सिन्धुपाल्चोकको बाढी पहिरोमा परि ७ जनाको मृत्यु, खोज तथा उद्धार जारी

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा मंगलबार साँझ आएको बाढी र पहिरोमा परी सात जनाको मृत्यु भएको छ । प्रमुख जिल्ला अधिकारी अरुण कुमार पोखरेलले प्रहरी र जनप्रतिनिधिले सात जनाको मृत्यु भएको पुष्टि गरेको जानकारी दिए । उनका अनुसार यो भन्दा थप मानवीय क्षतिको विवरण आएको छैन । मंगलबार साँझ मेलम्ची र हेलम्बुमा आएको बाढी–पहिरोले व्यापक क्षति पुर्याएको […]

सिन्धुपाल्चोकको हेलम्बुमा आएको बाढी र पहिरोले कम्तीमा चार जना बेपत्ता

काठमाडौं । सिन्धुपाल्चोकको हेलम्बुमा मंगलबार साँझ आएको बाढी र पहिरोले कम्तीमा चार जना बेपत्ता भएका छन् । हेलम्बु बजार क्षेत्रका ३ पुरुष र १ महिला गरी चार जना बेपत्ता भएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी प्रकाश सापकोटाले जानकारी दिए । यद्यपि स्थानीयले भने मंगलबार साँझ मेलम्ची ९इन्द्रावती०मा आएको बाढीले प्रहरीले बताएको संख्याभन्दा धेरै […]

कस्तो हुन्छ आजको मौषम ? जल तथा मौसम विज्ञान विभागको अनुमान यस्तो छ

काठमाडौं । देशभरी मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। हाल देशभर सामान्य देखि पूर्ण बदली रही गण्डकी, लुम्बिनी प्रदेशका अधिकांश र बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका अधिकांश स्थानहरुमा मेघगर्जनरचट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको […]

मेलम्ची र ईन्द्रावती नदीमा आएको बाढीले किनाराका बस्ती बगायो

काठमाडौं । मंगलबार राती मेलम्ची र ईन्द्रावती नदीमा आएको भीषण बाढीले ठूलो पुर्‍याएको छ। मेलम्ची खानेपानी ड्याम, तिम्बु बजार, चनौटे बजार, तालामाराङ बजार, मेलम्ची बजार, क्षतविक्षत बनाएको प्रहरीले जनाएको छ । यसैगरी नाकोते पूल, तिम्बु पूल, फट्टे पूल, मेलम्ची पूल, बाहुनेपाटी पूल, ढाँडखोला पूल बगाएको छ। बाढी र माटोको लेदोले मेलम्ची क्षेत्रका पक्की घरका संरचनामा […]

दमककी छात्रा सेजलको प्रेमीले नै बला*त्कारपछि ह*त्या गरेको परिवारको दाबी

दमक । झापाको दमककी छात्रा सेजल कोइरालाको बला*त्कारपछि ह*त्या भएको दाबी गरिएको छ । इलाम मंगलबारे घर भएकी सेजलको उनकै प्रेमीले बला*त्कारपछि हत्या गरेको पीडित परिवारको दाबी छ । पीडित परिवारले मंगलबार इलाका प्रहरी कार्यालय दमकमा सेजलको बलात्कारपछि ह*त्या गरिएको दाबी गर्दै जाहेरी दिएको छ । ‘प्रहरी अनुसन्धान र पोस्टमार्टम रिपोर्टले बला*त्कारपछि ह*त्या भएको देखाउछ,’ […]

प्रदेश १ मा कुन क्षेत्रमा कति आयो बजेट ? (सूची सहित)

विराटनगर । राजस्व स्रोतको सुनिस्चितता नभएकाले प्रदेश १ सरकारले आर्थिक वर्ष २०७८/०७९ का लागि बजेटको आकार घटाएर ल्याएको छ। गतवर्ष ४० अर्ब ८९ करोडको बजेट ल्याएको प्रदेश १ ले यसपटक ८ अर्ब ४३ करोड कम बजेट ल्याएको हो। ठूलो आकारको बजेट ल्याउँदा चालु आर्थिक वर्षमा प्रदेश सरकारलाई स्रोत जुटाउन समस्या भएको थियो। मंगलबार प्रदेश १ […]

मोरङको बेलबारीमा अस्ट्रेलियाबाट ल्याएको भन्दै लोकल बाख्रा बेचेको खुलासा, बाख्रा ल्याउनेसँग सम्झौता खारेज

विराटनगर । अस्ट्रेलियाबाट ल्याइएको भनिएका बोयर जातका बाख्राका पाठापाठी स्थानीय जातको भएको पुष्टि भएपछि मोरङको बेलबारी नगरपालिका र ग्रो अर्गानिक कृषि प्रालि सङ्खुवासभाबीच भएको बोयर बाख्रा खरिद सम्झौता खारेज भएको छ । बेलबारी नगरपालिकाको हिजो बसेको बसेको ६९ औँ नगर कार्यपालिकाको बैठकले सो प्रालिसँग नगरपालिकाले बोयर बाख्रा खरिद सम्बन्धमा गत जेठ ३ गते गरेको सम्झौता […]

नेपालमा २४ घण्टामा ४१७८ कोरोना मुक्त, ४१ को निधन

काठमाडौं । पछिल्लो २४ घण्टामा चार हजार १८७ जनाले कोरोना भाइरस (कोभिड–१९) संक्रमण जितेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँग नेपालमा कोरोना जित्नको संख्या पाँच लाख ४० हजार ४३९ पुगेको छ । त्यसैगरी २४ घण्टामा २७ सय ४५ जनामा संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार ७ हजार ४४९ जनाको पीसीआर र ५ […]

प्रदेश १ को बजेटबारे प्रतिपक्षलाई मन परेन, कुहिरोमा हराएको काग जस्तै भएको टिप्पणी

विराटनगर । प्रदेश १ सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट कुहिरोमा हराएको कागजस्तै भएको प्रतिपक्षी दलका नेताहरुले टिप्पणी गरेका छन् । आर्थिक मामिला तथा योजनामन्त्री टंक आङ्बुहाङले मंगलबार प्रदेशसभामा ३२ अर्ब ४६ करोड ९२ लाख बजेट प्रस्तुत गरेका थिए । चालु आर्थिक वर्षको भन्दा ८ अर्ब ४३ करोड ७४ लाख कम रहेको बजेटमा ६ […]

ताप्लेजुङ र पाँचथरसहित प्रदेश १ मंगलबार ३८५ संक्रमित थपिए, ५५७ जना संक्रमणमुक्त

विराटनगर । प्रदेश १ मा आज ५५७ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २३२ महिला र ३२५ पुरुष रहेका छन् । हालसम्म संंक्रमणमुक्त हुनेको संख्या ४९ हजार ७९५ पुगेको छ । प्रदेश १ मा आज ३८५ जना कोरोना संक्रमित थपिएका छन् । झापामा १७७, सुनसरीमा ९१, मोरङमा ८०, संखुवासभामा ७, इलाममा ६, पाँचथरमा ४, […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा