमा करदाता सेवा कार्यालय स्थापना गर्न माग राख्दै सरकारकाे ध्यानाकर्षण गरेका छन् । भट्टराईले बिहीबार उपप्रधानमन्त्री तथा अर्थ मन्त्री विष्णु पौडेललाई भेटी सम्बन्धित निकायलाई ताप्लेजुङमा कार्यालय स्थापनाका लागि निर्देशन दिन माग गरे । ताप्लेजुङमा ठूला करदाता बढ्दै गए पनि कर तिर्न पाँचथर सदरमुकाम फिदिम जानुपर्ने […]
काठमाडाैं । सगरमाथा आरोहणका लागि चुचुरोसम्म बाटो बनाउन तथा ‘रोप फिक्सिङ’ (डोरी टाँग्न) का लागि दक्ष पर्वतारोही खटिएका छन् । पर्वतारोहण सञ्चालक सङ्घ नेपालले आठ सदस्यीय आरोही टोलीलाई सगरमाथा आरोहणको बाटो खुलाउन खटाएको हो । अनुभवी ‘गाइड’ अशोक लामा नेतृत्वको टोलीले यो ‘सिजन’ को आरोहणका लागि सगरमाथा, ल्होत्से र आमादब्लम हिमालमा बाटो बनाउनेछ । सङ्घले […]
काभ्रेपलाञ्चोक । गत असोज दोस्रो साताको बाढीपहिरोबाट क्षतिग्रस्त बिपी राजमार्गको विभिन्न खण्ड स्थायी रूपमा पुनर्निर्माण गरिने भएको छ । दुई सडकखण्ड पुनर्निर्माणका लागि डिभिजन सडक कार्यालय भक्तपुर र सिन्धुलीले ठेक्का आह्वान गरिसेकका छन् । बाढीपहिरोबाट क्षतिग्रस्त भएको पाँच महिनापछि राजमार्ग पुनर्निर्माणका लागि ठेक्का आह्वान गरिएको हो । गत असोजमा रोशी खोलामा आएको बाढीले रोशीदेखि नेपालथोकसम्मको […]
काठमाडौं । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायूको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ । कोशी, गण्डकी र […]