
ताप्लेजुङ । प्रेस चौतारी नेपाल ताप्लेजुङले वसन्त पालुंवा अध्यक्ष रहेको १३ सदस्य समिति सर्वसम्मत चयन गरेको छ । मङ्गलबार छैटौं जिल्ला अधिवेशन सम्पन्न भएको हो । सर्वसम्मत चयन भएका अन्य पदाधिकारीमा क्रमशः उपाध्यक्ष मदन गौतम, उपाध्यक्ष साहारा लङ्वा, सचिव तेञ्जिङ पाङ्कर्मा शेर्पा, सहसचिवद्वयमा किरण विक र सुनिता रसाइली तथा कोषाध्यक्षमा संगिता कार्की रहेका छन् । […]
ताप्लेजुङ । तीर्थयात्रीको सहजताका लागि ताप्लेजुङको पाथीभरामा निर्माण सुरु भएको केबलकारको विरोधमा घोषणा गरेको आमहड्ताल फिर्ता लिएको आन्दोलनरत पक्षको एक समूह मुक्कुमलुङ संघर्ष सहयोग समिति, पाँचथरले जनाएको छ । आज एक विज्ञप्ति जारी गर्दै अर्को सूचना नआएसम्म आम हड्ताल फिर्ता लिएको तर, घोषित यातायात बन्दका कार्यक्रम भने जारी नै रहेको जनाएको हो । विज्ञप्तिमा समितिका […]
काठमाडौं । अहिले सामाजिक सञ्जालमा एउटा भिडियो र केही फोटोहरू भाइरल छन् । भिडियो र फोटोमा हेर्दा मध्यरात देखिन्छ । एम्बुलेन्समा कोही रोइरहेको आवाज सुनिन्छ । अनि, एम्बुलेन्स दौडने सडकमा ढलेका रुख छन् । घटना मंगलबार विहानको राती करिब २ बजेको भएको बताइएको छ । पाथीभरामा केबलकार निर्माण प्रक्रियाको विरोध गरिरहेको ‘नो केबलकार समूह’ले मेची […]
काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । तराईका धेरै स्थानहरूमा हुस्सु र कुहिरो लागेको छ । आज दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी प्रदेशलगायत गण्डकी […]
काठमाडौं । सरकारले गठन गरेको वार्ता समिति र पाथीभरामा केबलकारको विरोधमा रहेको पहिचानपक्ष बिच आज पनि वार्ता हुने भएको छ । सरकारी वार्ता टोलीका संयोजक एवम् नेपाल सरकारका सहसचिव प्रेमप्रसाद भट्टराइले हिजोको पहिलो वार्ता सकारात्मक भएको र आज पुनः वार्तामा बस्ने जानकारी दिए । हिजोको बैठकमा आन्दोलनरत पक्षले आफ्ना मागहरु राखेका थिए । थप छलफल […]
काठमाडौं । सरकारले गठन गरेको वार्ता समिति र पाथीभरामा केबलकारको विरोधमा रहेको पक्षले गठन गरेको वार्ता समितिबीचको वार्ता भोलि फेरि बस्ने गरी स्थगित भएको छ । सरकारी वार्ता टोलीका संयोजक एवम् नेपाल सरकारका सहसचिव प्रेमप्रसाद भट्टराइले पहिलाे वार्ता सकारात्मक भएकाे बताए । आजको बैठकमा आन्दोलनरत पक्षले आफ्ना मागहरु राखेका थिए । थप छलफल गर्न आवश्यक […]
काठमाडौं । ताप्लेजुङको पाथीभरामा निर्माण सुरु गरिएको केबलकारका विषयमा उत्पन्न विवाद समाधानका लागि सरकार र आन्दोलनरत पक्ष बिच वार्ता सुरु भएको छ । गृह मन्त्रालयद्वारा गठित वार्ता टोलीले सोमबार सरोकार राख्ने निकाय तथा आन्दोलनरत पक्षबाट बनाइएको वार्ता टोलीसँग छलफल गरेको छ । काठमाडौं उपत्यकामै आन्दोलनरत पक्षका प्रतिनिधिसँग वार्ता सुरु गरेको र प्रारम्भिक छलफल भइरहेको सरकारी […]
ताप्लेजुङ । ‘नो केबलकार समूह’ ले गृह मन्त्रालयले गठन गरेको वार्ता समितिसँग छलफलका लागि समन्वय समिति बनाउने भएको छ । गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईको नेतृत्वमा वार्ता समिति बनेपछि उक्त समूह वार्ता समितिको खबरको पर्खाइमा रहेको र खबर आएपछि आफूहरू पनि समन्वय समिति बनाएर पठाउने समूहका प्रेम एक्तेङले बताए । सहसचिव स्तरको समितिले निकास दिन […]
काठमाडौं । सरकारले ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा केबलकार निर्माणको क्रममा उत्पन्न विवाद समाधानका लागि सम्बद्ध पक्षहरूसँग वार्ता गर्न सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गरेको छ । गृहमन्त्रीस्तरको निर्णयबाट मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईको संयोजकत्वमा वार्ता टोली गठन गरिएको हो । टोलीमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र सहरी विकास […]
विराटनगर । पाथिभरामा केबलकार निर्माणको विरोधमा पहिचान पक्षधरले आज र भाेलि अरुण पूर्वका ९ जिल्लामा यातायात बन्द आह्वान गरेका छन् । मुकुम्लुङ संरक्षण अन्तरदलीय संघर्ष समितिले आज र भोलि अरुणपूर्वका ९ जिल्लामा यातायात बन्दको आह्वान गरेको हाे । आज बन्दको प्रभाव सामान्य परेको प्रहरीले बताएकाे छ । राजमार्गमा यात्रुबहाक सवारी साधन चलेका छैनन । साना […]