Lite Nepal

बिहिबार, साउन १५, २०७७

काठमाडौँ । वन तथा वातावरण मन्त्रालयले चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत ९चिफ वार्डेन० नारायणप्रसाद रुपाखेतीलाई काठमाडौं फिर्ता गरेको छ । माडीको कुसुमखोलाको चेपाङ बस्तीमा आगजनी घटना र सैनिकको कुटपिटबाट राप्ती नगरपालिका–२ मिलनटोलका राजकुमार चेपाङको ज्यान गएपछि निकुञ्ज विवादमा परेको थियो ।

रुपाखेतीलाई वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले नै निकुञ्ज प्रमुख बनाएर पठाएका थिए । चितवन घटनाबारे संघीय संसद्को प्रतिनिधि सभाका संसदीय समितिमाहरुमासमेत छलफल भएको छ । समितिको बुधबारको बैठकमा मन्त्री बस्नेतले मानवीय त्रुटिका कारण आगजनी भएको सकारेका थिए । त्यसअघि भने उनले गोठमा आगलागी भएको बताएर विषयलाई ट्विस्ट गरेका थिए ।

बराललाई पठाइने

मन्त्रालयले बर्दिया निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बराललाई प्रमुखका रुपमा पठाउने भएको छ । स्रोतका अनुसार बर्दियामा भने निकुञ्ज विभागका योजना प्रमुख विषणुप्रसाद श्रेष्ठलाई पठाइएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा