संखुवासभामा कोरोना संक्रमित तीन दिनदेखि क्‍वारेन्टाइनमै, उपचारको टुंगो लागेन

खाँदबारी : संखुवासभाका ३ जनामा कोरोना पोजिटिभ देखिएपनि ३ दिन वित्दा पनि उनीहरुको उपचारको टुंगो लागेको छैन । कोरोना भाइरस संक्रमितको उपचारमा आइसोलेसन अभावपछि उनीहरुलाई क्वारेन्टाइनमा नै राखिएको छ । मंगलबार एक प्रहरीसहित तीनजनामा कोरोना पुष्टि भएको थियो । संखुवासभामा सरकारी र निजीसहित २० वार्डको आइसोलेसन वार्ड भएपनि स्थानीयले अवरोध गरेपछि संक्रमितलाई क्वारेनटाइनमा राखिएको स्वास्थ्य […]

पोखरामा एकै परिवारमा १३ जनामा कोरोना संक्रमण

पोखरा । पोखरामा कोरोना संक्रमण समुदायमा फैलिएको पाइएको छ। पछिल्लो समयमा पोखरा–५ मालेपाटनका एकै परिवारमा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। परिवारमा पहिलो कोरोना संक्रमण पुष्टि साउन २४ गते सहकारीमा काम गर्ने एक महिला सदस्यमा भएको थियो। स्वाब टेष्ट गर्दा त्यही परिवारका अरु ११ जनामा कोरोना संक्रमण देखिएकोमा बिहीबार थप दुई जनामा पनि कोरोना […]

पशु सेवा विभागले भन्यो, ‘कुुखुराको मासु र अण्डा खाँदा कोरोना सर्दैन’

काठमाडौं । पुश सेवा विभागले कुखुराको मासु र अण्डा खाँदा कोरोना भाइरस नसर्ने प्रष्ट पारेको छ। विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालहरुमा कुखुराको मासुमा कोरोना जस्ता समाचारहरु प्रकाशन तथा प्रसारण भएपछि विभागले विज्ञप्ति निकालेर मासु र अण्डा खाँदा फरक नपर्ने प्रष्ट पारेको हो। विभागका महानिर्देशक डा. बंशी शर्माले मासु र अण्डा नियमित सेवनबाट कोरोना भाइरसविरुद्ध […]

विराटनगरका ६ पत्रकारले जिते कोरोना, आज डिस्चार्ज हुँदै

विराटनगर । कोरोना संक्रमण पछि आईसोलेसनमा रहेको विराटनगरका छ जना पत्रकार कोरोना मुक्त भएका छन् । कोरोना जितेका पत्रकारहरुमा मोहन भण्डारी, कमल रिमाल, संजीव खनाल, बाबुराम भण्डारी, जितेन्द्र नारायण ठाकुर र दिनेश साह रहेका छन् । तीन दिन अघि दिएको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आए पछि उनिहरु सबैलाई विहीबारनै डिस्चार्ज गर्ने तयारी रहेको विराटनगर महानगरपालिकाले […]

धनकुटाका स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

धनकुटा । धनकुटाका एक स्वास्थ्यकर्मीमा आज कोरोना संक्रमण पुष्टि भएको छ । सहिदभूमी गाउँपालिकामा कार्यरत ४५ बर्षीय पुरुष स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । सहिदभूमीबाट १६ जनाको स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि धरानस्थित बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान पठाईएको थियो । प्रतिष्ठानमा पीसीआर परीक्षण गर्दा ती स्वास्थ्यकर्मीको रिपोर्ट पोजिटिभ आएको […]

गण्डकीमा थपिए ६ जना कोरोना संक्रमित, कुन जिल्लामा कति ?

काठमाडौं । गण्डकी प्रदेशमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण बढ्दै गइरहेको छ । यस्तै बिहीबार पनि थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमित हुनेहरुमा पोखरा महानगरपालिकाका तीन जना, तनहुँका दुई जना र स्याङ्जाका एक जना रहेको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । कोरोना संक्रमित ६ जनामा ३ जना महिला र ३ जना […]

दुई सन्तान जन्माउनेलाई पुरस्कार !

तनहु । रम्भा गाउँपालिकाले एक वा दुई सन्तान जन्माइ परिवार नियोजन गर्नेलाई पुरस्कार प्रदान गर्ने भएको छ। समाजमा दुई सन्तान जन्माउने स्मार्ट दम्पतीलाई रु पाँच हजार प्रदान गरिने छ। एक वा दुई सन्तान जन्माइ परिवार नियोजनका लागि प्रेरित गर्ने तथा जन्मदर न्यूनीकरण गर्ने उद्देश्यले सम्मान तथा पुरस्कारको व्यवस्था गरिएको गाउँपालिका अध्यक्ष विष्णु भण्डारीले बताए। गाउँपालिकाले […]

सीमामा कडाई गर्दा भारतीयको सहयोग लिएर प्रहरीमाथि आक्रमणको प्रयास

विराटनगर । नेपाल–भारत सीमा क्षेत्रअन्तर्गत विराटनगर महानगरपालिका–१७ इश्लामपुरमा बुधबारराति नेपाल प्रहरी र सशस्त्र प्रहरीमाथि आक्रमणको प्रयास भएको छ। कोरोना भाइरसको महामारीका कारण नेपालबाट भारत र भारतबाट नेपालतर्फ आवतजावत गर्न नदिन नाकामा खटिएका प्रहरीमाथि आक्रमण गर्न खोजिएको हो। सामान खरिद गर्ने बहानामा भारततर्फ गएकालाई नेपाल र सशस्त्र प्रहरीले उतै रोक्न खोजेपछि बुधबार साँझबाट तनाव सुरु भएको […]

अनैतिक सम्बन्धका कारण सुनसरीमा युवकको हत्या

सुनसरी । सुनसरी भोक्राहाका २२ वर्षीय गुणराज यादवको हत्या भयो । भोक्राहा गाउँपालिका–७ स्थित घरबाट साउन २९ मा ‘मोवाइल पसलमा काम छ’ भनेर निस्केका गुणराजको शव साउन ३१ मा सुनसरी खोलामा भेटिएको थियो । गाउँकै पाँचजना मिलेर उनको हत्या गरेको अनुसन्धानबाट खुलेको भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक (एसपी) कमल थापाले जानकारी दिए । […]

एसईईमा विद्यालयले पठाए आफूखुसी अंक, सबै विद्यार्थीलाई ‘फुल मार्क’

काठमाडौं । कोभिड–१९ का कारण परीक्षा रोकिएको यसपल्टको एसईईमा आफैंले मूल्यांकन गर्न पाउने भएपछि विद्यालयहरूले विद्यार्थीलाई कुस्त अंक दिएको पाइएको छ । विद्यालयले पठाएको अंकका आधारमा राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थीलाई प्रमाणपत्र दिने भएपछि नम्बर थपेको देखिएको हो । बोर्डले सोमबार सार्वजनिक गरेको नतिजाले यसको पुष्टि गरेको छ । ग्रेडिङ सुरु भएको वर्ष ०७२ को एसईईमा ४ मा ४ […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा