ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिका-२ तेम्बेस्थित मैवाखोला माध्यमिक विद्यालयको आठ कोठे विद्यालय भवन निर्माण भएको छ । मैवाखोला गाउँपालिकाका इन्जिनियर उमेश भट्टराईका अनुसार गाउँपालिकाको रु एक करोड ८४ लाख २९ हजार ९६८ को लागतमा भवन निर्माण भएको हो । नवनिर्मित भवनको गाउँपालिकाका अध्यक्ष विजय प्रकाश वनेम र उपाध्यक्ष कमल कुमारी लिम्बूले मंगलबार संयुक्त रूपमा उद्घाटन […]
काठमाडौं । सरकारले संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रम माथि उठेका प्रश्नमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जवाफ दिने भएका छन् । यसअघि प्रधानमन्त्री बालेन शाहले जवाफ दिने सम्भावित कार्यसूची संसद सचिवालयले जारी गरेको थियो । तर, प्रधानमन्त्री शाहले जवाफ नदिने भएपछि अर्थमन्त्री वाग्लेले दिने भएका हुन् । प्रतिनिधि सभाको बैठक विहान ११ बजेका लागि बोलाइएको […]
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले आह्वान गरेको मन्त्रिपरिषद् बैठक सुरु भएको छ। बैठक अहिले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी छ। बैठकमा सरकारका नियमित कार्यसूची, समसामयिक राजनीतिक तथा प्रशासनिक विषय, विभिन्न मन्त्रालयबाट पेश भएका प्रस्ताव तथा निर्णय कार्यान्वयनको अवस्थामाथि छलफल हुने बताइएको छ । बैठकबाट केही नीतिगत तथा प्रशासनिक निर्णयसमेत हुन सक्ने अनुमान गरिएको […]
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज सुन तोलामा सात सय रुपैयाँले घटेर तीन लाख दुई हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार सुन तोलामा तीन लाख दुई हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । […]
तेह्रथुम । लालीगुराँस नगरपालिकाले बाँदरबाट कृषिमा भइरहेको क्षति न्यूनीकरण गर्न ‘बाँदर लखेटी’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । नगरपालिकाले सूचना जारी गर्दै जेष्ठ १ र २ गते बाँदर धपाएर नगरपालिकाको सीमाना कटाउने अभियान सञ्चालन गर्न लागिएको जनाएको छ । कार्यक्रमअन्तर्गत वडा नं. ८ को मेघा पुच्छार, वडा नं. ६ र ८ को संगमस्थल नागेश्वरी तथा […]
काठमाडौं । नेपाली काँग्रेसको संस्थापन इतर समूहले आज काठमाडौँमा भेला गर्दैछ । निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का नेतृत्वको समूह बागमती प्रदेशस्तरीय भेला गर्न लागेको हो । २३ वैशाखमा सम्पन्न समूहको बैठकले बागमती प्रदेशस्तरीय भेला बोलाउने निर्णय गरेको थियो । भेला बबरमहलस्थित कार्की ब्यांक्वेटमा दिउँसो १ बजेबाट सुरु हुने बताइएको छ । यसअघि यो समूहले विराटनगरमा […]
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशन चितवनमा हुने भएको छ । रास्वपाले असार ७, ८ र ९ गते चितवनमा महाधिवेशन गर्ने भएको हो । रास्वपा नेता गणेश पराजुलीले सामाजिक सञ्जालमा लेख्दै प्रथम ऐतिहासिक राष्ट्रिय महाधिवेशन चितवनमा हुने जानकारी दिएका छन् । आगामी महाधिवेशन र विविध एजेण्डामा छलफल गर्न पार्टी कार्यालय वनस्थलीमा […]
वासिङ्टन । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले इरानसँगको युद्धको लागत करिब २९ अर्ब अमेरिकी डलर पुगेको मंगलबार बताएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले द्वन्द्व र सैन्य तयारीमा यसको प्रभावको बारेमा बढ्दो छानबिनको सामना गर्नुपरेको समय यो तथ्यांक सार्वजनिक भएको हो । क्यापिटल हिलमा बजेट सुनुवाइको क्रममा रक्षा विभागले सार्वजनिक गरेको नयाँ तथ्यांक दुई हप्ताअघि रक्षा […]
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्ने भएको छ । पार्टी सभापति रवि लामिछानेले आज पार्टी कार्यालय वनस्थलीमा बस्ने गरी बैठक आह्वान गरेका हुन् । बिहान ९ बजे बस्नेगरी बोलाइएको बैठकमा प्रथम राष्ट्रिय महाधिवेशन सम्बन्धमा छलफल हुने प्रवक्ता मनिष झाले जानकारी दिए । रास्वपाले आगामी भदौ वा असोजमा पहिलो महाधिवेशन गर्ने […]
काठमाडौं । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत देशका हिमाली र पहाडी भू-भागमा साधरणतया बादल तथा बाँकी भू-भागमा आंशिक बादल लागिरहेको छ । बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ । महाशाखाका […]