कति छन् विवाहका लगन ?

काठमाडौं– याे मंसिरको महिना हाे । यो महिना आउने बित्तिकै धेरैको मनमा आउने एउटा कुरा हो– विवाहको लगन । मंसिरमा विशेष गरी विवाहका लगन हुने गर्छन् । विवाह गर्ने महिना नै भनेर भन्दा पनि फरक नपर्ला । तर यसपाली यो महिनाले धेरैको मनमा निराशा छाइदिएको छ । कारण यो मंसिरमा एक मात्रै विवाहको लगन परेको […]

दुर्घटना न्यूनीकरणका लागि संवेदनशील र जिम्मेवार भएर लाग्न गृहमन्त्रीको निर्देशन

काठमाडौं– गृहमन्त्री रमेश लेखकले सवारी दुर्घटना न्यूनीकरणका लागि सबै निकायलाई संवेदनशील र जिम्मेवार भएर लाग्न निर्देशन दिएका छन् । सिंहदरबारस्थित गृह मन्त्रालयमा आज सवारी दुर्घटना जोखिम न्यूनीकरण सम्बन्धमा आयोजित छलफलमा उनले यात्रुवाहक सवारी साधनमा क्षमताभन्दा बढी यात्रु बोक्न नदिन, तीव्र गतिमा सवारी चलाए कानुनबमोजिम जरिवाना र कारबाही गर्न, सवारी चालक अनुमति पत्र वितरण प्रक्रिया कडाइका […]

सर्वसाधारणका लागि नयाँ धरहरा खुला, शुल्क लाग्छ ?

काठमाडौं । भूकम्पपछि पुनर्निर्माण गरिएको धरहरा सर्वसाधारणका लागि खुला गरिएको छ । २०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्पले ढलेको धरहराको छेउमा उस्तै धरहरा बनेपछि संविधान दिवसको अवसर पारेर सरकारले आजदेखि सार्वसाधारणलाई पनि प्रवेश खुला गरेको हो । यही भदौ २७ गते बसेको मन्त्रीपरिषद् बैठकले संविधान दिवसको अवसर पारेर धरहरा खुला गर्ने निर्णय गरेको थियो […]

१२ जिल्लाका प्रमुख जिल्ला अधिकारी हेरफेर, काे कहाँ परे ?

काठमाडौँ – गृह मन्त्रालयले १२ जिल्लाको प्रमुख जिल्ला अधिकारी (सिडिओ) हेरफेर गरेको छ। बुधवार बसेको बैठकले १२ जिल्लाका सिडिओको जिम्मेवारी हेरफेर गरेको हो । मन्त्रालयले रामेछापमा राजु प्रसाद पौडेल, डोल्पामा रोमबहादुर महत, बझाङमा ओमप्रसाद भट्टराई, बाजुरामा मेघनाथ पाध्या, मनाङमा मातृका आचार्य, मुगुमा कमलप्रसाद पाण्डे, रुकुम पूर्वमा रुद्रप्रसाद न्यौपानेलाई सरुवा गरेको छ। यस्तै, दैलेखमा नवराज जैसी, […]

एमालेको निर्वाचनमा प्यानल बनाउन नपाइने

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टीको अधिवेशनको निर्वाचनमा प्यानल बनाउन नपाइने व्यवस्था लागू गरेको छ । पार्टी महासचिव शङ्कर पोखरेलद्वारा जारी ‘निर्णायक राष्ट्रिय शक्ति निर्माणको वार्षिक कार्ययोजना’ मा पार्टीको कुनै पनि कमिटीमा अधिवेशनमा उठ्ने उम्मेदवारले प्यानल बनाउन नपाइने उल्लेख गरिएको छ । ‘प्रत्येक उम्मेदवारले आफूलाई व्यक्तिगत रूपमा मतदातासमक्ष प्रस्तुत गर्ने । कसैले पनि प्यानल बनाएर […]

आज गणेश चतुर्थी पर्व मनाइँदै

काठमाडौं– भगवान श्री गणेशको पूजा आराधना गरी आज गणेश चतुर्थी पर्व मनाइँदै छ । सत्ययुगमा भदौ शुक्ल चतुर्थीका दिन भगवान् गणेशको जन्म भएको शास्त्रीय मान्यता अनुसार यो पर्व मनाउने गरिएको हो । गणेश चतुर्थीका अवसरमा आज काठमाडौं उपत्यकाका सूर्यविनायक, कमलविनायक, अशोकविनायक, चन्द्रविनायक, कमलादी गणेशलगायत देशभरका गणेश मन्दिरमा विहानैदेखि भक्तजनको भीड लागेको छ । शिवपार्वतीका पुत्र […]

हरितालिका तीज आज, कसरी बस्ने व्रत ?

काठमाडौं – भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदैछ। भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ। धर्मशास्त्रीय रुपमा महिला र पुरुष दुवैले हरितालिका (तीज) को व्रत गर्नुपर्ने भएपनि सामाजिक चर्चा भने महिलाले श्रीमानको दीर्घायुको […]

बालविवाह र हिंसा न्यूनीकरण गर्न किशोरी लक्षित कानुनी साक्षरता

म्याग्दी– प्रमुख सामाजिक समस्याका रूपमा रहेको बालविवाह र हिंसा न्यूनीकरणका लागि म्याग्दीमा किशोरी लक्षित कानुनी साक्षरता, आत्मरक्षा तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन भएको छ । बालविवाह, हिंसा र सामाजिक कुरीतिका विरुद्ध किशोरीहरूलाई सङ्गठित गराउने, नेतृत्व र क्षमता विकास गर्ने, प्रतिकार र कानुनी उपचारका लागि सक्षम बनाउने उद्देश्यले स्थानीय तह, सामाजिक विकास कार्यालय र जिल्ला प्रहरी कार्यालयको […]

बबई सिँचाइको नहरले बगाउँदा तीन वर्षीया बालिकाको मृत्यु

गुलरिया – बबई सिँचाइको नहरले बगाउँदा एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा बारबर्दिया नगरपालिका–९ कर्तनियाका तीन वर्षीया प्रिन्सा चौधरी रहेकी छिन् । बिहीबार साँझ घरबाट हराएकी बालिकाको खोजतलासका क्रममा गएराति नहरको किनारमा बालिकाको चप्पल फेलापरेको थियो । बालिकाको आज बिहान शव फेलापरेको बर्दिया जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक तुल्सीराम अर्यालले जानकारी दिए। […]

वीर अस्पतालकी नर्सिङ इन्चार्ज रेग्मीको निधन

काठमाडौं– वीर अस्पताल ईन्टरनल मेडिसिन विभागको नर्सिङ इन्चार्ज सुभद्रा रेग्मीको निधन भएको छ । वीर अस्पतालमै हिजो दिउँसो उपचारका क्रममा उनको निधन भएको हो । योजना अनुसार साँघुरिएको मुटुको भल्भको एन्जीयोप्लास्टी गरिसकेपछि अचानक स्वास्थ्यमा समस्या आउँदा उनको मृत्यु भएको बताइएको छ । अस्पतालका निर्देशक डा सन्तोष पौडेलले आफू र वीर परिवार स्तब्ध भएको बताए ।

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं