भत्कियो पाथीभरादेवी मन्दिर पनि

काठमाडौं । राजधानीको बल्खु क्षेत्रमा जारी अव्यवस्थित बसोबास हटाउने अभियानका क्रममा धार्मिक संरचना समेत हटाइएको छ। बागमती नदी किनार अतिक्रमण गरी बनेका घर टहरामाथि बिहानदेखि डोजर चलाइँदा सोही क्षेत्रमा रहेको ऊँ श्री पाथीभरादेवी मन्दिर पनि भत्काइएको छ। मन्दिरसँगै महाकाली र जगतजननीका रूपमा चिनिने संरचनागत स्वरूपहरू समेत हटाइएको जनाइएको छ। स्थानीय बासिन्दाले धार्मिक संरचना जोगाइदिन अनुरोध […]

सुकुम्वासी बस्ती छेउका घरधनीले टाँसे लालपुर्जाको प्रतिलिपि

काठमाडौं । राजधानीका विभिन्न स्थानमा अव्यवस्थित तथा सुकुम्वासी बस्ती व्यवस्थापन तथा हटाउने सरकारी अभियान तीव्र रूपमा अघि बढिरहेको छ। यसैक्रममा दोस्रो चरणअन्तर्गत शुक्रबार बल्खु, माछापोखरी र शंखमुल क्षेत्रसहितका स्थानमा डोजर परिचालन गरी अनधिकृत संरचना भत्काउने कार्य भइरहेको छ। सोही अभियानका बीच शंखमुल आसपासका नम्बरी जग्गामा घर निर्माण गरेका केही जग्गाधनीहरूले आफ्नो स्वामित्व प्रमाणित गर्न घरका […]

सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा तीन हजार चार सय रुपैयाँले बढेर दुई लाख ९६ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार सुन तोलामा दुई लाख ९२ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको […]

साँचो क्रान्ति ज्ञानबाट शुरू हुन्छ : प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले शान्तिका अग्रदूत गौतम बुद्धको जन्म जयन्तीको अवसरमा सम्पूर्णमा प्रज्ञामय शुभकामना व्यक्त गर्दै विश्वशान्तिको कामना गरेका छन्। २५७०औँ बुद्ध जयन्तीको अवसरमा प्रधानमन्त्री शाहले बुद्धले देखाएको बाटो दुःख निवारणको बाटो भएको बताएका हुन्। प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल फेसबुकमा शुभकामना व्यक्त गर्दै भनेका छन्, ‘बुद्धले भन्नुभयो “दुःख छ, दुःखको कारण छ, […]

काठमाडौंको बल्खु क्षेत्रमा पनि चल्यो डोजर

काठमाडौं । सरकारले बल्खु क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर चलाएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले बुधबार नै सूचना निकालेर बस्ती खाली गर्न बिहीबार साँझसम्मको अल्टिमेटम दिएको थियो । काठमाडौं महानगरपालिकाले आज बिहानदेखि डोजर लगाएर अनाधिकृत बस्ती हटाउन सुरु गरेको हो । घर टहरा भत्काउन सुरक्षाकर्मीहरु र नगरप्रहरी परिचालन गरिएको छ । डोजर चल्दै गर्दा कतिपयले […]

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै

काठमाडौं । ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ भन्ने नारासहित सन् १८८६ देखि सुरु भएको मजदुर आन्दोलनको सम्झनामा विविध कार्यक्रम गरी आज नेपालसहित विश्वभर १३७ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदैछ । दिवसका अवसरमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगारदाता र श्रमिकलगायत सम्बन्धित अन्तर्राष्ट्रिय सङ्घसंस्थाका प्रतिनिधिको सहभागितामा देशैभर विभिन्न कार्यक्रम आयोजना […]

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत काठमाडौंमा

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत नेपाल आइपुगेका छन् । दक्षिण तथा मध्यएसिया मामिला हेर्ने विशेष दूत सर्जियो गोर ६ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै काठमाडौं आइपुगेका हुन् । उनी तीन दिन नेपालमा बस्नेछन् । उनले परराष्ट्रमन्त्री शिशिर खनाल,अर्थमन्त्री डा।स्वर्णिम वाग्ले, प्रधानसेनापति अशोकराज सिग्देलसँगको भेटघाट गर्ने तय भएको छ । गोरले प्रधानमन्त्री बालेन्द्र साहलाई […]

देशव्यापी अतिक्रमित जग्गा खाली गराउँदै सरकार, सीडीओहरू सँग विस्तृत कार्ययोजना माग

काठमाडौं । गृह मन्त्रालयले देशभरका अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गा खाली गराउने प्रक्रिया अघि बढाउँदै ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ)सँग विस्तृत कार्ययोजना माग गरेको छ। मन्त्रालयले बुधबार परिपत्र जारी गर्दै जिल्लाभित्र रहेका अतिक्रमित सरकारी, सार्वजनिक, गुठी तथा ऐलानी जग्गाको पहिचान गरी सम्बन्धित निकायसँग समन्वयमा हटाउने योजना तयार पारेर मन्त्रालयमा पठाउन निर्देशन दिएको हो। […]

केबलकारसहितका विकास निर्माणमा देखिएका अवरोधले ताप्लेजुङवासी दिक्क, प्रधानमन्त्रीलाई पठाए पत्र

ताप्लेजुङ । ताप्लेजुङ जिल्लावासीहरूले पाथीभरा क्षेत्रमा निर्माणाधीन केबलकार र जिल्लाका ठुला विकास आयोजना सञ्चालनमा कुनै अवरोध नहुने वातावरण मिलाउन सरकारको ध्यानाकर्षण गरेका छन् । ताप्लेजुङका विकास प्रेमी युवा, निर्माण व्यवसायी र जेन्जी प्रतिनिधिहरूको संयुक्त टोलीले बिहीबार प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र पठाउँदै जिल्लाको विकास निर्माणमा विभिन्न वाहानामा हुने अवरोधले लगानीकर्ताको मनोबल घट्ने बताए […]

राष्ट्रपति पौडेलद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सहकारी क्षेत्रसँग सम्बन्धित अध्यादेश जारी गरेका छन्। राष्ट्रपति कार्यालयका अनुसार उक्त अध्यादेश जारी भएसँगै सहकारी व्यवस्थापनसम्बन्धी कानुनी ढाँचा अद्यावधिक गर्ने प्रक्रिया अघि बढेको छ।

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं