काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) पनि सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य तोलाको ९ सय रुपैयाँले बढेर तोलाको २ लाख ९६ हजार ९ सयमा कारोबार भइरहेको छ । यसअघि बिहीबार सुन तोलाको २ लाख ९६ हजारमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ […]
विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले विराटनगरस्थित कोइराला निवासको मर्मत तथा संरक्षणका लागि सरकारले विनियोजन गरेको दुई करोड रुपैयाँ नलिने निर्णय गरेका छन् । आर्थिक वर्ष २०८३/८४ को बजेटमा कोइराला निवासको मर्मत तथा संरक्षणका लागि छुट्याइएको उक्त रकम नैतिक रूपमा स्वीकार गर्न असमर्थ रहेको भन्दै उनले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई साउन […]
म्यान्मार । म्यान्मारको प्रमुख सामुद्रिक नाका याङ्गुन बन्दरगाहमा सन् २०२६ को पहिलो सात महिनामा ४०२ वटा कन्टेनर जहाजहरू आइपुगेका छन् । म्यान्मार बन्दरगाह प्राधिकरणलाई उद्धृत गर्दै द ग्लोवल न्यू लाइट अफ म्यान्मारले बिहीवार यसबारे जानकारी दिएको हो । प्राधिकरणको प्रतिवेदनअनुसार जुलाई महिनामा मात्रै ५५ वटा कन्टेनर जहाजले यस बन्दरगाहमा सेवा लिएका थिए । यस वर्षको […]
झापा । राजस्व लक्ष्यतर्फ निरन्तर उकालो लागिरहेको मेची भन्सार कार्यालयले आर्थिक वर्ष २०८२/८३ मा लक्ष्यको ९३.३० प्रतिशत राजस्व संकलन गरेको छ । पछिल्ला चार आर्थिक वर्षमा कार्यालयको लक्ष्य प्राप्ति दर ७०.२१ प्रतिशतबाट बढेर ९३.३० प्रतिशतमा पुगेको छ । उक्त कार्यालयका अनुसार आर्थिक वर्ष २०८२/८३ मा रु १८ अर्ब ८८ करोड ७७ लाख ४८ हजार ३०० […]
विराटनगर । जल तथा मौसम विज्ञान विभागअन्तर्गत बाढी पूर्वानुमान महाशाखाले आगामी तीन दिन देशका अधिकांश प्रमुख नदी तथा सहायक नदीहरूको बहाव उल्लेख्य रूपमा बढ्ने जनाएको छ । शुक्रवार बिहान ८ बजे जारी बाढी पूर्वानुमान बुलेटिनअनुसार कोसी, नारायणी, कर्णाली, महाकाली तथा तिनका सहायक नदीका साथै कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीमा बहाव बढ्ने […]
विराटनगर । नेपाल सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत घोषणा गरेको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ औपचारिक रूपमा शुरु भएको छ । अर्थ मन्त्रालयमा शुक्रवार आयोजित एक विशेष कार्यक्रमका बीच साउन महिनाको पहिलो पाक्षिक अवधिका विजेताहरूको घोषणा गर्दै यस कार्यक्रमको शुभारम्भ गरिएको हो । वस्तु तथा सेवा खरिद–विक्रीमा बिल बिजक लिने र दिने संस्कारलाई प्रोत्साहित गरी अर्थतन्त्रलाई […]
काठमाडौँ । कैलालीको मोहन्याल गाउँपालिका–७ स्थित पितमारी खोलामा आएको बाढीले मोटरसाइकलसहित बगाएका एक जना चालकको प्रहरीले सकुशल उद्धार गरेको छ । अविरल वर्षापछि पितमारी खोलामा आएको बाढीले सुर्खेतबाट कैलालीतर्फ आउँदै गरेका कैलालीको बर्दगोरिया गाउँपालिका–२ का ३९ वर्षीय लौटन थारु सवार से ४ प ८६७९ नम्बरको मोटरसाइकल बगाएको थियो । बिहीबार राति करिब ८:३० बजे इलाका […]
काठमाडौँ । संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाको आज (शुक्रबार) बस्ने गरी तय भएको बैठक विशेष कारणवश स्थगित गरी आगामी बुधबारका लागि सारिएको छ। संघीय संसद् सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेयद्वारा जारी सूचना अनुसार, साउन २२ गते शुक्रबार अपराह्न १ः१५ बजे बस्ने गरी निर्धारण गरिएको बैठक अब साउन २७ गते बुधबार अपराह्न १ः१५ बजे बस्नेछ । राष्ट्रिय […]
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको जारी द्वन्द्व चाँडै अन्त्य हुनसक्ने बताएका छन् । ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले इरानसँगको द्वन्द्व अझै लामो समयसम्म लम्बिने कुरामा आफूलाई विश्वास नभएको बताए । उनले वार्ता अघि बढिरहेको बताए । ट्रम्पले इरान आफैंले वार्ताको पहल गरेको र दुई देशबीचको वार्तामा राम्रो प्रगति भएको दाबी गरे । […]
काठमाडौं । संघीय संसद्अन्तर्गत आज (शुक्रबार) तीनवटा संसदीय समितिको बैठक बस्दैछ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कानून, न्याय तथा मानव अधिकार समिति र पूर्वाधार विकास समितिको बैठक बस्न लागेको संसद् सचिवालयले जनाएको छ । बिहान १०ः३० बजे बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा ‘पर्यटन विधेयक, २०८१’ सम्बन्धमा विषय विज्ञसँग छलफल’ गर्ने कार्यक्रम छ […]