Lite Nepal

आइतबार, साउन ३२, २०७७

विराटनगर । शनिबार राति घरमै मृत्यु भएकी विराटनगर– ३ कि ८७ वर्षकी वृद्धाको नेपाली सेनाले अन्त्येष्टि गरेको छ ।

मृतकको घरमा रहेका बुहारी र नातीलाई कोरोना संक्रमण पुष्टि भएका कारण आफन्त र छिमेकीले वृद्धाको अन्त्येष्टिमा सहभागी हुन नमानेका हुन् ।

मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले आफन्त र परिवारका सदस्यसँगै छिमेकीले पनि अन्त्येष्टिमा सहभागी हुन नमानेपछि व्यवस्थापनका लागि सेनालाई जिम्मा दिएको बताए ।

आफन्त र छिमेकी मृतकको घरमा जानै नमानेपछि २२ घण्टापछि सेनाले मोरङको कानेपोखरी जंगल लगेर शव व्यवस्थापन गरेको हो ।

मृतक महिलाका ५६ वर्षीय छोरा कोरोना संक्रमण पुष्टि भएपछि मंगलबारदेखि मारवाडी सेवा सदनको आइसोलेसनमा छन् ।

घरमा वृद्धा आमासँगै ५० वर्षकी बुहारी र २८ वर्षका नाती थिए ।

बुधबार उनीहरु तीनैजनाको स्वाब संकलन गरिएको थियो ।

शनिबार राति ९ बजे वृद्धाको घरमै मृत्यु भयो । साँझ नै बुहारीमा कोरोना संक्रमण पुष्टि भयो भने नातीमा संक्रमण देखिएन ।

आइतबार विहान भने नातीमा पनि कोरोना संक्रमण देखियो । मृतक वृद्धाको भने रिपोर्ट नेगेटिभ आयो ।

वृद्धामा संक्रमण नदेखिए पनि घरका सदस्यमा संक्रमण देखिएका कारण आफन्त र छिमेकी शव व्यवस्थापनमा सहभागी हुन डराएका हुन् ।

गेटबाहिरै बसेर शव व्यवस्थापनका लागि स्थानीय प्रशासनसँग सहयोग मागिएको आफन्त कुलमणि बरालले बताए ।

कोरोना पोजेटिभ देखिएका मृतकको मात्रै शव नेपाली सेनाले व्यवस्थापन गर्छ ।

नेगेटिभ देखिए शव आफन्तलाई जिम्मा लगाइन्छ । तर नेगेटिभ रिपोर्ट आएकी वृद्धाको शव व्यवस्थापनमा आफन्तले नमानेपछि सेना खटिएको हो ।

वडाअध्यक्ष विनोद बस्नेतले संक्रमणको जोखिमका कारण आफन्त र छिमेकी घरभित्र पस्न नसकेको बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा