Lite Nepal

सोमबार, भाद्र ०१, २०७७

विराटनगर । प्रदेश १ मा सोमबार ८३ जना कोरोना संक्रमित थपिएका छन् ।

मोरङमा ४४, सुनसरीमा ३१, झापामा ७ र प्रदेश १ बाहिरका १ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा सोमबार २९ जना संक्रमित थपिएका छन् ।

थपिएका मध्ये १३ महिला र १६ पुरुष छन् ।

बेलबारीमा ७ महिला ३ पुरुष, बुढीगंगामा १ महिला ३ पुरुष, सुन्दरहरैचामा १ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।

सामाजिक विकास मन्त्रालयका अनुसार सुनसरीको धरानमा १२ महिला ६ पुरुष, गढीमा ४ पुरुष, इनरुवामा ४ पुरुष, देवानगञ्जमा ३ पुरुष, कोशी र रामधुनीमा १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो ।

झापाको दमकका ४ पुरुष, शिवसताक्षीका २ र कनकाईका १ पुरुष र जनकपुरका १ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या २ हजार ९२ पुगेको छ ।

प्रदेश १ मा आज २४ जना डिस्चार्ज भएका छन् ।

पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आईसोलेसन अस्पतालबाट १७, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ६, कोभिड १९ आईसोलेसन केन्द्र, चौदण्डीगढी उदयपुरबाट १ जना डिस्चार्ज भएका हुन ।

प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या १ हजार ९९ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं