Lite Nepal

बुधबार, कार्तिक १८, २०८३

काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक डा. मनोजकुमार केसीलाई गृहमन्त्री सुधन गुरुङले दर्ज्यानी चिह्न प्रदान गरेका छन् । बुधबार गृह मन्त्रालयमा आयोजित कार्यक्रममा गृहमन्त्री गुरुङले केसीलाई दर्ज्यानी चिह्न लगाइदिएका हुन् ।

यसअघि गृहसचिवले आईजीपीलाई दर्ज्यानी चिह्न प्रदान गर्ने परम्परा थियो । सरकारले दानबहादुर कार्कीलाई हटाएर केसीलाई आईजीपी नियुक्त गरेको हो । कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार बनाइएको छ ।

प्रहरी इतिहासमा यसअघि तत्कालीन गृहमन्त्री वामदेव गौतमले ध्रुवबहादुर प्रधानलाई पहिलोपटक दर्ज्यानी चिह्न लगाइदिएका थिए । त्यसपछि गृहसचिवले लगाइदिने परम्परा चलेको थियो । अहिले पुनः गृहमन्त्रीले नै दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं