काठमाडौं । वामदेव गौतमले राष्ट्रियसभा सदस्यको रुपमा शपथ ग्रहण गरेका छन् । बिहीवार राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष समेत रहेका गौतमलाई सदस्यको शपथग्रहण गराएका हुन् । शपथ लिएपछि गौतमले आफूले राष्ट्रियसभाको गरिमा बढाउने गरी काम गर्ने प्रतिक्रिया दिए । गौतमले पार्टी नेतृत्व, सरकार र राष्ट्रपति भण्डारीप्रति आभार व्यक्त गरे । […]
विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले यातायात व्यवसायीहरुसँग छलफल गरेका छन् । असोज ५ गतेबाट सार्वजनिक यातायात सञ्चालन हुने निर्णय भएपछि यातायात क्षेत्रका सरोकारवाला निकायहरुसँग मुख्यमन्त्री राईले मंगलबार भर्चुअल छलफल गरेका हुन् । लामो समयपछि यातायात सञ्चालन हुने भएपछि यसलाई कसरी सुरक्षित र व्यवस्थित गर्ने भन्ने बारेमा मुख्यमन्त्री राईले सरोकारवालाहरुसँग छलफल गरेका […]
काठमाडौँ । सोमबार बसेको मन्त्रीपरिषद बैठकले राष्ट्रियसभाको रिक्त सदस्य पदमा सत्तारुढ नेकपाका उपाध्यक्ष वामदेव गौतमको नाम सिफारिस गर्ने निर्णय गरेको छ । राष्ट्रियसभामा राष्ट्रपतिले मनोनित गर्ने तीन सदस्यमध्ये युवराज खतिवडाको पदावधि समाप्त भएपछि एक सिट ६ महिनादेखि खाली छ । पर्यटन मन्त्री योगेश भट्टराईका अनुसार नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुन कुलमान घिसिङको विषयमा भने […]
काठमाडौँ । सोमबार साँझ मन्त्रिपरिषद बैठक बस्ने भएको छ । आज बस्ने बैठकले वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा नियुक्तिका लागि सिफारिस गर्ने तयारी गरेको छ । यस्तै बैठकले कुलमान घिसिङलाई विद्युत् प्राधिकरणमा नियुक्त गर्ने संभावना रहेको एक मन्त्रीले जानकारी दिए । यसअघि गत बिहीबार नै बस्नु पर्ने बैठक प्रधानमन्त्रीको कार्यव्यस्तताका कारण बस्न सकेको थिएन । गौतमलाई […]
ताप्लेजुङ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका ताप्लेजुङ जिल्ला सेक्रेटरी किशोर मेन्याङ्बोलाई प्रहरी पक्राउ गरी जेल चलान गरेको छ । फक्ताङ्लुङ गाउँपालिका–३ लिङ्खिमको सिँवाबाट लुकिछिपी हिड्दै गरेको अवस्थामा मेन्याङ्बोलाई प्रहरीले पक्राउ गरेको हो । ताप्लेजुङकै पाथीभरा याङ्वरक गाउँपालिका–२ थेचम्बु घर भएका मेन्याङ्बोलाई दर्जनौ मोबाइलका सिमकार्ड, विभिन्न दस्तावेजसहित पक्राउ गरिएको ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक […]
काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले जितिया पर्वका अवसरमा शुभकामना दिएका छन् । शुभकामना सन्देश दिदै उनले नेपाल बहुजाति, बहुभाषा बहु सांस्कृतिक र मौलिक पर्वका कारण पृथक भएको बताए । उनले आफ्नो परिवारका सदस्यको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै महिलाले व्रत बसी मनाउने जितिया जस्ता पर्वले हामीलाई एकतामा मजबुत बनाउँन सक्ने […]
काठमाडौ । नेपालका लागि अष्ट्रेलियाका राजदूत पीटर वडले नेपालको पर्यटन विकासमा अष्ट्रेलियाको पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका छन् । मंगलबार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई सँग भएको शिष्टाचार भेटवार्ताका क्रममा उनले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् । मन्त्रालयमा भएको बिदाई भेटका अवसरमा उनले नेपाल बसाइँ अत्यन्त सुखद स्मरणीय भएको समेत बताए […]
विराटनगर । निजामती सेवा दिवसको अवसर पार्दै प्रदेश १ का भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री राम रानामगरले मन्त्रालयको प्रांगणमा पूmल रोपेका छन् । निजामती कर्मचारीहरुलाई शुभकामना दिँदै उनले फुल रोपेका हुन् । दिवसको अवसरमा मन्त्रालयकी सचिव निरु दाहाल पाण्डे दाहाल, उपसचिव राजेन्द्र उप्रेतीलगायतले पनि गमलामा फुल रोपेका थिए । विगत वर्षहरुमा निजामती दिवस भव्य […]
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले निजामती कर्मचारीलाई देशको विकास एवं जनताको सेवामा निष्ठापूर्वक समर्पित हुन आग्रह गरेका छन् । निजामती सेवा दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले राष्ट्रसेवकलाई स्वच्छ आचरण र उच्च नैतिक मनोबलका साथ लागि आफ्नो दक्षता अभिवृद्धि गर्दै देशको विकास एवं जनताका सेवामा निष्ठापूर्वक समर्पित हुन आग्रह गरेका हुन् । विसं […]
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा संकृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई आफ्नो जन्मदिनको अवसरमा एसिड पीडित बालिका मुस्कान खातुनलाई आर्थिक सहयोग गरेका छन् । गत भदौ २० गते घरवाट विद्यालय जादै गर्दा वीरगञ्जमा खातुनमाथि दुई युवाले एसिड प्रहार गरेका थिए । एसिड प्रहारवाट घाइते उनको अहिले पनि […]