प्रतिनिधि सभाको बैठक १ बजे

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज (मंगलबार) पनि बस्दैछ । सिंहदबारमा दिउँसो १ बजे बस्ने बस्ने बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

आज कोशी र बागमतीसहित ४ प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । देशभर मनसुनीसँगै पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मध्यपूर्व बङ्गालको खाडीमा रहेको न्यून चापीय क्षेत्र थप बलियो हुँदै पश्चिम–उत्तरपश्चिमतर्फ सर्ने सम्भावना रहेको छ। महाशाखाका अनुसार आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका केही स्थानमा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। साथै कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी […]

आजका लागि तोकियो विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ०१ पैसा र बिक्रीदर १५३ रुपैयाँ ६१ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ६६ पैसा र बिक्रीदर १७६ रुपैयाँ ३४ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर […]

जीवन विकास स्वयंसेवक दिवस : १६० स्थानमा सामाजिक काम

विराटनगर । जीवन विकास लघुवित्त वित्तीय संस्थाले १६० स्थानमा सामाजिक कार्य गरी स्वयंसेवक दिवस मनाएको छ । लघुवित्तको मातृ संस्था जीवन विकास समाजको स्थापना दिवसको अवसर पारेर असोज ५ गते साेमबार ‘जीवन विकासको आह्वान देश विकासमा श्रमदान भन्ने मूल नाराका साथ ‘जीवन विकास स्वयंसेवक दिवस’मनाएको हो । कोशी, मधेश र बागमती प्रदेशका ३१ जिल्लामा घरदैलोमा […]

प्रसूति बिदा ६ महिना पुर्‍याउने प्रस्तावसहित विधेयक संसद्मा

काठमाडौं । प्रसूति बिदा ९८ दिनबाट बढाएर ६ महिना पुर्‍याउने प्रस्तावसहितको विधेयक संसद्मा दर्ता भएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक संसद् सचिवालयमा दर्ता गराएकी हुन्। विधेयकमा सरकारी, गैरसरकारी तथा निजी संघ–संस्थामा कार्यरत महिलाले कम्तीमा ६ महिनासम्म तलबसहित प्रसूति बिदा […]

ओलीले पद नछाड्ने, ‘निर्णायक’ आन्दोलन गर्न तयार हुन दिए निर्देशन

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको राजीनामा अहिलेका लागि टरेको एमालेकै नेताहरूले बताएका छन् । सोमबार ललितपुरको च्यासलस्थित एमाले मुख्यालयमा बसेको पार्टी केन्द्रीय कमिटीको बैठकमा ओलीले गरेकाे सम्बाेधनमा बताइएकाे कुराले पनि याे पुष्टि गर्छ । उनले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा समीक्षा र विश्लेषण गरेर मात्र नपुग्ने उल्लेख छ । उनको यसअघि राजीनामाको विषय […]

राष्ट्रिय सेवा दल विधेयक प्रतिनिधिसभाबाट पारित

काठमाडौं । प्रतिनिधिसभाले राष्ट्रिय सेवा दल विधेयक, २०८३ पारित गरेको छ। विधेयकले विद्यार्थीमा देशप्रेम, अनुशासन र स्वयंसेवाको भावना विकास गर्ने तथा आवश्यकताअनुसार अन्य नागरिकलाई समेत तालिम दिन सक्ने व्यवस्था गरेको छ। विधेयकले बहालवाला सैनिक अधिकारीले मात्र तालिम दिनुपर्ने व्यवस्था हटाएको छ। राष्ट्रिय सेवा दलको महानिर्देशकमा अवकाशप्राप्त उपरथी नियुक्त हुने व्यवस्था गरिएको छ।  सरकारले तालिम प्राप्त […]

बस आगलागी घटना : एसएसपीको नेतृत्वमा छानबिन समिति

काठमाडौं । त्रिपुरेश्वरमा बसमा आगलागी भएको घटनाको छानबिन गर्न समिति गठन भएको छ । बसमा आगो लाग्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद भएको थियो । त्यसपछि चालकले नै बसमा आगो लगाएको प्रहरीको आशंका छ । यद्यपी छानबिनपछि मात्रै यसको निकर्ष्ष निस्केन बताइएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीले छानबिन समिति गठन गरेको हो । […]

भोजपुरमा विद्यालयको बिल भुक्तानीमा घुस, तीन कर्मचारीविरुद्ध मुद्दा

विराटनगर ।  भोजपुरमा विद्यालय भवन निर्माणको अन्तिम बिल भुक्तानी गरिदिने क्रममा १ लाख ३५ हजार रुपैयाँ घुस लिएको आरोपमा सघन शहरी तथा भवन निर्माण आयोजना धनकुटाका तत्कालीन तीन कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन इन्जिनियर सुमन राई, लेखा अधिकृत इन्द्रबहादुर कार्की र सब–इन्जिनियर रविन श्रेष्ठविरुद्ध विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर […]

भोटेकोसी–त्रिशूली विपद्बारे संसदीय विशेष समिति गठन

काठमाडौं । भोटेकोसी–त्रिशूली विपद् तथा हिमालमा जलवायु परिवर्तनको प्रभावबारे अध्ययन गर्न प्रतिनिधिसभाले १५ सदस्यीय संसदीय विशेष समिति गठन गरेको छ। सभामुख डोलप्रसाद अर्यालले सोमबारको प्रतिनिधिसभा बैठकमा ‘हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोसी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति’ गठन भएको घोषणा गरेका हुन्। समितिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का आठ जना सदस्य छन्। रास्वपाबाट गणेश […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं