
काठमाडौं – दलहरुले बुझाएको समानुपातिक सांसदहरुको सूची सच्याउन निर्वाचन आयोगले आजदेखि दुई दिनको समय दिएको छ । समानुपातिक सिद्धान्त र क्लस्टर अनुसार नमिलेको नाम सच्याएर बुझाउन आयोगले आइतबार र सोमबार दुई दिनको समय दिएको छ । आयोगको तालिका अनुसार दलहरुले शनिबार सामानुपातिक तर्फको बन्दसूचीमा उल्लेख भएका नामावली निर्वाचन आयोगमा बुझाएका थिए । ती नामावली भित्रैबाट […]
काठमाडौं – नेकपा एमालेले हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीविरोधी गतिविधिमा संलग्न भएको भन्दै घनश्याम भूसाल, प्रभु साहसहितका नेताहरुलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारवाही गरेको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा शनिबार बसेको सचिवालय बैठकले निर्वाचनमा पार्टीविरोधी गतिविधिमा लागेका नेताद्वय भूसाल र साहलाई पार्टीको साधारण सदस्य पनि नरहने गरी कारबाहीको निर्णय गरेको […]
ताप्लेजुङ – लिम्बू समुदायले महान् चाडको रुपमा मनाउँदै आएको चाड हो चासोक तङ्नाम । चासोक तङ्नाम (न्वागी पूजा) अर्थात् उधौली पूजा पनि भन्ने गरिन्छ । उधौली याममा बालीनाली भित्र्याउने बेलामा यो पर्व सम्पन्न गरिन्छ । चासोक तङ्नामलाई न्वागी पर्व पनि भनिन्छ । चासोक भन्नाले उब्जाइएको नयाँ अन्नबाली चढाउने पूजा हो भने तङ्नाम भनेको पर्व हो […]
ताप्लेजुङ — हरेक बिहान माथिल्लो फेदीबाट उकालो चढ्ने र दिउँसो ओरालो झर्ने राजेन्द्र महतले रेडपान्डाका बच्चाको हूल देखे । क्याउँक्याउँ कराउँदै आफूनजिक आएका बच्चालाई तीर्थयात्रीले हातले सुमसुम्याए र फोटो/भिडियो कैद गरे । एउटा माउको पछिपछि तीन बच्चा हिँडिरहेको दृृश्य तीर्थयात्रीका लागि अनौठो थियो । पाथीभरा मन्दिरका कर्मचारीसमेत रहेका राजेन्द्रले नजिस्क्याउन र अलग्गैबाट तस्बिर लिन तीर्थयात्रीलाई सुझाए । मानवीय दूरीबाट […]
दोहा – वाइन रुनी १८ वर्ष अगाडि आफूलाई सम्झिँदै भन्छन्, ‘म विश्वकै उत्कृष्ट खेलाडी थिएँ। म जत्तिको कोही पनि थिएनन्।’ १८ वर्षका रुनीले अमाजन प्राइमको एक डकुमेन्ट्रीमा भनेका छन्, ‘म यसमा विश्वस्त थिएँ। पेले, डियगो म्याराडोना वा जर्ज बेस्ट पनि थिए। तर, त्यसको मतलब थिएन।’ त्यसबेलाका इङ्लिस प्रशिक्षक स्भेन गोरन एरिक्सन पनि रुनीकै कुरामा समर्थन […]
विराटनगर – प्रत्यक्षतर्फ एउटा पनि सिट नजितेको जनता समाजवादी पार्टी (जसपा) समानुपातिक मतका आधारमा प्रदेश १ मा सरकार बनाउन निर्णायक हुने देखिएको छ । समानुपातिकतर्फ ल्याएको ६१ हजार ७२३ मतका आधारमा जसपाले पाउने एउटा सिट सरकार निर्माणमा निर्णायक बन्ने भएको हो । यद्यपि समानुपातिकबाट सांसद चयन हुने प्रक्रिया बाँकी नै छ । नेकपा (एमाले) सँग […]
काठमाडौं – नेकपा एमालेका सचिव योगेश भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग भेटेर बधाई साटासाट गरेका छन् । भट्टराईंले ताप्लेजुङबाट दोस्रोपटब चुनाव जितेका हुन् । सोमवार बिहान अध्यक्ष ओलीलाई भेट्न उनी बालकोटस्थित ओली निवास पुगेका थिए । भट्टराईले गठबन्धनका तर्फबाट माओवादी केन्द्रका खेलप्रसाद बुढाक्षेत्रीलाई २०४ मतले पराजित गरेका थिए ।
ताप्लेजुङ — नेपाल वायु सेवा निगमले विराटनगर–ताप्लेजुङ परीक्षण उडान गरेको छ । नियमित उडान छोडेको १४ वर्षपछि परीक्षण गरेको हो । स्टेसन इञ्चार्ज लोकेन्द्र लिम्बुका अनुसार बिहीबार बिहान यात्रु लिएर काठमाडौंबाट आएको जहाजले ताप्लेजुङ–विराटनगर–ताप्लेजुङ उडान गरेको थियो । सिनियर पाइलट पेम्बा शेर्पा र मनिष विष्टले उडान भरेको निगमले जनाएको छ । प्रदेश राजधानी विराटनगर उडान […]
सुनसरी — प्रदेश १ मा मुख्य मन्त्री र सभामुख को-को होलान् ? यतिबेला पूर्वमा सबैको चासो मुख्यमन्त्री र सभामुख बन्न चाहने आकांक्षीहरूको बारेमा चर्चा चल्न थालेको छ । ७ प्रदेशमध्ये प्रदेश १ मा सत्ता गठबन्धनलाई पछि पार्दै नेकपा एमाले, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बीचको चुनावी गठबन्धनले बहुमत प्राप्त गरेपछि विशेष गरी […]
विराटनगर – प्रदेश १ मा नेकपा एमाले नेतृत्वको गठबन्धनको बहुमत पुग्ने देखिएको छ । ९३ सदस्यीय प्रदेशसभामा ५६ जना प्रत्यक्ष निर्वाचित हुनेछन् भने ३७ जना समानुपातिक पद्धतिबाट निर्वाचित हुनेछन् । प्रदेशमा सरकार गठनका लागि ४७ जना सांसदको समर्थन आवश्यक पर्छ । समानुपातिकको मत गणना अन्तिमतिर पुग्दा एमाले, राप्रपा र जनता समाजवादी पार्टी (जसपा)को गठबन्धनको सिट […]