द्रौपदी मुर्मु भारतको पन्ध्रौँ राष्ट्रपति घोषित

नयाँदिल्ली – भारत सरकारले द्रौपदी मुर्मुलाई देशको पन्ध्रौँ राष्ट्रपति राष्ट्रपति घोषणा गरेको छ । बिहीबार राति मतगणना समाप्तिसँगै राज्यसभाका महासचिव एवम् राष्ट्रपति चुनावका निर्वाचन अधिकृत पिसी मोदीले द्रौपदी मुर्मुलाई दिल्लीस्थित उनको निवासमा राष्ट्रपतिमा निर्वाचित भएको प्रमाणपत्र हस्तान्तरण गरेर आधिकारिक रूपमा देशको पन्ध्रौं राष्ट्रपति घोषणा गरेका हुन् । मतपरिणामअनुसार मुर्मुले दुई हजार आठसय २४ र उनका […]

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं – सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक हजारले बढेर रु ९४ हजार तोकिएको छ । उक्त सुन अघिल्लो दिन प्रतितोला रु ९३ हजारमा कारोबार भएका थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९३ हजार ५०० छ । उक्त सुनको मूल्य अघिल्लो दिन प्रतितोला […]

२५ लाख तिर्न नसक्दा दामोदर क्षेत्री साउदीमा अलपत्र, के हुन्छ अब ?

साउदी – ११ वर्ष अगाडि रोजगारीको क्रममा साउदी अरेबिया पुगेका दामोदर क्षेत्री साउदीमा अलपत्र परेका छन् । साउदीको अलहरफी कम्पनीमा ड्राइभिङ कामका लागि साउदी पुगेका क्षेत्री अवैधानिक रूपमा काम गर्दा गाडी दुर्घटनामा परेपछि क्षतिपूर्तिस्वरूप ७९ हजार तिर्नुपर्ने भएको छ । को हुन् दामोदर क्षेत्री बुटवल–४ का दामोदर क्षेत्री ११ वर्ष अगाडि साउदी अरेबिया पुगे। साउदीको […]

भोजपुरमा बालकको मृत्यु

भोजपुर – भोजपुर नगरपालिका–१२ छचौतारामा ट्र्याक्टरले कि*च्दा बालकको ज्यान गएको छ । बिहीबार साँझ सामान बोकेर सदरमुकामबाट गुम्बा जाँदै गरेको मे१त ७४४४ नंको ट्र्याक्टरले किच्दा पाँच वर्षीय नेन्साङ तामाङको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनापछि फरार रहेका चालकलाई गए राति नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख राजकुमार राईले जानकारी दिनुभयो । ट्र्याक्टर […]

मेघगर्जन तथा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं – देशभर आङ्शिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन तथा चट्याङसहित वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर आङ्शिकदेखि सामान्य बदली रही पहाडी भू–भागका केही स्थानमा र अन्य भू–भागका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । शनिबार पनि सोही मौसम कायम रहने भएको छ । […]

किन धानखेती छोड्दै छन् ताप्लेजुङका किसान ?

काठमाडौं – विक्रम याक्सो अहिले बाँझो खेतबारीमा आँखा टोलाउँछन् । ताप्लेजुङ आठराई त्रिवेणी गाउँपालिका–४ हाङपाङ निवासी उहाँ विगतका असार साउनमा दिनहरुमा हिलोले लत्तपतिएर असारे गीत गाउँदै खेतबारीमा आली लगाएका दिनहरु सम्झिरहनुहुन्छ । खेतबारीमा हलो जोतेको, आली लगाएको यादहरु याक्सोको सम्झानामा मात्र सीमित हुन पुगेको छ । उहाँ विगका समयमा जेठ महिनाको पहिलो सातादेखि साउन तेस्रो […]

मेची भन्सारको एक करोड ८७ लाख असुली गर्न महालेखाको सुझाव

काठमाडौं – मेची भन्सार कार्यालयबाट विभिन्न सामानको आयातमा कम मूल्य र फरक शीर्षक देखाएर रु एक करोड ८७ लाख ८० हजार राजस्व छली भएको पाइएको छ । सो रकम भन्सारमा दाखिला गर्न महालेखा परीक्षकको कार्यालयले सुझाव दिएको छ । हालै सार्वजनिक भएको महालेखा परीक्षकको ५९औँ वार्षिक प्रतिवेदनअनुसार मेची भन्सार कार्यालय र सुक्खा बन्दरगाहबाट मिलेमतोमा दाना […]

देशभर वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

काठमाडौं – देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा वर्षाको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर सामान्यदेखि पूर्ण बदली रही पहाडी भू–भागका धेरै स्थानमा र अन्य भू–भागका केही स्थानमा मेघगर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । सुदूरपश्चिम र प्रदेश नं १ का केही स्थानमा भारी वर्षाको सम्भावना छ । विभागले आगामी […]

स्वास्थ्य बिमा कार्यक्रम पूर्ववत रुपमै सन्चालन गर्न योगेशको माग

काठमाडौं – नेकपा एमालेले स्वास्थ्य बिमा कार्यक्रम पूर्ववत रुपमै सन्चालन गर्न माग गरेको छ । देशका विभिन्न अस्पतालले स्वास्थ्य बिमा कार्यक्रम बन्द गरेको र आम नागरिकले सहज ढंगले उपयोग गर्न नपाएकोप्रति ध्यानाकर्षण भएको भन्दै एमालेले पूर्ववत रुपमै स्वास्थ्य बिमा कार्यक्रम सन्चालन गर्न माग गरेको हो । वर्तमान सरकारले २०७९/०८० को बजेट वक्तव्यमा लाभग्राहीलाई सामुदायिक तथा […]

बुधबार र बिहीबार अधिकांश स्थानमा वर्षाको सम्भावना

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले बुधबार र बिहीबार देशको अधिकांश स्थानमा वर्षाको सम्भावना रहेकोे छ । मनसुनी न्यूनचापीय प्रणाली नेपालको भू–भाग नजिक रहेकाले यी दुई दिन मनसुनी गतिविधि बढ्ने सम्भावना रहेको विभागका मौसमविद् मञ्जु बासीले बताउनुभयो । उहाँका अनुसार उक्त प्रणालीको प्रभावले यी दुई दिन देशभर सामान्यदेखि पूर्ण बदली रही पहाडी भू–भागका धेरै […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा