भद्रपुर (झापा) । झापामा राष्ट्रिय परिचयपत्रमार्फत मतदाता नामावलीमा नाम दर्ता गराउनेको संख्या बढ्दै गएको छ । गत फागुनमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनपछि पुनः सुरु गरिएको मतदाता नामावली संकलन अभियानअन्तर्गत हालसम्म थपिएका नयाँ मतदातामध्ये अधिकांशले राष्ट्रिय परिचयपत्रमार्फत नाम दर्ता गराएका छन् । जिल्ला निर्वाचन कार्यालय झापाका अनुसार गत चैत २२ गतेपछि बिहीबारसम्म १० हजार ३५९ जना […]
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका (शनिबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ०४ पैसा र बिक्रीदर १५२ रुपैयाँ ६४ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ २७ पैसा र बिक्रीदर १७५ रुपैयाँ ९६ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको […]
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । कोशी, मधेस र बागमती प्रदेशलगायत बाँकी हिमाली तथा पहाडी भागमा साधारणतया बदली रहेको छ भने तराई भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ । बागमती प्रदेशका केही स्थानमा […]
भारत । भारतको उत्तरपूर्वी असम राज्यमा आएको भीषण बाढीले जनजीवन अस्तव्यस्त बनाएको छ । बाढीमा कम्तीमा ९७ जनाको मृत्यु भएको र करिब एक लाख ७० हजार मानिस प्रभावित भएको सरकारी तथ्यांकले देखाएको छ । वर्षौँयताकै गम्भीर मानिएको बाढीले गाउँहरू डुबाउनुका साथै ठुलो क्षेत्रको खेतीयोग्य जमिनमा क्षति पुर्याएको छ । बाढीका कारण हजारौँ मानिस घर छाडेर […]
विराटनगर । विराटनगरका व्यवसायी गोपाल मुदण्डाको घरमा प्रहरीले छापा हानेको घटनामा सूचनाको विश्लेषण र प्रमाणीकरणमा कमजोरी भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) अबिनारायण काफ्लेले छापा मार्नुअघि प्राप्त सूचनामाथि पर्याप्त विश्लेषण र प्रमाणीकरण हुन नसकेको बताएका हुन्। पत्रकारले विराटनगर छापा प्रकरणबारे सोधेको […]
विराटनगर । कोशी प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान, कलवलगुरी झापाको कार्यकारी निर्देशकमा अनिता गुरागाईं नियुक्त भएकी छन्। शुक्रबार बसेको कोशी प्रदेश मन्त्रिपरिषद् बैठकले गुरागाईंलाई कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो। नियुक्तिपछि उनलाई मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा गोपनीयताको शपथ गराएका छन्। गुरागाईं इटहरी उपमहानगरपालिका–४ निवासी हुन्। मन्त्रिपरिषद् बैठकले स्थानीय सरकारी सेवा गठन तथा सञ्चालन […]
काठमाडौँ । खुला सिमाना र प्रविधियुक्त सुरक्षा निगरानीसम्बन्धी व्यवस्था नहुँदा पाँच सयभन्दा बढी रोहिङ्ग्या शरणार्थी नेपाल प्रवेश गरेको पाइएको छ । विभिन्न समयमा नेपाल–भारत सीमानाका हुँदै ती रोहिङ्ग्या शरणार्थी अवैध रूपमा नेपाल प्रवेश गरेको केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्लेले जानकारी दिए । प्रहरीका अनुसार हालसम्म ५२६ जना रोहिङ्ग्या नेपालमा रहेका छन् । जसमा १६२ पुरुष, […]
विराटनगर । कानुन निर्माण प्रक्रिया र कानुनी विषय आम नागरिक तथा युवा पुस्ताका लागि सहज बनाउन विद्यालय तथा स्थानीय तहका पाठ्यक्रममै कानुनका आधारभूत विषय समेट्नुपर्ने सुझाव विद्यार्थीहरूले दिएका छन् । युएनडिपी संसद् सहयोग परियोजनाको सहकार्य तथा संसदीय पत्रकार मञ्च, कोसी प्रदेशको आयोजनामा शुक्रवार विराटनगरस्थित मेरिल्यान्ड कलेजमा आयोजित ‘प्रदेश सभाप्रति युवाको बुझाइ’ अन्तर संवाद कार्यक्रममा सहभागी […]
झापा। कनकाई नगरपालिकाले कक्षा ८ पूरा गर्न नसकेका तथा विद्यालय बाहिर रहेका १२५ जना बालबालिकालाई लक्षित गर्दै वैकल्पिक कक्षा सञ्चालन गर्ने भएको छ। २०६३ असोज २ गतेपछि जन्मिएका र आधारभूत तह कक्षा ८ उत्तीर्ण गर्न नसकेका बालबालिकालाई अनिवार्य आधारभूत शिक्षा पूरा गराउने उद्देश्यले वैकल्पिक कक्षा सञ्चालन गर्न लागिएको हो। अनिवार्य तथा निःशुल्क शिक्षा ऐन, २०७५ […]
काठमाण्डौ । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको विधान र प्रक्रियासम्मत रूपमा सम्पन्न विशेष महाधिवेशनको औचित्यमाथि प्रश्न उठाउन नमिल्ने बताएका छन् । शुक्रबार नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको दोस्रो राष्ट्रिय सम्मेलनमा उनले यस्तो बताएका हुन् । थापाले साउन २४ गते बस्ने केन्द्रिय समितिको बैठकले समसामयिक विषयमा थप निर्णय लिने जानकारी दिए। विशेष महाधिवेशनको सन्दर्भ जोड्दै […]