कोसी प्रदेशमा धेरै भारीदेखि अति भारी वर्षा, सतर्क रहन आग्रह

काठमाडौं । कोसी प्रदेशका विभिन्न भूभागमा भारी वर्षा भएकाले केही नदी तथा खोलामा बाढीको सम्भावना रहेको छ । पछिल्लो १२ घण्टामा कोसी प्रदेशका केही स्थानमा धेरै भारीदेखि अति भारी वर्षा भएको छ । पानी पार्ने प्रणाली उत्तरतिर सरिरहेको र थप पानी पर्नसक्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ […]

बुटवलमा नारायणगढ सडक अवरुद्ध

बुटवल । अविरल वर्षासँगैको बाढीले विभिन्न स्थानका डाइभर्सन बगाएपछि बुटवल–नारायणगढ सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। शुक्रबार बिहानको वर्षासँगै आएको बाढीले डाइभर्सन बगाएपछि सडक अवरुद्ध भएको हो। इलाका प्रहरी कार्यालय दुम्कीबासका अनुसार सडक बन्द भएपछि दाउन्ने, दुम्कीबास र अरुणखोलाका विभिन्न स्थानमा सवारी साधनहरु बाटोमै रोकिएका छन्। यसैगरी खोर्सानी खोलामा आएको बाढीले पूर्वबाट पश्चिमतर्फ गइरहेको लु३च […]

‘जलवायु परिवर्तनको असर हिमाल, पहाड हुँदै समुन्द्रसम्म पुग्दैछ’

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले जलवायु परिवर्तनका कारण सगरमाथा लगायतका हिमश्रृंखलाहरुले ठूलो असर व्यहोरिरहेको बताएका छन् । बिहीवार काठमाडौंमा सगरमाथा दिवसका अवसरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले जलवायु परिवर्तनले सगरमाथा लगायतको हिमश्रृंखला अहिले बिस्तारै पग्लिने हो की, सेता हिमालहरु हिउँ विहीन हुने हो की, सेता हिमालहरु काला हुने हुन् […]

जङ्गली हात्तीको आक्रमणमा श्यामबहादुरको मृत्यु

पर्सा । जङ्गली हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ । यहाँको पटेर्वासुगौली गाउँपालिका–१ रामभौरी नजिकै रहेको सितलपुर जङ्गलमा हात्तीको आक्रमणले मकवानपुर मनहरी गाउँपालिका–२ स्थायी घर भएका ६१ वर्षीय श्यामबहादुर भुलनको मृत्यु भएको हो । जिल्ला प्रहरीका सूचना अधिकारी किशोर लम्सालले मृतक भुलनसहित सोही ठाउँका भक्तबहादुर आले र श्रवण भुलन गत जेठ ९ गते कुरीलो […]

धादिङको थाक्रेमा पुलमा भ्वाङ परेपछि पृथ्वी राजमार्ग बन्द

काठमाडौं । पृथ्वी राजमार्गस्थित धादिङको थाक्रे गाउँपालिका वडा नम्बर ७ मा रहेको पुरानो पुलको भाग धस्सिएपछि दुईतर्फ सवारी अवरुद्ध भएको छ । सोताङ खोला पुलको भाग धस्सिएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, रामनगरका एसपी नरेश सुवेदीले रातोपाटीलाई बताए । पृथ्वी राजमार्ग हुँदै चल्ने ठुला सवारी साधन सो पुल हुँदै चल्न रोक लगाइएको छ । […]

पाँचपोखरी सामुदायिक वनमा हात्ती मृत अवस्थामा फेला

झापा । यहाँको बुद्धशान्ति गाउँपालिका–५ स्थित पाँचपोखरी सामुदायिक वनमा वयस्क जंगली हात्ती मृत अवस्थामा फेला परेको छ । अन्दाजी ५५ वर्षको मकुना हात्तीलाई स्थानीयवासीले आज बिहान जङ्गलभित्र मृत अवस्थामा देखेर वन कर्मचारीलाई खबर गरेको डिभिजन वन कार्यालय झापाका प्रमुख भरतबाबु श्रेष्ठले बताए। उक्त हात्ती धेरै पहिलेदेखि बिरामी थियो । प्रकृति संरक्षण कोषबाट पशु चिकित्सक ल्याएर […]

चिया निर्यात ४६ प्रतिशतले वृद्धि

भद्रपुर (झापा) । मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्षको १० महिनामा चिया निर्यात ४६.१० प्रतिशतले वृद्धि भएको छ । कार्यालयको तथ्यांक अनुसार रु तीन अर्ब ६८ करोड २२ लाख ४७ हजार बराबरको चिया निर्यात भएको छ । चालु आवको १० महिनामा १३ हजार ८८६.७७ मेट्रिक टन चिया निर्यात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी इश्वरकुमार […]

आठराई त्रिवेणी गाउँपालिकाको ३ वर्ष : पूर्वाधार विकासमा अनगिन्ति काम, जनातालाई निशुल्क विद्युत्

काठमाडौं । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले विगत ३ वर्षमा पूर्वाधार विकासमा जोड दिएर काम गरेको पाइएको छ । गाउँपालिकामा जनप्रतिनिधिको रूपमा निर्वाचित भएर आएपछि अध्यक्ष दिपेन्द्र पोमुले पूर्वाधार विकासलाई पहिलो प्राथमिकतामा राख्दै काम गरेको र शिक्षा, स्वास्थ्य, सञ्चार, विद्युत लगायत नागरिकका आवश्यकतालाई पनि उत्तिकै महत्व दिएको बताएका छन् । गाउँपालिकामा आफू निर्वाचित भएपछिको तीन वर्षे […]

बिर्तामोड नगर अस्पतालमा बिरामीको चाप

झापा । कुनै बेला झापाको बिर्तामोडमा सरकारी स्वास्थ्य संस्था भन्ने वित्तिकै नाक खुम्च्याउने गरिन्थ्यो । सरकारी स्वास्थ्य संस्थाप्रति नगरवासीको विश्वास न्यून थियो । अधिकांश आर्थिक अवस्था कमजोर भएकाहरू मात्र सेवा लिन जान्थे । तर, अहिले अवस्था फेरिएको छ । सुविधा सम्पन्न नगर अस्पतालबाट गुणस्तरीय सेवा प्रदान हुन थालेपछि नगरवासीको आकर्षण बढ्न थालेको छ । नगर […]

चट्याङले लियो ४ वर्षमै २३७ जनाको ज्यान

झापा । नेपालमा पछिल्लो चार वर्षमा चट्याङबाट दुई सय ३७ जनाको मृत्यु भएको छ भने ९०८ जना घाइते भएका छन् । कोशीको झापाबाट सुदूरपश्चिमको कञ्चनपुरसम्म र कर्णालीको हुम्लाबाट मधेसको धनुषासम्म चट्याङको जोखिम रहेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी सहसचिव रोशनीकुमारी श्रेष्ठ नेपालको झापा, उदयपुर र मकवानपुर जिल्ला चट्याङको जोखिममा रहेको बताउँछिन् […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा