Lite Nepal

सोमबार, भाद्र ०१, २०७७

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ।

विद्यालय आफैँले मूल्यांकन गरेर पठाएको विद्यार्थीको नतिजालाई रुजु गरेर बोर्डले सार्वजनिक गरेको थियो।

परीक्षामा सहभागी हुन ४ लाख ८२ हजार ९ सय ८६ जनाले फाराम भरेकोमा ४ लाख ७२ हजार ७८ जनाको नतिजा मात्रै प्रमाणिकरण गरिएको छ।

बोर्डले नतिजा प्रकाशनसँग सम्बन्धित सम्पूर्ण काम साउन १९ गते नै सम्पन्न गरेको थियो।

एसईईका परीक्षा नियन्त्रक रामराजा खकुरेलले नतिजाको काम सकेर बोर्डमा जानकारी गराएका थिए।

तर त्यतिखेर नतिजा सार्वजनिक गरेपछि कार्यालयमा सेवाग्राहीको चहलपहल बढ्ने र कोभिड १९ को संक्रमण फैलने त्रासले नतिजा रोकिएको थियो।

तर नतिजाको काम सकेपनि सार्वजनिक गर्न ढिलो भएको भन्दै गुनासो बढेपछि शिक्षा मन्त्रालयको सहमतिमा सोमबार सार्वजनिक गरिएको हो।

बोर्डले शुरुमा चैत ६ गतेको लागि परीक्षाको तालिका सार्वजनिक गरेको थियो। तर कोभिड १९ को संक्रमण बढ्न लागेको भन्दै अघिल्लो दिन मात्रै सरकारले परीक्षा स्थगित गरेको थियो।

परीक्षा सञ्चालनको मिति कुर्दाकुर्दै अवस्था सहज नहुने देखिएपछि सरकारले यो पटक सम्बन्धित विद्यालय आफैले विद्यार्थीको मूल्यांकन गरेर नतिजा दिने तर त्यो नतिजालाई बोर्डले प्रमाणिकरण गरेर सार्वजनिक गर्न पाउने निर्णय गरेको थियो।

परीक्षा सम्बन्धि अन्य विवरण राष्ट्रिय परीक्षा बोर्डको वेभसाइटमा राखिने बोर्डले जनाएको छ। अन्नपूर्ण

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं