मुग्लिन-पोखरा सडक विस्तार : ५३ किलोमिटर कालोपत्र

तनहुँ– मुग्लिन–पोखरा सडकअन्तर्गत ५३ किलोमिटर खण्ड कालोपत्र भएको छ। असी किलोमिटर लामो उक्त सडकको पूर्वी ३३ र पश्चिमी खण्डमा २० किलोमिटर कालोपत्र गरिएको हो । मुग्लिन–पोखरा सडक विस्तार आयोजना कार्यालयका अनुसार बाँकी भागमा धमाधम काम भइरहेको छ । हालसम्म पूर्वी खण्डमा ६२ र पश्चिमीमा २८ प्रतिशत भौतिक प्रगति भएको छ । असारदेखि असोजसम्म ‘मनसुन’ सक्रिय […]

फेरि विवादमा राजेशपायल, उड्न लागेको जहाजबाट निकालेर प्रहरीको जिम्मा

काठमाडौं- यूएईको दुबई सहरमा सांगीतिक कार्यक्रमका लागि जान लागेका गायक राजेशपायल राई अर्को विवादमा मुछिएका छन् । बिहीबार बिहान त्रिभुवन विमानस्थलबाट दुबईका लागि उड्न पुगेका उनलाई मादक पदार्थ पिएर लफडा गरेपछि त्यहीँबाट फिर्ता गरिएको छ। फ्लाई दुबई एयरलाइन्सको जहाजबाट उड्न लागेका राईलाई मादक पदार्थले मातेर लफडा गरेको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै फर्काइएको हो । अत्यधिक […]

पत्रकार महासंघको उम्मेदवारी दर्ता शनिबार

काठमाडौं– नेपाल पत्रकार महासंघको यही असार २२ गते हुने निर्वाचनको कार्यतालिकामा सामान्य हेरफेर भएको छ । महासंघले आज एक विज्ञप्ति जारी गर्दै महासंघको नेतृत्वका लागि आज हुने भनिएको मनोनयन दर्ता शनिबारलाई सरेको छ । शनिबार बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म उम्मेदवार दर्ता हुनेछ । त्यसका लागि आज रातिसम्म अन्तिम मतदाता नामावली प्रकाशित हुनेछ । […]

मनसुन सुरु भएदेखि हालसम्म २८ जनाको मृत्यु

काठमाडौं– मनसुन भित्रिएपछि गत जेठ २८ देखि यही असार १२ गतेसम्ममा विपद्बाट ३३ जिल्ला प्रभावित भएका छन्। गृह मन्त्रालयका अनुसार ताप्लेजुङ, पाँचथर, सङ्खुवासभा, सिन्धुपाल्चोक, रसुवा, चितवन, लमजुङ, पर्वत, म्याग्दी, नवलपरासीपूर्व, गुल्मी दाङ, बाजुरा, कास्कीलगायत जिल्ला बढी प्रभावित भएका हुन् । यस अवधिमा कूल १४७ विपद्का घटना भएको र ती घटनाहरूमा परेर २८ जनाको मृत्यु भएको […]

सिरानीको खोल कति दिनपछि परिवर्तन गर्ने ?

काठमाडौं – ओछ्यानमा आरामदायी सुत्नको लागि सिरानी/तकिया हुनु आवश्यक छ। सिरानी बिना सुत्नको तपाई कल्पना गर्नुहोस् त सक्नु हुन्छ ? अवश्य पनि असहज महसुस भयो होला । प्राय धेरै मानिसहरू सिरानी लगाएर नै सुत्छन् । सिरानीको खोल र बेडमा ओछ्याएको तन्ना समय समयमा परिवर्तन गरिरहनु पर्छ । आज हामी सिरानीको खोल लामो समय सम्म परिवर्तन […]

राहत तथा उद्धारका काममा तीव्रता दिन सांसदहरूको माग

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले मनसुनी जोखिम न्यूनीकरण र राहत तथा उद्धारका काममा तीव्रता दिन माग गरेका छन् । बाढी, पहिरो, चट्याङ, डुबानलगायत समस्याले देशभर जनजीवन प्रभावित भएको भन्दै उनीहरूले सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा आकस्मिक समयमा बोल्दै सांसद ईश्वरीदेवी न्यौपानेले मनसुन सुरु भइसकेको अवस्थामा बाढी, पहिरो, डुबान, चट्याङलगायत विभिन्न प्राकृतिक विपद्का […]

पसिना धेरै आउँछ ?

काठमाडौं- छालाको भित्री सतहमा रहेको विशेष खालको ग्रन्थिबाट पसिना बन्दछ। यो गर्मीयाममा पसिना आउने समस्याबाट धेरै मानिसहरू पिरोलिने गरेका छन् । पसिना आउनु स्वास्थ्यका हिसाबमा राम्रो कुरा हो । किनकि शरीर भित्र रहेका विकारहरू पसिनाको रूपमा बाहिर आउँछ । तर धेरै पसिना आउनु पनि राम्रो भने मानिँदैन । शरीरबाट पसिना निस्केन या कुनै कारणवश पसिना […]

बालबालिकालाई सघाउन दीर्घकालीन बचतकोष

तनहुँ– तनहुँको ऋषिङ गाउँपालिकाले आफ्नो क्षेत्रका बालबालिकालाई आर्थिक अभावबाट जोगाउन हरेक नवजात शिशुलाइ जनही पाँच हजार प्रदान गर्ने तथा सो रकम दीर्घकालीन बचतकोषमा जम्मा गरिदिने भएको छ । बालबालिकालाई उपचार तथा शिक्षाका निम्ति आर्थिक समस्या हुन नदिन जन्मने वित्तिकै पालिकाले बच्चाकै नाममा पाँच हजारको दीर्घकालिन बचतकोष खडा गर्ने निर्णय भएको गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले जानकारी […]

रुसी सेनामा कार्यरत तनहुँका एक युवाको मृत्यु

तनहुँ – तनहुँको आँबुखैरेनी गाउँपालिका–५ भोटेश्वारा घर भई हाल रुसी सेनामा भर्ना भएका एक युवाको मृत्यु भएको छ । सात महिना अगाडि रुसी सेनामा भर्ना भएका रन्जित गुरुङको केही दिन अगाडि मृत्यु भएको हो । रुसी सेनामा भर्ना भएका गुरुङकै साथीले निजका परिवारलाई फोन गरेर उनको मृत्यु भएको जानकारी गराएको छिम्केश्वरीस्थित कन्यादेवी माध्यमिक विद्यालयका प्रधानाध्यापक […]

भूक्षय रोक्न बिरुवा निःशुल्क

नवलपरासी– हरियाली प्रवर्द्धनका साथै भूक्षय नियन्त्रण गर्ने उद्देश्यले डिभिजन वन कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)ले २८ प्रजातिका एक लाख ६० हजारभन्दा बढी बिरुवा निःशुल्क वितरण गर्ने लक्ष्यका साथ सर्वसाधारणलाई बिरुवा बाँड्न सुरु गरेको छ । वन कार्यालयले कावासोती र गैँडाकोट गरी दुई वटा नर्सरीमा उत्पादित विभिन्न प्रजातिका बिरुवा वितरण थालेको हो । डिभिजन वन कार्यालय नवलपरासी […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं