झापा । मेचीनगर नगरपालिकाको घरपालुवा पशुहरूमा ‘अफ्रिकन स्वाइन फ्लू’ र ‘लम्पी स्किन’को सङ्क्रमण देखापरेको छ । मेचीनगरको वडा नं २, ३, ७, ८, ९ र १४ मा ‘लम्पी स्किन’ र वडा नं ६ को बङ्गुर फार्ममा ‘अफ्रिकन स्वाइन फ्लू’को सङ्क्रमण पुष्टि भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले जानकारी दिए । “लम्पी स्किन र स्वाइन […]
विराटनगर । सशस्त्र प्रहरी बलले सप्तकोशी नदीमा बेपक्ता गोताखोरको शुक्रबार बिहानैबाट खोजी जारी राखेको छ । त्यसक्रममा एक जनाको शव भेटिएको छ । उनको सनाखत हुन बाँकी छ । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ स्थित कोशी नदीमा शुक्रबार अपराह्न मनसुनजन्य विपद्को पूर्वतयारी अभ्यास गर्ने क्रममा हरदेव राजवंशी र सुरज साउद बेपत्ता भएका थिए । राजवंशी श्रीअन्तु […]
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १२ देशका नागरिकलाई अमेरिका यात्रामा पूर्णप्रतिबन्ध लगाउने निर्णयमा हस्ताक्षर गरेका छन् । सुरक्षा जोखिमलाई कारण देखाउँदै उनले ट्रम्पले अफगानिस्तान, म्यानमार (बर्मा), चाड, गणतन्त्र कंगो, इक्वेटोरियल गिनी, इरिट्रिया, हैटी, इरान, लिबिया, सोमालिया, सुडान र यमनका नागरिकहरुलाई अमेरिका यात्रामा पूर्ण प्रतिबन्ध लगाउने निर्णय गरेका हुन् । यसैगरी ट्रम्पले बुरुन्डी, क्युबा, लाओस, […]
काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको आह्वानमा सार्वजनिक यातायातमा भएको हडतालविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । मङ्गलबार अधिवक्ता विवेक पोखरेलले गृह मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र महासङ्घसमेतलाई विपक्षी बनाउँदै रिट दर्ता गरेका हुन् । रिटमाथि बुधबार पेसी तोकिएको छ । सार्वजनिक यातायात अत्यावश्यक सेवा क्षेत्र भएकाले त्यसमा हड्ताल गर्न नपाइने […]
झापा । “देशमै केही गर्न सकिन्छ भन्ने विश्वास लिएर फर्किएको थिएँ”, देउकुमार लिम्बुले विगत सम्झिँदै मुस्कुराएर भने “अहिले त्यो निर्णय मेरो जीवनको सही निर्णय साबित भएको छ” । देउकुमार लिम्बुको कथा सुन्दा लाग्छ, इच्छाशक्ति, परिश्रम र देशप्रतिको माया भएमा विदेशिनै पर्छ भन्ने जरुरी छैन । यहाँको भद्रपुर नगरपालिका–१ का उनी हाल ‘लिङ्देन कृषि फार्म’ सञ्चालन […]
बेलबारी (मोरङ) । मोरङको बेलबारी नगरपालिका-२, लालभित्तीबाट एकै स्थानका चार जना बालिका बेपत्ता भएका छन् । बेपत्ता हुनेमा सुन्दरहरैचा-११ शुक्रबारेस्थित महेन्द्र माविमा अध्ययनरत १३ वर्षीया जेनिसा नेपाली र १५ वर्षीया सविता परियार, बेलबारी-२ स्थित कविर माविमा अध्ययनरत १२ वर्षीया स्मृति कार्की डोली र अनुष्का कार्की डोली छन् । उनीहरू साथी भेट्न जाने भन्दै यही जेठ […]
झापा । हात्ती प्रभावित मेचीनगर नगरपालिका-२ र ४ मा दैनिकजसो चितुवाले बाख्रा मार्न थालेपछि स्थानीयवासी समस्यामा परेका छन् । दिनभरि चिया बगान, पारिवारिक निजी वनमा लुक्ने उक्त चितुवाले साँझ परेपछि स्थानीयवासीका खोरबाट बाख्रा, सुँगुर मारेर खाने गरेको मेचीनगर-२ का वडाध्यक्ष दीपक बरालले जानकारी दिए । विगत लामो समयदेखि हात्ती र बाँदरको आतंक खेपिरहेको बाहुनडाँगीले पछिल्लो […]
हिले । बाढीले भत्काएपछि अबरुद्ध भएको कोशी राजमार्गको मुलघाट भेडेटार खण्ड सन्चालनमा आएको छ । लेउती खोलाले भत्काएको स्थानमा डाइभर्सन निर्माण गरि एकतर्फी सडक सन्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यलय धनकुटाका प्रहरी निरीक्षक ध्रुब नारायण श्रेष्ठले जानकारी दिए । यो सँगै शनिबार बिहानै देखि अबरुद्ध सडक सन्चालनमा आएको हो । बिहानै देखि रोकिएका सयौ सबारीसाधन गन्तव्य […]
धरान । शुक्रबार रातीदेखि परेको अविरल वर्षा पछि आएको लेउती खोलामा आएको बाढीले सडक बगाउँदा धरान–धनकुटा सडकखण्ड अवरुद्ध भएको छ । खोलाले करिब १०० मिटर सडक बगाएको छ । सडक खुलाउन अब नयाँ बाटो खन्नुपर्ने अवस्था छ । जिल्ला प्रहरी कार्यालय धनकुटाका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक ध्रुवनारायण श्रेष्ठका अनुसार कोशी लोकमार्गको धनकुटा साँगुरीगढी गाउँपालिका– […]
काठमाडौं । कोसी प्रदेशका विभिन्न भूभागमा भारी वर्षा भएकाले केही नदी तथा खोलामा बाढीको सम्भावना रहेको छ । पछिल्लो १२ घण्टामा कोसी प्रदेशका केही स्थानमा धेरै भारीदेखि अति भारी वर्षा भएको छ । पानी पार्ने प्रणाली उत्तरतिर सरिरहेको र थप पानी पर्नसक्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ […]