Lite Nepal

शनिबार, साउन १७, २०७७

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३१५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ६ हजार ९९३ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या २० हजार नाघेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सबैभन्दा धेरै कैलालीमा ९८ जना संक्रमित भेटिएका छन् । यस्तै बझाङका ६८ जना, पर्साका ६६ जना, अछामका २८ जना, इलामका २२ जना, कञ्चनपुरका ९ जना र सप्तरीका ७ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

काठमाडौं र सिराहाका ५र५ जना, झापा, मोरङ, रामेछाप र रुपन्देहीका २र२ जना तथा सुनसरी, उदयपुर, बारा, रौतहट, काभ्रे, भक्तपुर, कास्की र सल्यानका एकएक जनामा संक्रमण पुष्टि भएको छ ।

यससँगै कुल संक्रमितको संख्या २० हजार ८६ पुगेको छ । उनीहरुमध्ये ५६ जनाको मृत्यु भएको छ भने १४ हजार ४९२ जना निको भएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा