विराटनगर महानगरको बजेट ४ अर्ब १० करोड, सन्ध्याकालीन आरती निर्माणका लागि २ करोड

विराटनगर । विराटनगर महानगरपालिकाले आगामी आर्थिक २०७८/७९ का लागि ४ अर्ब १० करोड ३ लाख २८ हजारको बजेट प्रस्तुत गरेको छ । प्रदेश १ को एकमात्र महानगरपालिकाको यो बजेटले प्रदेश राजधानीको अवस्थालाई झल्काएको छ । कार्याालय संचालन तथा प्रशासनिक खर्चमा ४६ करोड ७० लाख ५२ हजार ९२५ तथा पुँजीगत तर्फ ३ अर्ब ५८ करोड ३२ […]

आन्दोलनरत संयुक्त संघर्ष समितिले प्रधानमन्त्रीलाई पठाए ज्ञापनपत्र

धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आन्दोलनरत संयुक्त संघर्ष समितिले प्रतिष्ठानमा देखिएका समस्या हल गरिदिन भन्दै इलाका प्रशासनमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको छ । चिकित्सा शात्रका विद्यार्थीको सिकाइ अनि जनताहरूको जीवन र स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने र असर पर्ने मुद्दाहरूलाई द्रुत गतिमा छानविन गरी दोषी ठहर भए कारबाही गर्न सम्बद्ध निकायलाई प्रधानमन्त्रीबाट निर्देशन भएमा प्रतिष्ठानले […]

११ महिनामा साढे २८ अर्ब रुपैयाँ भन्दा धेरैको चामल आयात

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा नेपालले साढे २८ अर्ब रुपैयाँ भन्दा धेरैको चामल आयात गरेको छ । भन्सार विभागले बुधबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको अन्तराष्ट्रिय व्यापारको तथ्याङ्कमा यस्तो विवरण सार्वजनिक भएको हो । यस वर्षको चामल आयात अघिल्लो वर्षको समीक्षा अवधिको तुलनामा ७ अर्ब ४० करोडले बढी हो । गत वर्ष जेठसम्म […]

१० सन्तान एकैपल्ट जन्माएको भनिएकी दक्षिण अफ्रिकी महिला गर्भवतीसमेत नभएको पुष्टि

एजेन्सी । दक्षिण अफ्रिकाकी एक महिलाले १० बच्चा जन्माएर विश्व कीर्तिमान कायम गरेको भनेर प्रचारित समाचार गलत प्रमाणित भएको छ। बीबीसीका अनुसार बीबीसीसमेतले एकैपल्ट १० बच्चा जन्माएको भनेर रिपोर्टिङ गरिएकी महिला गोसिआमे सिथोल गर्भवती समेत नभएको आधिकारिक अनुसन्धानबाट खुलेको छ। अहिले ३७ वर्षीया ती महिलालाई अनुसन्धानको दायरामा आएको र मानसिक स्वास्थ ऐन अन्तर्गत नियन्त्रणमा लिइएको […]

कोरोनाको फरक खोप लगाउँदा के हुन्छ ? डब्लुएचओको आयो चेतावनी

काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले कोरोना भाइरस विरुद्धको पहिलो मात्रा ‘एस्ट्राजेनेका (कोभिसिल्ड)’ खोप लगाएका व्यक्तिले दोस्रो मात्रा ‘भेरोसेल’ खोप लगाउँदा अझै बढी प्रभावकारी हुन्छ भन्ने आधार पुष्टि नभएको बताएको छ। ‘पहिलो मात्रा एस्ट्राजेनेका (कोभिसिल्ड) खोप लगाएका व्यक्तिले दोस्रो मात्रा भेरोसेल खोप लगाउँदा अझै बढी प्रभावकारी हुन्छ भन्ने भन्ने गलत समाचारप्रति डब्लुएचओ ध्यानआकर्षण गराउन चाहन्छ’, […]

मधुमेहका बिरामीले पाकेको आँप खानु हुन्छ ?

विराटनगर । गर्मी मौसम पाकेको आँपको मौसम हो । यो मौसममा स्वादिष्ट आँप खान धेरैलाई मन पर्छ । आँपमा कयौँ प्रकारका पोषक तत्वहरु पाइन्छन् । आँपमा प्राकृतिक मिठास हुन्छ । सबै प्रकारका व्यक्तिले आँप मन पराउँछन् । पाकेको आँपको स्वाद गुलियो हुन्छ । त्यसैले पाकेको आँप मधुमेहका रोगीले खान हुन्छ कि हुँदैन ? आँपमा भिटामिन […]

राष्ट्रिय कविता महोत्सवमा भोजपुरकी राई प्रथम, ताप्लेजुङकी बराल तृतिय

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानको ६४ औं वार्षिकोत्सवको उपलक्ष्यमा आयोजित ‘राष्ट्रिय कविता महोत्सव–२०७८’मा भोजपुरकी कविता राई प्रथम भएकी छन्। बुधबार भर्चुअल माध्यमबाट भएको कविता महोत्सवमा छनोट भएका ४० कविलाई पछि पार्दै कविता प्रथम भएकी हुन्। उनको ‘देशको नक्सा’ बोलको कविता प्रथम भएको छ। त्यसैगरी अमृता स्मृति द्वितीय, सविता बराल, निरञ्जनाकुमारी चन्द र प्रकाश सिलवाल तृतीय […]

सन् २०२१ भित्र सबै नेपाली नागरिकलाई खोप

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०२१ भित्र सबै नागरिकलाई खोप लगाइने बताएका छन् । नेपाल बाल संगठनको केन्द्रीय सभाको अधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले खोपको अभाव क्रमशः सुल्झँदै गएको समेत बताए । भर्चुअल माध्यममार्फत कार्यक्रमलाई सम्बोधन गरेका ओलीले अबका वर्ष यस्ता कार्यक्रम भर्चुअल माध्यमबाट नभई प्रत्यक्ष भेटेर नै गर्न सकिने बताए । यस अगाडि […]

स्थानीय सरकारको बजेट आज आउँदै

काठमाडौं । स्थानीय तहहरुले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट आ-आफ्नो सभामा बिहीबार प्रस्तुत गर्दैछन् । कतिपय स्थानीय तहले असार १० गतेअघि नै नीति, कार्यक्रम र बजेट सभामा पेस गरिसकेका छन् भने केहीले आज पेस गर्न लागेका हुन् । अन्तरसरकारी वित्त व्यवस्थापन ऐन र स्थानीय सरकार सञ्चालन ऐनमा सबै स्थानीय सरकारले असार १० गतेभित्र आगामी […]

‘कोलेस्टेरोल’ साइलेन्ट किलर बन्दै, जोगिने उपाय कसरी ?

हेर्दा हट्टाकट्टा देखिने राजीव मोक्तान (४४) अचानक छाती दुखेपछि अस्पताल पुगे । छातीको एन्जिओग्राफी गरियो । मेडिकल रिपोर्ट हेरेर परिवारका सदस्य मात्र होइन, मुटुरोग विशषज्ञ नै चकित परे । मोक्तान भन्छन, ‘यसअघि त्यस्तो खासै समस्या परेको थिएन । रिपोर्ट हेर्दा त साठी प्रतिशत रगत बहने नसा ब्लक भएको रहेछ ।’अहिले उनी रक्तनली ब्लक गर्न भूमिका खेल्ने खराब कोलेस्टेरोल (एलडीएल) घटाउने […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं