Lite Nepal

बिहिबार, भाद्र ०४, २०७७

काठमाडौं । सत्तारुढ नेकपाभित्रको विवाद समाधानको सुझाव दिन गठन गरिएको कार्यदलको बिहीबारको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ।

महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठित कार्यदलको बैठक दिउँसो २ बजेदेखि प्रधानमन्त्री केपी शर्मा ओलीका सचिवालय रहने भवनमा बसिरहेको प्रधानमन्त्रीका प्रेस विज्ञ रामशरण बजगाईँले जानकारी दिए।

‘उहाँहरु कहिले कहाँ, कहिले कहाँ छलफल गरिराख्नुभएको थियो, आज बालुवाटारभित्रको सचिवालय रहने स्थानमा बैठक बसिराख्नुभएको छ,’ बजगाईंले भने, ‘कार्यदलकै आन्तरिक बैठक भएकोले प्रधानमन्त्री जाने, भेट्ने कुरै भएन।’

शुक्रबार गठन गरिएको कार्यदलको बैठक शनिबार राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुशील ज्ञवालीको भैँसेपाटीस्थित निवासमा बसेको थियो।
त्यसपछि आइतबार अनौपचारिक छलफल गरेका कार्यदल सदस्यले सोमबार बैठक राखेनन्।

पार्टीका वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले कार्यदल गठनमा बैधानिकताको प्रश्न उठाएका थिए।

सोमबार बसेको सचिवालय बैठकले कार्यदललाई अनुमोदन गरेपछि मंगलबारदेखि कार्यदलले विषयकेन्द्रित छलफल थालेको थियो।

मंगलबार र बुधबार धुम्बाराहीस्थित पार्टी कार्यालयमा कार्यदलको बैठक बसेको थियो। छिट्टै प्रतिवेदन बुझाउने तयारीसहित कार्यदलले कामलाई तीव्रता दिइरहेका बेला बिहीबारको बैठक प्रधानमन्त्री निवास बालुवाटारभित्रै बसेको छ। नेपालखबर

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा