Lite Nepal

शनिबार, साउन १७, २०७७

विराटनगर । कोरोना सङ्क्रमणको जोखिम बढेपछि विराटनगर महानगरपालिकामा लकडाउन घोषणा गरिएको छ । महानगरपालिकामा बसेको महानगरस्तरीय कोभिड क्राइसिस म्यानेजमेन्ट समितिको बैठकले आज (शुक्रबार) राति १२ बजेदेखि भदौ १ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको हो ।

विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले अत्यावश्यकबाहेक सबै क्षेत्र बन्द रहने बताउनुभयो । उहाँका अनुसार खाद्यान्नसहित दूध, तरकारीजन्य वस्तुको लागिसमेत समय तालिका तोकिनेछ । विराटनगर महानगरपालिकामा ट्राभल हिस्ट्री नभएका तर लक्षणसहितका कोरोना सङ्क्रमितको सङ्ख्या वृद्धि हुँदैगएपछि महानगरले सर्वपक्षीय छलफल आयोजना गरेको थियो ।

समुदायस्तरमा सङ्क्रमण फैलन नदिनका लागि र कोभिड–१९ बाट सुरक्षाका आवश्यक सबै विधि प्रयोग गर्ने निर्णय गरेको ।

महानगरमा यसपछाडि निजी अस्पताल तथा नर्सिङ होममा सङ्क्रमितहरू फेला परे उनीहरूले त्यही अस्पतालमा उपचारका लागि व्यवस्थापन गर्नुपर्ने निर्णय गरेको छ । यसैगरी विभिन्न समितिहरू बनाउँदै सङ्क्रमितको उपचार व्यवस्थापन गर्ने भएको छ ।

बैठकले डा। हेमसाग रिमालको संयोजकत्वमा होम क्वारेन्टाइन समिति, डा। सुशील तपडियाको संयोजकत्वमा पीसीआर ल्याब स्थापना समिति, अर्चना पोखरेलको संयोजकत्वमा मनोपरामर्श समिति, डा। सूर्य पराजुलीको संयोजकत्वमा कन्ट्याक्ट ट्रेसिङ समिति गठन गरिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा