Lite Nepal

बिहिबार, माघ ०८, २०७७

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई विरुद्ध संसद सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता भएपछि बुधबारबाट सुरु भएको प्रदेशसभा बैठकमा ‘मुठभेड’को आशंका धेरैको थियो ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रकै प्रचण्ड–नेपाल समुहले अविश्वासको प्रस्ताव दर्ता पछि सांसद निलम्बनको दोहोरी दुबै समुहमा चल्दा सदनमा रोक्ने र छेक्ने सम्मको योजना दुबै समुहमा थियो । तर, दुवै समूहको दबाव सभामुख प्रदीपकुमार भण्डारीले अस्वीकार गरेपछि बैठक सामान्य रुपमा सुरु भयो ।

प्रदेश १ संसदको हिउँदे तथा सातौं अधिवेशनको पहिलो बैठक बस्नु अघि भएको कार्यव्यवस्था समितिको बैठकमा नेकपाको दुई समूहले एकअर्काविरूद्ध गरेको कारबाही कार्यान्वयन हुनुपर्ने अडान सभामुख समक्ष राखेका पनि थिए ।

आफूले कारबाही गरेका १६ जना सांसदलाई प्रवेश गर्नै नदिने ओली समूहको घोषणा र मुख्यमन्त्री शेरधन राईलाई दलको नेताका रूपमा बोल्न नदिने प्रचण्ड–नेपाल समूहको तयारीले बैठकलाई सबैले महत्वका साथ हेरेका थिए । यस्तो अवस्था आउने आशंकामा संसद सचिवालय वरपरको क्षेत्रमा बाक्लो संख्यामा प्रहरी समेत परिचालन पनि गरिएको थियो ।

दुई समुहका सबै तयारीलाई सभामुखको अडानले सामान्य रुपमा परिणत गरेको छ । बुधबारको पहिलो बैठकमा प्रदेश प्रमुख सोमनाथ प्यासीले पठाएको अधिवेशन आह्वानको पत्र वाचन गरेर संसद अर्को सूचना जारी नभएसम्मका लागि सभामुखले बैठक स्थगित गरे ।

पहिलो बैठक मात्रै तीन मिनेट पनि पुरा सञ्चालन भएन । दुई मिनेट ४३ सेकेण्डमात्रै चलेको बैठकमा नेकपाका सबै सांसद एकै लहरमा शान्तपुर्वक बसेका थिए, मुख्यमन्त्री बैठकमा उपस्थित भएनन् ।

बैठक पूर्वको कार्यव्यवस्था परामर्श समितिको बैठकमा ओली समूहका इन्द्रमणि पराजुली र प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले मुख्यमन्त्री शेरधन राईले निलम्बन गरेका प्रचण्ड–नेपाल समूहका १६ जनामाथिको कारबाही कार्यान्वयनको माग गरेका थिए ।

लगतै नेकपा प्रचण्ड–नेपाल समूहका सीतादेवी थेवे र सौभाग्यवती राईले आफ्नो समुहले गरेको निर्णय कार्यन्वयनको अडान राखेका थिए । त्यसपछि सभामुख बुधबारबो बैठक सुरुवात मात्रै गरेर अनिश्चित समयका लागि स्थिगित गर्ने मुडमा पुगेका हुन् । सभामुखको यस्तो निर्णय गर्ने प्रस्तावमा कांग्रेस र जसपाले समर्थन जनाएका थिए ।

कार्यव्यवस्था समितिको बैठकमा नेकपाका दुई पक्षले आफ्नो अडान राखेपछि कांग्रेस, जनता समाजवादी दलका नेता र प्रमुख सचेतकले पनि आफ्नो राय राखेको संसद सचिवालयले जनाएको छ । जसपा संसदीय दलका नेता जयराम यादवले नेकपा पार्टीको विवादले सदनमा असर नपु¥याउन आफुले आग्रह गरेको बताए ।

पहिलो दिनको बैठक कुनै गतिविधि बेगरै सकिएपछि नेकपाको प्रचण्ड–नेपाल समूहले आफुहरुको प्रयास सफलरुपमा अघि बढेको दाबी गरेका छन् भने ओली समूहले सदन सञ्चालनको सर्तमा मात्रै सहमति जनाएको जनाएको छ । अर्को बैठकमा पनि कारबाही कार्यान्वयनको गर्ने ओली समूहका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा