मोरङ । सशस्त्र प्रहरी बल, नेपालले मोरङ जिल्लाबाट भारत हुँदै अवैध रूपमा नेपाल भित्र्याई लुकाइछिपाई राखिएका सयपत्री फूलका तयारी माला बरामद गरेको छ। बुधवार प्राप्त विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस लक्ष्मीमार्गबाट खटिएको टोलीले मोरङको कानेपोखरी गाउँपालिका–४, टावरटोलस्थित साना किसान बचत तथा सहकारी संस्थाको कोल्ड स्टोरमा छापा मारेको थियो। सो क्रममा भारतबाट […]
काठमाडौं । मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा डा. मनोजकुमार केसीलाई नियुक्त गर्ने निर्णय गरेलगत्तै उनलाई गृह मन्त्रालय बोलाइएको छ। मन्त्रालय स्रोतका अनुसार उनलाई प्रदान गरिने नियुक्तिपत्रसमेत तयार भइसकेको छ। मन्त्रालयले आजै दर्ज्यानी चिह्न (फुली) लगाएर पदबहाली गर्न आग्रह गरिरहेको स्रोतले जनाएको छ। तर धार्मिक विधि पूरा गर्नुपर्ने भएकाले बिहीबार मात्रै पदबहाली गर्ने इच्छा […]
काठमाडौं। कारोबार खुलेदेखि उकालो लागेको सेयर बजार अन्तिममा उही विन्दुमा फर्किएको छ। नेप्से परिसूचक बुधबार १.४० अंक बढेर २६६५. ५३ विन्दुमा पुगेको छ।कारोबारमा आएका लाइफ इन्स्योरेन्स, म्युचुअल फण्ड, अन्य र ट्रेडिङ उपसमूहले बजार बढाएका हुन्। अन्य उपसमूहको सेयर मूल्य सबैभन्दा धेरै ६. १८ प्रतिशतले बढेको छ। सरकारको लगानी रहेको नेपाल रि-इन्स्योरेन्समा पोजेटिभ सर्किट लागेको छ। […]
विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीलाई जिम्मेवारीबाट हटाएर प्रधानमन्त्रीको प्रमुख सुरक्षा सल्लाहकार नियुक्त गरेपछि ३० वर्षअघिको एउटा घटना पुनः चर्चामा आएको छ। त्यतिबेला तत्कालीन गृहमन्त्री वामदेव गौतमले आईजीपी नियुक्त भएको ३६औँ दिनमै अच्युतकृष्ण खरेललाई पदबाट हटाएर राष्ट्रिय अनुसन्धान विभागको प्रमुखमा सरुवा गरेका थिए। २०५३ चैत २१ गते गरिएको […]
विराटनगर । सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले पूर्वआईजीपी दानबहादुर कार्कीको जिम्मेवारी हेरफेर मात्रै गरिएको बताएका छन्। मन्त्रिपरिषद् बैठकले कार्कीलाई प्रधानमन्त्री बालेन शाहको प्रमुख सुरक्षा सल्लाहकार नियुक्त गर्दै मनोज केसीलाई नयाँ आईजीपी नियुक्त गरेको हो। कार्कीमाथि कारबाही नभई जिम्मेवारी परिवर्तन मात्रै गरिएको पोखरेलले स्पष्ट पारे।
काठमाडौं । सरकारले प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई आईजीपीको जिम्मेवारीबाट हटाएको छ। मन्त्रिपरिषद्ले उनलाई प्रधानमन्त्री कार्यालय मातहत सल्लाहकारका रूपमा राख्ने निर्णय गरेको हो। पछिल्ला विवादास्पद घटनाक्रममा उनको भूमिका देखिएको भन्दै सरकारले यस्तो निर्णय गरेको बताइएको छ। कानुनी जटिलता आउन सक्ने भएकाले सिधै बर्खास्त नगरी जिम्मेवारीबाट हटाइएको हो।
काठमाडौं । सरकारले एआईजी मनोज केसीलाई नेपाल प्रहरीको महानिरीक्षक ९आईजीपी० नियुक्त गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले केसीलाई प्रहरी संगठनको सर्वोच्च पदमा नियुक्त गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद् स्रोतका अनुसार हालका आईजीपी दानबहादुर कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी दिने निर्णयसमेत भएको छ ।
विराटनगर। कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्समक्ष थारू आयोगका सदस्य भोलाराम चौधरीले आयोगको आर्थिक वर्ष २०८२/८३ को आठौँ वार्षिक प्रतिवेदन पेस गरेका छन् । नेपालको संविधानको धारा २९४ को उपधारा (३) बमोजिम प्रदेश प्रमुखसमक्ष उक्त प्रतिवेदन पेस गरिएको हो। प्रतिवेदनमा थारू समुदायको हक, अधिकार, पहिचान, भाषा, संस्कृति तथा समग्र उत्थानका लागि आयोगले गरेका कामकारबाही र […]
बझाङ। बझाङको केदारस्युँ गाउँपालिका–७ भानचौरस्थित भित्री सडक खण्डमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। बुधवार बिहान केदारस्युँ गाउँपालिका–७ भानचौरबाट काँडाचौरतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ च ४३७६ नम्बरको जिप ब्रेक फेल भई सडकबाट करिब १०० मिटर तल खस्दा दुर्घटना भएको हो। दुर्घटनामा परी केदारस्युँ गाउँपालिका–७ काँडाचौर निवासी […]
विराटनगर । उद्योग संगठन मोरङको आयोजनामा विराटनगरमा ९ औँ संस्करणको विराट एक्स्पो २०२६ आगामी पुस २ देखि ११ गतेसम्म सञ्चालन हुने भएको छ। विराटनगर–१४ स्थित डिग्री क्याम्पस परिसरमा आयोजना हुने एक्स्पोमा २७५ भन्दा बढी स्टल रहने आयोजकले जनाएको छ। उद्योग संगठन मोरङले बुधबार विराटनगरमा पत्रकार सम्मेलन गरी एक्स्पोको तयारी, उद्देश्य तथा कार्यक्रमबारे जानकारी गराएको हो। […]