अफ्रिकन स्वाइन फिभरका कारण ३६ बङ्गुरको मृत्यु

सुनसरी । बराहक्षेत्र नगरपालिकामा अफ्रिकन स्वाइन फिभरको सङ्क्रमणका कारण ३६ बङ्गुरको मृत्यु भएको छ । स्थानीयले व्यावसायिक रूपमा पालेका बङ्गुरमा अफ्रिकन स्वाइन फिभरको सङ्क्रमण देखिएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र इनरुवाका प्रमुख डा मनोजकुमार महतोले जानकारी दिए । बराहक्षेत्र–१ मा रहेको दियाली कृषि फार्ममा २० वटा बङ्गुरमा सङ्क्रमण देखिएको छ भने १७ वटाको मृत्यु […]

आठराई त्रिवेणी गाउँपालिकाले यसै वर्ष हटाउँदै १०० घरधुरीको खरको छाना

ताप्लेजुङ । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले चालु आर्थिक वर्षमा नै १०० घरधुरीको खरको छानो विस्थापन गर्ने भएको छ ।  सोमबार बसेको ४६औं कार्यपालिका बैठकले असार पहिलो साता सम्ममा नै १०० घरधुरीलाई खरको छाना विस्थापन गर्दै जस्तापाता लगाउन रकम भुक्तानी गर्ने निर्णय गरेको हो ।  निर्णय सार्वजनिक गर्दै गाउँपालिका अध्यक्ष दिपेन पोमुले चालु आर्थिक वर्षमा नै […]

२ वर्षअघि भासिएको अझै बनेन बिरिङको पुल

झापा । अर्जुनधारा नगरपालिकास्थित बिरिङ खोलामा दुई वर्षअघि बाढीले भासिएको पक्की पुल अझैसम्म बनेको छैन । झापाको विर्तामोडबाट अर्जुनधारा हुँदै इलामको माई नगरपालिका जोड्ने उक्त पुलमा जोखिम मोलेर साना सवारी आवतजावत गरिरहेका छन् । स्थानीय मेघराज रम्तेलले भासिएको पुल तत्काल मर्मत सम्भार गर्न सरकारले चासो नदेखाएको बताए । उनी भन्छन्, “पहिलो वर्ष त बजेट थिएन […]

माउन्टेन फ्लाईटबाट यस्तो देखियो सगरमाथा ! (फोटोफिचर)

काठमाडौं । हिमाल देखाउने उद्देश्यका साथ वनमन्त्री ऐन बहादुर शाहीको नेतृत्वमा सगरमाथा संवादका लागि नेपाल आउनुभएका मध्ये करिब २४ विदेशी पाहुना र केहि स्वदेशीहरू माउन्टेन फ्लाईट गरेका छन । नेपाल सरकारले उक्त फ्लाईटको आयोजना गरेको थियो । विदेशी पाहुनाहरूले सगरमाथा लगायतका हिमालहरूको अवलोकन गरेका हुन् । सेताम्मे हुने गरेको हिमालहरूमा जलवायु परिवर्तनको असर देखिएको उनको […]

कोशीमा रहेका पर्यटन, जलस्रोत र कृषिको विकासमा ध्यान दिन सरकारलाई योगेशको सुझाव (पूर्ण पाठसहित)

काठमाडौं । नेकपा एमालेका सचिव तथा सांसद योगेश भट्टराईले ताप्लेजुङसहित कोशी प्रदेशमा रहेका पर्यटन, जलस्रोत तथा कृषिको समुचित विकासमा ध्यान दिन सरकारलाई आग्रह गरेका छन् । प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकमा आगामी आर्थिक वर्ष २०८२–८३ का लागि प्रस्तुत गरिने विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा सहभागी हुँदै उनले कोशी प्रदेशमा भएका अथाह सम्भावनाका विषयमा सरकारको ध्यानाकर्षण […]

हावाहुरीले उदयपुरमा दर्जनौँ घर र विद्यालयमा क्षति

उदयपुर । वर्षासँगै आएको आँधी, हावाहुरीका कारण उदयपुरका विभिन्न स्थानमा दर्जनौँ घर तथा विद्यालयमा क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान वर्षासँगै हावाहुरी र आँधी आउँदा जिल्लाका विभिन्न क्षेत्रमा विद्यालय तथा घरमा क्षति भएको हो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक केदारमान दोङले जिल्लाको चौदण्डीगढी नगरपालिका-१० खैराहा झोडामा […]

आजदेखि सुरु हुँदै ‘सगरमाथा संवाद’, १७५ विदेशी पाहुना काठमाडौंमा

काठमाडाैं । जलवायु परिवर्तन र त्यसले पारेको प्रभावबारे विश्व समुदायलाई जानकारी गराउने तथा समाधानका उपाय खोज्ने उद्देश्यका साथ सरकारले पहिलो पटक आयोजना गरेको ‘सगरमाथा संवाद’ आजदेखि सुरु हुँदैछ । संवादको प्रमुख नाराका रूपमा ‘जलवायु परिवर्तन, पर्वत र मानवताको भविष्य’ तय भएको छ । आजदेखि सुरु हुने सो कार्यक्रम यही जेठ ४ गतेसम्म सञ्चालन हुने छ […]

पाथीभरामा केबलकार निर्माणको बोटो खुलेपछि जिल्लावासी हर्षित

ताप्लेजुङ । ताप्लेजुङमा रहेको प्रसिद्ध तीर्थस्थल पाथीभरामा तीर्थयात्रीको सहजताका लागि केबलकार निर्माण गर्ने बाटो सर्वोच्च अदालतले खोलिदिएसँगै जिल्लावासी खुसी भएका छन् । जिल्लाको विकास र समृद्धिमा महत्त्वपूर्ण भूमिका खेल्ने केबलकार परियोजनाको सुरु भएको काम यसअघि सर्वोच्चको अल्पकालीन आदेशका कारण रोकिएको थियो । निर्माण कार्य रोक्न माग गर्दै गत चैतमा यामबहादुर लिम्बु लगायतले दायर गरेको रिट […]

स्कुलबाट चोरी भएका ल्यापटप १ वर्षपछि परे फेला

ताप्लेजुङ । मैवाखोला गाउँपालिका–५ स्थित पाटीडाँडा माध्यमिक विद्यालय फाकुम्बाबाट चोरी भएका ल्यापटप एक वर्षपछि फेला परेका छन् । ह्युमन प्राक्टिस फाउन्डेसनको सहयोगमा शैक्षिक गुणस्तर सुधारका लागि उपलब्ध गराइएका ११ वटा ल्यापटपमध्ये हराइरहेका आठवटा ल्यापटप फेला परेका गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमले जानकारी दिए । विद्यालयलाई हस्तान्तरण भएको केही समयमै अर्थात् २०८० साल पुस २२ गते राति […]

सर्वोच्चको आदेशले पाथीभरा केबलकार निर्माणको बाटो खुल्यो

काठमाडौं । सर्वोच्च अदालतले पाथीभरा मन्दिरसम्म निर्माणाधीन केबलकार रोक्न माग गर्दै दायर रिटमा अन्तरिम आदेश नदिने निर्णय गरेसँगै सो परियोजना निर्माणको बाटो खुलेको छ । न्यायाधीश डा. नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासले बुधबार अन्तरिम आदेश दिन अस्वीकार गर्दै निर्माण तत्काल रोक्नुपर्ने कानुनी आधार नदेखिएको ठहर गरेको हो । रिट निवेदकले केबलकारले धार्मिक, […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा