Lite Nepal

आइतबार, साउन ३२, २०७७

काठमाडाैं । नेपाली सेनाको सैनिक अदालतले सहायक रथीसहित तीन जनालाई भ्रष्टाचार गरेको ठहर गरेको छ।

सेनाको समरी जनरल सैनिक अदालतले सेनाका सहायक रथी प्रयोग जबरा, महासेनानी नविन सिल्वाल र प्रमुख सुवेदार मिठुराम विश्वकर्मालाई दोषी ठहर गर्दै बर्खास्तको फैसला गरेको जंगीअड्डाले जनाएकाे छ।

उनीहरू पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा कार्यरत रहँदा ‘सम्पत्ति र अनुशासन तथा आचरण सम्बन्धी कसुर समेत गरेको’ सैनिक अदालतको अभियोग छ।

यसैगरी, सैनिक अदालतले सहसेनानी लक्ष्मीकान्त खनाल, सुवेदार भोजबहादुर विष्ट र जमदार विनोद बस्नेतलाई एक तह दर्जा घटुवा गरिदिएको छ।

प्राविधिक सहसेनानी फिरोज महर्जन र जमदार भद्रबहादुर शाहीलाई नसिहत र महासेनानी राजेन्द्र मणी गिरी र लेखा सुवेदार कर्मचारी नवराज पाण्डे (अवकाश प्राप्त) ले सफाइ पाएका छन्। lokaantar

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा