Lite Nepal

सोमबार, भाद्र ०१, २०७७

काठमाडाैँ । पछिल्लाे समय काेराेना संक्रमणकाे केन्द्र भारत बनेकाे छ । त्यहाँ दैनिक संक्रमित र मृत्यु हुनेकाे संख्या अहिले विश्वमै सबैभन्दा धेरै रहेकाे छ ।

आइतबार भारतमा एकैदिन ५८ हजार १०८ जना नयाँ संक्रमित फेला परेकाे वर्ल्डाेमिटर्सकाे तथ्यांकले देखाएकाे छ । जुन अन्य देशकाे भन्दा सर्वाधिक दैनिक संक्रमित संख्या हाे । आइतबार त्यहाँ काेराेनाबाट मृत्यु हुनेकाे संख्या पनि अरू देशकाे भन्दा बढी ९६१ रहेकाे छ ।

यससँगै अहिलेसम्म भारतमा काेराेना संक्रमित हुनेकाे संख्या २६ लाख ४७ हजार ३१६ पुगेकाे छ । ज्यान गुमाउनेकाे कुल संख्या ५१ हजार ४५ रहेकाे छ भने निकाे हुनेकाे संख्या १९ लाख १८ हजारभन्दा बढी रहेकाे छ । आइतबार मात्र त्यहाँ ५७ हजार ४०४ जना निकाे भएका छन् । अहिले ६ लाख ७८ हजारभन्दा बढीमा काेराेना भाइरस सक्रिय रहेकाे छ ।

उता काेराेनाबाट सर्वाधिक प्रभावित देश अमेरिका र त्यसपछिकाे ब्राजिलमा भने पछिल्लाे समय दैनिक मृत्यु र संक्रमित संख्यामा कमी आउन थालेकाे छ । आइतबार अमेरिकामा ३६ हजार ८११ संक्रमित थपिएका छन् भने ब्राजिलमा २२ हजार ३६५ संक्रमित थपिएका छन् । ती दुवै देशमा आइतबार एक दिनमा ज्यान गुमाउनेकाे संख्या भने क्रमशः ५२२ र ५८२ जना रहेकाे छ ।

काेलम्बिया र पेरूमा पनि आइतबार क्रमशः ११ हजार ६४३ र १० हजार १४३ नयाँ संक्रमित थपिएका छन् भने त्यहाँ क्रमशः २८७ तथा २०६ जनाले ज्यान गुमाएका छन् । तर दैनिक मृत्युमा भारतपछि दाेस्राे नम्बरमा मेक्सिकाे रहेकाे छ । त्यहाँ आइतबार काेराेनाका कारण ६३५ जनाले ज्यान गुमाएका छन् ।

सर्वाधिक दैनिक संक्रमण देखा परेका ११ देश

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं