Lite Nepal

सोमबार, भाद्र ०१, २०७७

झापा (झिलझिले) । समुदायमा कोरोना संक्रमण फैलन थालेपछि शिवसताक्षी नगरले पनि आंशिक रुपमा लकडाउन गर्ने निर्णय गरेको छ ।

बिहान ८ बजे देखी दिउसो १ बजे सम्म आंशिक रुपमा बजार खुल्ला गरेपनि सवारी साधनमा आवत जावतमा भने पुण रोक लगाएको छ ।

पालिकाले दिएको समय बाहेक पसल खोले, सडकमा आवत जावत गरे, विनाकाम घर बाहिर निस्कीए क्वोन्टिनमा समेत राखिने नगरका प्रवक्ता नविन ईजमले जानकारी दिए ।

नगरपालिकाको बोर्ड बैठकले सोमबार राति १२ बजे देखि भदौ ८ गते सम्म लकडाउन गर्ने निर्णय गरेको छ ।

नगरपालिकाका प्रमुख चन्द्रकुमार शेर्माले सबै नगरबासीलाई अत्यावस्यक कामबाहेक घर बाहिर ननिस्कन आग्रह गरेका छन् ।

अत्यावश्यक सेवाहरु स्वास्थ्य संस्था, औषधी पसल, दुध डेरी बाहेक अन्य व्यवसायका पसलहरु बिहान ८ बजे देखी १२ बजे सम्म मात्र खोल्न पाउने निर्णय भएको छ ।

प्रवक्ता ईजमले भने, ‘बाँकी समय पुर्ण बन्द गरिने छ । होटल व्यवसाय लकडाउन अवधिभर नै पूर्णरुपमा बन्द गरिने निर्णय भएको छ ।’

यो समयामा उपभोक्ता र बिक्रेताले अनिवार्य रुपमा माक्स, सेनिटाईजर र भौतिक दुरी कायम राख्नु पर्ने नगरपालिकाले नियम बनाएको छ ।

नगर भित्रका साप्ताहिक बजारहरु अर्को सूचना नहुन्ञ्जेल सम्मको लागि बन्द गरिएको शिवसताक्षी नगरपालिकाले जनाएको छ ।

नगर भित्र कुनै पनि सभा समारोह, गोष्ठी, योग कक्षा सचालन गर्न पाईने छैन । प्रवक्त ईजमका अनुसार जिम खाना बन्द गरिएको छ ।

विवाह, व्रतवन्ध, पुराण जस्ता धार्मिक कार्यक्रमहरु गर्नु परे २५ जना भन्दा बढी सहभागी हुन पाईने छैन ।

उल्लेखित संख्याले अनिवार्यरुपमा माक्स, सेनिटाईजर र भौतिक दुरी कायम राख्नु पर्ने निर्णय भएको छ । बैंक तथा वित्तिय संस्थाहरु बिहान १० बजेदेखी १ बजे सम्म मात्र संचालन गर्नुपर्ने छ ।

कर्मचारीले अनिवार्य रुपमा परिचय पत्र साथमा नबोके स्थानीय प्रसाशनले पक्राउ गर्ने नगरपालिकाले जनाएको ।

आक्समिक सेवाका दमकल, एम्बुलेन्स, सुरक्षाकर्मीका सवारी साधन, अतिआवश्यक काममा खटिएका नगरपालिकाका जनप्रतिनिधिहरु, स्वास्थ्यकर्मी, शिवसताक्षी नगरका कर्मचारी ले प्रयोग गर्ने सवारी साधन बाहेक नगरभित्र संचालन गर्न पाईने छैन ।

नगरका प्रवक्ता ईजमका अनुसार पूर्व पश्चिम राजमार्ग मा भने पालिकाले निर्णय लागुन हुने छैन ।

नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयको दैनिक प्रशासनिक काम पनि मंगलबार देखि पुर्ण रुपमा बन्द गरिएको छ ।

यस अघि दैनिक रुपमा प्रसाशनिक कामहरु हुदै आएको थियो । कार्यपालिका बोर्डले नगरपालिका अन्तर्गत का सबै वडा कार्यालयबाट प्रभाह हुने सेवा बन्द गरेको छ ।

विपतको घडीमा सम्पूर्ण नगरवासी बाट सहयोगको शिवसताक्षी नगरपालिकाले अपेक्षा लिएको प्रवक्ता ईजमले बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा